Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    • सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»चितवनका संघसंस्थाहरुमा वातावरणीय र सामाजिक सुरक्षण सम्वन्धि तालिम सञ्चालन
    Life Style

    चितवनका संघसंस्थाहरुमा वातावरणीय र सामाजिक सुरक्षण सम्वन्धि तालिम सञ्चालन

    adminBy adminSeptember 14, 2024Updated:September 14, 2024No Comments31 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन, २९ भदौ –
    युएसएआइडी जलजंगल गतिविधि अन्तर्गत सञ्चालित वातावरण र सामाजिक सुरक्षण तालिम चितवन जिल्लाका भरतपुर महानगरपालिका, माडी नगरपालिका लगाएतका स्थानीय तहका वडाहरु, शैक्षिक संघसंस्थाहरु र सामुदयिक वन उपभोक्ता समूहहरुमा सञ्चालन भइरहेको छ ।
    भाद्र १६ गते देखि सन्चालन भएको दुई दितालिमको प्रमुख उद्येश्य सरोकारवालाहरुलाई पूर्वाधार विकासका आयोजनाहरुमावातावरणीय प्रभाव र सामाजिक सुरक्षण कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ, विकास र वातावरणको सन्तुलन कायम गर्न वातावरणीय अध्ययन प्रतिवेदन तयारीको आवस्यकता, आयोजनाले पार्ने प्रभाव पहिचान, विकल्पहरूको विश्लेषण, र न्यूनीकण र समुदायको सहभागितालाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेरहेको प्रशिक्षक सूर्य पौडेलले जानकारी गराए ।
    भरतपुर महानगर अन्तर्गत भरतपुर १० को कालिका मन्दिर हलमा ५८ जनाको सहभागिता, युनाइटेड टेक्निकल कलेज भरतपुर ११ मा ६० जनाको सहभागितामा, भरतपुर १२ को वडा कार्यालयको सभाहलमा ५८ जनाको सहभागितामा, ग्रीनल्याण्ड पब्लिक स्कुलको हलमा ५८ जनाको सहभागितामा, नारायणी बहुप्राविधिक शिक्षालयको हलमा ६७ जनाको सहभागितामा, सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाहलमा ६४ जनाको सहभागितामा, ज्ञानेश्वर सामुदायिक वनको हलमा ६४ जनाको सहभागितामा तालिम सम्पन्न भइसकेको छ ।
    तालिममा स्थानीय समुदाय, विद्यार्थी, विश्वविद्यालयका कर्मचारी, शिक्षक, उपभोक्ता समितिका सदस्यहरु, निर्माण व्यवसायीका प्रतिनिधि, स्थानीय पालिकाका जनप्रतिनिधि तथा कर्मचारी, स्थानीय क्लब, आमा समूह, साथी संजाल लगायत को सहभागीता रहेको थियो ।साथैहालसम्म ५५० भन्दा बढीलाई प्रशिक्षण दिइसकिएको जसमा ७५ प्रतिशत महिला सहभागिता रहेकोप्रशिक्षक प्रकाश आचार्यले जानकारी दिए ।
    त्यसैगरी माडी नगरपालिका अन्तर्गत माडी नगरपालिकाको सभाहलमा र दिवाकर बहुप्राविधि शिक्षालयमा तालिम भइरहेको छ । प्रशिक्षक ध्रुब आचार्यले वातावरणीय सुरक्षाको महत्व, निर्माण कार्य र पूर्वाधारको विकास क्रममा देखिने, वातावरणीय जोखिमहरुको पहिचान र तीनको न्यूनिकरणका उपायहरुकाबारे चर्चा गर्दै वातावरणीय सन्तुलनलाई खलबल नपुग्ने गरी दिगो विकास र हरित विकासको सुनिश्चितता गर्न सकियो भने मात्र वातावरण र सामाजिक सुरक्षणलाई प्रभावकारी कार्यान्वयन गर्न सकिने बताए ।
    प्रशिक्षक सुरज न्यौपानेले कुनै निर्माणका कार्यहरु गर्दा नेपालको संविधान र ऐन कानुनको परिधिमा रही निर्माण कार्य गर्नुपर्ने, निर्माणका क्रममा हुने नकारात्मक असरहरु वायुप्रदुषण, जलप्रदुषण, जैविक विविधतामा पर्ने असर, तीनको निराकरण कसरी गर्न सकिन्छ भन्नेबारे व्यावहारिकरुपमा प्रस्तुत गरिने गरेको जानकारी दिए ।
    कुनै पनि परियोजना सञ्चालन तथा निर्माण गर्नुपूर्व वातावरणमा पर्न सक्ने सकारात्मक र नकारात्मक प्रभावहरुको पहिचान गरी वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने साथै निर्माण कार्य गर्दा स्थानीय समुदायहरुमा पर्ने सामाजिक प्रभावलाई ध्यान दिनुपर्ने स्थानीय जनताको सहभागिता र उनीहरुको सहमतिमा हरेक गतिविधिहरु अगाडि बढाउने सुनिश्चितता गर्नुपर्नेबारे सहभागीहरुलाई जानकारी गराइएको थियो ।
    उक्त कार्यक्रममा सामुदायिक वनका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, निर्माण व्यावसायी, उपभोक्ता समिति, इन्जिनियर, प्रत्यक्ष अप्रत्यक्ष त्यो कार्यसँग जोडिने जनताहरुको सहभागितामा कार्यक्रहरु भइरहेका छन् ।
    सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनका वि.एस्सी वातावरणीय विग्यान विषयमा अध्ययनरत छात्रा सुरक्षा पोख्रेलले यो कार्यक्रम आफ्नोलागि आएको, कक्षामा सिकेका विषयवस्तु भन्दा फरक, ईन्जिनियर र सामाजिक विग्य संग कसरी समन्वायत्मक तरिकाले कार्य गर्ने, वातावरणीय र सामाजिक सुरक्षणको महत्व आदिका वारेमा उदाहरण सहित वुझ्ने अवसर प्राप्त गरेको भनाई राखेकी थिईन ।
    क्याम्पस प्रमुख खिमलाल दाहालले विभिन्न संकाय विग्यान, समाजशास्त्र, ग्रामिण विकासकाबिद्यार्थीहरुलाई एकै ठाउँमा राखेर सम्वन्धीत विषयमा ग्यान दिने यस्तो ऐतिहाँसिक कार्यक्रम पहिलो पटक भएको र यस्ता कार्यक्रमको निरन्तरताले बिद्यार्थीहरुको प्रयोगात्मक ग्यानमा बृद्धि हुने बताए ।
    यसैगरी नारायणी पोलिटेक्निकल ईन्टिच्युटका डिप्लोमा सिभिल ईन्जिनियरिङका बिद्यार्थीहरुले यस कार्यक्रमले भविश्यमा पूर्वाधार निर्माणका कार्यगर्न, आफ्नो पेशागत ग्यानलाई फराकिलो बनाउन, सबै संग समन्वयात्मक तरिकाले काम गर्न बाटो देखाएको धारणा राखेका थिए ।
    त्यसैगरी स्थानीय तहका पूर्वाधार योजना कार्यान्वयनमा वातावरणीय तथा सामाजिक सुरक्षणका विधिहरु हाल सम्म चासोको विषय पर्न नसकेको भएतापनि अव कार्यान्वयन हुने सवै पूर्वाधार परियोजनाहरुमा सुरक्षण विधिको अवलम्वन गरी दिगो पूर्वाधार निर्माणमा जोड दिने भरतपुर महानगरपलिकाका वडा नं १२ का वडा अध्यक्ष लेखराज पन्तले प्रतिबद्धता जनाए । पूर्वाधार निर्माणका कारण वातावरण, सामाजिक र अन्य पक्षमा पर्ने नकारात्मक प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे तालिम केन्द्रीत भएको’उनले भने ।उनले पूर्वाधारहरु वातावरणमैत्री नबनाए त्यसले वातावरणमा असर पुर्याउने भएकाले वातावरणमैत्री पूर्वाधार बनाउन आवश्यक रहेकोमा जोड दिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025

    चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा

    September 11, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,582

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,137

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024565

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025458
    Don't Miss
    News
    News

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    By Laxman GautamSeptember 22, 2025

    चितवन ,असोज ६ – समुन्नत समाजका लागी नेतृत्व लाई आत्मसाथ गर्दै माडी जेसीजद्वारा आयोजित जेसीज…

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.