Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»प्रकाश तामाङको ‘हेर्ने कथा’लाई १२ दिनमा करोड भ्यूज, युट्यूबबाट कति भयो आम्दानी ?
    Life Style

    प्रकाश तामाङको ‘हेर्ने कथा’लाई १२ दिनमा करोड भ्यूज, युट्यूबबाट कति भयो आम्दानी ?

    युट्यूब ट्रेन्डिङको शीर्ष स्थान कब्जा, ‘हेर्ने कथा’ को च्यानलमा ४ लाख सब्सक्राइबर थपिए
    adminBy adminSeptember 5, 2024No Comments22 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । ३५ वर्षदेखि परिवारसँग विछोडिएका प्रकाश तामाङको कथालाई ११ दिनमै युट्यूबमा १ करोडपटक हेरिएको छ । नेपालमा यसप्रकारको डकुमेन्ट्री फिल्मले ८ अंकमा भ्यूज बटुलेको सम्भवत पहिलोपटक हो ।

    विद्या चापागाईंको प्रस्तुति र कमल कुमारको लेखन/निर्देशनमा निर्माण भएको एपिसोड गत २४ अगष्टमा अपलोड गरिएको थियो । सुरुको दिनमा औसत भ्यूज पाए पनि दोस्रो दिनबाट फेसबुकमा भाइरल भएपछि भ्यूज ह्वात्तै बढेको हो । धेरैले यो एपिसोड हेरेर रोएको भन्दै स्टाटस लेखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भिडिओ शेयर गरेका थिए ।

    भिडिओ एक वर्ष अगाडि नै सुटिङ भइसकेर अहिले सार्वजनिक गरिएको हो । यतिका समयसम्म यसलाई अपलोड नगरिकन राखिएको विषयमा निर्माण पक्षले केही बताएको छैन । हेर्ने कथाले प्रकाशलाई परिवारसँग गत वर्ष नै पुनर्मिलन गराएका थियो । त्यसपछि उनी आफ्नो कर्मभूमिमा नै फर्किएका थिए । पुरानै कामलाई निरन्तरता दिएका थिए ।

    भिडिओ युट्यूबमा आइसकेपछि भने प्रकाशको जीवनमा नयाँ मोड आएको छ । उनी भाइरलम्यानमा परिणत भएका छन् । उनलाई सहयोग गर्न खोज्नेहरुको तँछाडमछाड छ । केही युवतीहरु प्रकाशसँग विहे गर्छु भन्दै भाइरल हुने प्रयासमा छन् ।

    यता हेर्ने कथालाई पनि निकै ठूलो माइलेज प्राप्त भएको छ । यो भिडिओ आउनुभन्दा अगाडि हेर्ने कथाको युट्यूब च्यानलमा १० लाख सब्स्क्राइबर्स थिए । ११ दिनभित्रमा ४ लाखभन्दा बढी सब्सक्राइबर्स थपिएका छन् । भ्यूजको रफ्तार अझै पनि जारी रहेको हुँदा सब्स्क्राइबर्सको ग्राफ अझै माथि उक्लिन सक्ने देखिन्छ । अहिले दैनिक औसत १० हजार सब्स्क्राइबर थपिइरहेका छन् ।

    कार्यक्रमबाट निर्मातालाई आर्थिकरुपमा फलिफाप भएको छ । मोनिटाइज भएका च्यानललाई यूट्यूबले भ्यूजका आधारमा डलर भुक्तानी गर्छ । यो आम्दानीमा विभिन्न तत्वहरुले प्रभाव पार्छन् । लामो भिडिओहरु यदि दर्शकले पूरै हेरे भने त्यसको मोनिटाइजेसन पनि राम्रो हुन्छ । कुन देशबाट कति हेरियो भन्नेले धेरै फरक पर्छ । । प्रकाशको एपिसोड एक घन्टा १० मिनेट लामो छ । दर्शक अन्त्यसम्म नै अडिएका छन् । त्यसैले यसले आकर्षक आम्दानी दिने निश्चित भएको हो ।

    युट्यूबमा राखिएको भिडिओबाट हुनसक्ने आम्दानीको आँकलन गर्ने विभिन्न वेवसाइटहरु छन् । ती वेवसाइटहरुबाट हेर्दा हेर्ने कथाको यो एपिसोडले अहिलेसम्म अनुमानित २० हजार डलर (करिब २७ लाख रुपैयाँ) आम्दानी गरेकाे देखिन्छ । आम्दानीको सिलसिला भ्यूज आउञ्जेलसम्म चलिरहन्छ ।

    यो एपिसोड अहिले पनि युट्यूवको नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ । अझै धेरै दिनसम्म भिडिओले राम्रो भ्यूज पाइरहने देखिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.