चितवन , बैशाख १२ – जिल्लामा रगतको अभाव भैरहेको बेला भरतपुर स्थित हाकिमचोकमा रहेको सामाजिक बिकास बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको १८ औ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । खुला रक्तदान कार्यक्रममा ५५ जना रक्तदाताले रगत दान गरेका सहकारी संस्थाका सचिब सन्तोष दवाडीले बताउनु भयो ।
रक्तदान कार्यक्रम लाई सम्पन्न गर्नका लागि विभिन्न दाता सहयोगीहरुले सहयोग गरेका संस्थाका अध्यक्ष नरेन्द्र सापकोटाले बताउनु भयो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा सम्पन्न भएको हो ।
२०६४ सालमा स्थापना भएको सहकारी संस्थाका हाल ६८७ जना शेयर सदस्य रहेका छ्न । सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगर विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

