काठमाडौं तीनकुने गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा पनि डोजर चलेको छ । आज बिहान थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइसकेपछि दिउँसोदेखि सुरक्षा निकायको बाक्लो उपस्थितिमा गैरीगाउँमा पनि डोजर चलाइएको हो ।
सरकारले आज र भोलिमा काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्ने गरी काम सुरु गरेको छ । यसअघि थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराइसकिएको छ ।













तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

