Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । यो अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ । उक्त समारोहमा संविधान दिवस मुल समारोहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८१’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो । साथै नेपाली सेनाको टोलीले मार्चपाससमेत गरेको थियो । हेर्नुस् तस्वीरहरू
यी हुन् ३०० रुपैयाँभन्दा कम मूल्यका शेयर बैंकिङ समूहमा जलविद्युत समूहमा लगानी समूहमा (यो कारोबारका लागि सिफारिस भने होइन। अध्ययन गरेरमात्रै लगानी गर्नुपर्छ।)
काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तता चिरिन थालेको सरकारले बताउँदै आए पनि तथ्यांकले त्यस्तो नदेखाएको पाइएको छ। पछिल्लो समय ब्याजदर घट्दै गए पनि बैंक तथा वित्तीय क्षेत्रमा कर्जाको माग उल्लेख्य रुपमा बढेको छैन। जसका कारण बैक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ६५ खर्ब ५ अर्ब पुगेको छ। यस्तै कर्जा प्रवाह ५७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलन र कर्जा प्रवाहबीचको फरक ७ खर्ब २७ अर्ब रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेर ऋण प्रवाह गर्न पाउँछन् । हालसम्म वाणिज्य…
काठमाडौं— संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदैछ। नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। आजै साँझ राष्ट्रपति पौडेलले शितलिनवासमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धारण भएको छ। संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने छ। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन्। नेपाली जनताको सात…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगेको भनेर कांग्रेसले विरोधको आँधिबेरी चलाएपछि गठन गरिएको संसदीय छानबिन समितिले आफ्नो कार्यसम्पादन गरेको छ । समितिले प्रतिवेदन तयार गरेर संसदमा बुझाइसके पनि सार्वजनिक भइसकेको छैन । यो समितिले देशभरका सहकारी संस्थामा भएको रकम अपचलनबारे छानबिनको कार्यादेश पाए तापनि सबैको ध्यान रवि लामिछानेकै विषयमा केन्द्रित रह्यो । समितिले दिने यो प्रतिवेदनले धेरै हदसम्म रविको राजनीतिक भविष्यलाई नै प्रभावित गर्नेवाला थियो । रविले पहिल्यै घोषणा गरेका थिए कि आफूले सहकारीबाट पैसा निकालेर हिनामिना गरेको एउटा पनि प्रमाण देखाएको खण्डमा राजनीति नै छोडिदिन्छु । समितिको प्रतिवेदन सर्वसम्मत हुन नसक्ने खतरा पनि थियो ।…
काठमाडौं । समयमा निर्माण सम्पन्न हुन नसकी अधुरा रहेका र विविध कारणले सञ्चालनमा आउन नसकेका दुई सय ८० वटा खानेपानी आयोजना सुधार बजेट अभावका कारण अगाडि बढ्न सकेका छैनन् । लामो समयदेखि निर्माण अधुरा रहेका खानेपानी आयोजनाका निर्माण पूरा गर्न र विविध कारणले सञ्चालनमा आउन नसकेका विभिन्न आयोजना सञ्चालनका लागि आवश्यक पर्ने तीन अर्ब लागत जुटाउन नसक्दा सुधार गर्न नसकिएका हुन् । यसअघि पनि खानेपानी मन्त्रालयले ती अपूरा आयोजनाहरु सुधार गर्न आवश्यक वित्तीय स्रोतका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । तर अर्थ मन्त्रालयले ती आयोजना सुधारका लागि वित्तीय स्रोत उपलब्ध गराउन नसक्ने प्रतिक्रिया दिएसँगै मन्त्रालयले वैदेशिक दातृ निकायसँग…
एकमहीनामा उत्पादन तथा प्रशोधन समूहको सूचक १४ प्रतिशत घट्दा विकास बैंकको १ प्रतिशत मात्रै घट्यो
काठमाडौं । पछिल्लो एक महीना अवधिमा नेप्सेमा कारोबारमा आउने १३ समूहगत सूचक सबै घटेका छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको सूचक १४ दशमलव ०६ प्रतिशत घटेको छ भने कम घट्नेमा विकास बैंक समूहको सूचक १ दशमलव ०६ प्रतिशत मात्रै घटेको छ । साउन २७ गते उत्पादन तथा प्रशोधन समूहको सूचक ८ हजार ३२८ दशमलव ६ विन्दुमा रहेकोमा भदौ २७ गते हिजो घटेर ७ हजार १५५ दशमलव ३४ विन्दुमा झरेको छ । त्यस्तै विकास बैंक समूहको सूचक भने साउन २७ गते ५ हजार ४२९ दशमलव २५ विन्दुमा रहेकोमा हिजो अर्थात भदौ २७ गते ५ हजार ३७१ दशमलव ४७ विन्दुमा…
रामपुर (पाल्पा) । बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ । हुम्लाको कनका सुन्दरी गाउँपालिका–८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन् । हरेक दिन ढाका टोपी, इस्टकोटकमा सजिएर पिँठ्युमा राडीपाखी, गलैँचा बोकेर गाउँगाउँमा पुग्ने गर्छन् । जुम्लामा उत्पादन भएका राडीपाखी, गलैँचा, स्वीटर बोकेर गाउँका बस्तीमा व्यापार गर्नु उनको दिनचर्या हो । उमेरले पाँच दशक नाघेका काफ्लेलाई घुमन्ते व्यापारले अझै छोडेको छैन । उनले आफूलाई घुमन्ते व्यापार…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको ओरालो यात्रा निरन्तर रहेको बताएका छन्। काठमाडौंमा आयोजित नेकपा (एमाले) को जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा माओवादीको ४/५ लाख मत आउने आँकलन गरेका हुन्। उनले माओवादी ८४ को निर्वाचनमा राष्ट्रिय पार्टीसम्ममा अडिएला कि भन्दै व्यङ्ग्य गरेका छन्। ‘मैले एउटा स्थापित दैनिक पत्रिकामा देखेको थिएँ हिजो मात्रै होला। माओवादीको १९ लाख कति भोट कहाँ गयो ? भन्ने गम्भीर प्रश्न, विश्लेषण गरेको देखेको थिएँ। एउटा चुनावमा ३१ लाख भोट आउँछ, अर्को चुनावमा पुग्दा त्यस्तै १८ लाख जति ,अर्को चुनावमा पुग्दा १३ लाख जति, अर्को चुनावमा पुग्दा…
चितवन, २९ भदौ –युएसएआइडी जलजंगल गतिविधि अन्तर्गत सञ्चालित वातावरण र सामाजिक सुरक्षण तालिम चितवन जिल्लाका भरतपुर महानगरपालिका, माडी नगरपालिका लगाएतका स्थानीय तहका वडाहरु, शैक्षिक संघसंस्थाहरु र सामुदयिक वन उपभोक्ता समूहहरुमा सञ्चालन भइरहेको छ ।भाद्र १६ गते देखि सन्चालन भएको दुई दितालिमको प्रमुख उद्येश्य सरोकारवालाहरुलाई पूर्वाधार विकासका आयोजनाहरुमावातावरणीय प्रभाव र सामाजिक सुरक्षण कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ, विकास र वातावरणको सन्तुलन कायम गर्न वातावरणीय अध्ययन प्रतिवेदन तयारीको आवस्यकता, आयोजनाले पार्ने प्रभाव पहिचान, विकल्पहरूको विश्लेषण, र न्यूनीकण र समुदायको सहभागितालाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेरहेको प्रशिक्षक सूर्य पौडेलले जानकारी गराए ।भरतपुर महानगर अन्तर्गत भरतपुर १० को कालिका मन्दिर हलमा ५८ जनाको…
