२५, जेठ, चितवन ।
ग्लोबल आइएमई बैंक लिमिटेड बैंकका सेवाग्राहीहरुले होटल आइकावा इन प्रा.लिमा सेवा लिए वापत छुट सुविधा पाउने भएका छन् । बैंक र होटल आइकावा इन प्रा.लि.बैंकका सेवाग्राहीले होटलमा सेवा लिए छुट दिने समझदारी पत्रमा हस्ताक्ष गरेका छन् ।
उक्त समझदारी पत्र अनुसार ग्लोवल आइएमई बैंकका सेवाग्राहीले सो होटेलबाट सेवा लिए वापत १० देखी १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकका बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्लेले जानकारी दिए । होटल आइकावा इन प्रा.लि. सौराहा चितवनमा रहेको एक मात्र चार तारे होटल हो ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
Trending
- सुनिता कार्की उपचार अभियान तिब्र , देश बिदेश बाट सहयोग रकम संकलन गरिदै
- सामाजिक बिकास सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न
- गैह्रीगाउँमा डोजरः ध्वस्त भए घरटहरा, हेरिरहे सुकुमबासी (तस्बिरहरू)
- गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर चल्यो (तस्वीरहरू)
- थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा
- सुकुमबासीलाई सहयोग गर्दै प्रहरी, तस्बिरमा हेर्नुहोस्
- खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
- विस्थापित सुकुमवासीलाई दुई दिन सरकारले नै खाना दिने, पहिचानपछि अस्थायी सेल्टरमा पुन:स्थापना

