Author: admin

चितवन ,भदौ १८ – चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीकि क्यान्सर पिडित बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। माडी नगरपालिका वडा नम्बर ८ का दिलिप अधिकारीकि ५ बर्षकि छोरी समृद्धि अधिकारीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएपछी आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । स्थाही घर माडी भै भरतपुर ७ मर्स्याङदी टोल बसोवास गरि कोरियामा रहदै आउनु भएका किशोर पाण्डेले बालिकाको उपचारका लागि २५ हजार रुपैया सहयोग गर्नु भएको हो । आज एक कार्यक्रमका बिच सहयोगी किशोरका बुवा सामाजिक अगुवा कृष्णहरि पाण्डेले बिरामी बालिका समृद्धिकि फुपुदिदी शुशिला अधिकारी लाई हस्तान्तरण गर्नु भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा…

Read More

काठमाडौैं । गायिका समीक्षा अधिकारी र अभिनेत्री पूजा शर्माबीच आरोप प्रत्यारोप चलेको छ । समीक्षाले पूजाको एक अन्तर्वार्ताप्रति रोष प्रकट गर्दै स्टाटस लेखेपछि पूजाले पनि जवाफ फर्काएकी छन् । केही दिनअघि एउटा पोडकास्टमा पूजाले अभिनेता पल शाह र समीक्षा मुछिएको प्रकरणबारे टिप्पणी गरेकी थिइन् । अदाललले सफाइ दिइसककेको भन्दै उनले पलको बचाउ गरेको भिडिओ क्लीप शेयर गर्दै समीक्षाले आज कडा टिप्पणी गरेकी छन् । समीक्षाको स्टाटस यस्तो थियो अदालत नै पोडकाष्टहरु हुन् भने न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि । सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा…

Read More

१८ भदौ, आफ्नो फिल्म प्रदर्शनमा आएपछि नायिका पूजा शर्माले गर्ने तिकडमका बारेमा त सबैलाई अवगत भएकै हो । आफ्नो चलचित्र हलमा लागेपछि ‘रोनाधोना’ मा उत्रिएपछि आलोचित बनेकी पूजाले फेरि अर्को हर्कत गरेकी छन् । रुन्चे नायिका भनेर आलोचनाको शिकार भएपछि पूजाले अब रोएर चलचित्र चलाउँदिनँ भन्दै दाबी गरेकी थिइन् । तर, पछिल्लो पटक भने बलात्कारजस्तो जघन्य मुद्दाका विषयमा हल्का टिप्पणी दिएर पूजाले आफ्नो फिल्मप्रति दर्शकको आकर्षण बढाउने चेष्टा थालेकी हुन् । नायक पल शाहसँग एक पोडकास्टमा एकसाथ गएकी पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्- ‘भगवान छ सत्यको जित हुन्छ । कानुनले नै प्रुभ गरिसकेको…

Read More

काठमाडौं । सहकारीको बचत ठगिको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ । समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो । समितिको म्याद १५ दिनका लागि थप्न लागिएको छ । यस अघि तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदै छ ।

Read More

ग्लोवल आइएमई बैंकले ‘ग्लोवल जुनियर’ एप सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ । बैंककाअनुसार परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल गराउनु एपको उद्देश्य रहेको बैंकले जनाएको छ । साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न एपले महत्तवपूर्ण भुमिका निर्वाह गर्ने बैंकको दाबी छ । ग्लोवल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा ग्लोबल आइएमईलाई अग्रणी स्थानमा कायम राख्न बैंकले विभिन्न काम गरिरहेको बताउनु भयो । भौतिक कारोबार कम गर्न पनि एपले महत्वपूर्ण…

Read More

काठमाडौँ- रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन्। छाया सेन्टरको नजिकै बस्ने उनी निदाउन नसक्नुको एउटै कारण चर्को ध्वनिप्रदूषण हो। कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ। सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो। रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन्। बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताए। ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि…

Read More

काठमाडौं । अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स…

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्दामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो । जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाई दिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन् । महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।

Read More

काठमाडौँ । जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गराई जनतामा आशा जगाउने उद्देश्यले गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र आर्थिक विकासलाई गति प्रदान गर्ने मूलभूत उद्देश्य लिएर अघि बढेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बताउँछन् । लामो राजनीतिक पृष्ठभूमिसहित मुख्यमन्त्री र विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभवबाट खारिएका मन्त्री गुरुङ सूचना प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आमनागरिकलाई…

Read More

साताको पहिलो कारोबार दिन  आइतबार पनि नेप्से  परिसूचक दोहोरो अंकले घटेको छ ।  कारोबार शुरुभएदेखि तिव्र उतारचढाबका साथ बढेको नेप्से बजार बन्द हुनेबेलासम्म आइपुग्दा ५३.६३ अंकले घटेर २ हजार ६९५.९३ विन्दुमा आइपुगेको छ ।करिब एक महिनापछि नेप्से परिसूचक  २ हजार ७०० विन्दुभन्दा तल झरेको हो।नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । यो दिन ३३७ वटा कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर खरिदबिक्री हुँदा १० करोड ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ।अघिल्लो कारोबार दिन बिहीबार भने १२ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि…

Read More