Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    • एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न
    Life Style

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    adminBy adminDecember 13, 2025No Comments5 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भरतपुर, २७ मङ्सिर ।
    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

    उद्घाटन सत्रमा चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, छन्दकाव्य प्रतिष्ठान नेपाल चितवनका अध्यक्ष लकाश पौडेल, सङ्गमका पूर्व अध्यक्षहरू पोषराज पौडेल, डीआर पोखरेल, भवनाथ सडौला र मोदनाथ मरहट्टा, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद रामहरि श्रेष्ठ, भैरव वाङ्मय प्रतिष्ठानका अध्यक्ष पूर्णप्रसाद अधिकारी, साहित्यकार विद्या भण्डारी ‘चिराग’, इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष कृष्णप्रसाद पोखरेल, नवसाहित्य मञ्जरीका अध्यक्ष सूर्यमणि रेग्मी, अखिल नेपाल लेखक सङ्घका अध्यक्ष यदुनाथ भट्टराई तथा भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कमल मल्ललगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सङ्गमका कोषाध्यक्ष गङ्गा भट्टराईले आर्थिक प्रतिवेदन तथा सचिव उषा तिवारी विष्णुले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै सङ्गमलाई निरन्तर सहयोग पुर्‍याउने समाजसेवीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने आजीवन सदस्यता लिने व्यक्तित्वहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    सङ्गमका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजेन्द्र घायलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उषा तिवारी विष्णुले गर्नुभएको थियो ।

    उद्घाटन सत्रपछि सम्पन्न बन्दसत्रमा पोषराज पौडेल, डा कर्णबहादुर बानियाँ र डीआर पोखरेल निर्वाचन मण्डलमा रहनुभएको थियो । निर्वाचन मण्डलका संयोजक पोषराज पौडेलले कार्यसमितिको प्यानल प्रस्ताव प्रस्तुत गरेपछि साहित्यकार शशिकिरण रेग्मीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको थियो ।
    नवगठित कार्यसमितिका अध्यक्ष शशिकिरण रेग्मीले समितिको तर्फबाट सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    साहित्य सङ्गम चितवनको शनिबार सम्पन्न १२औं अधिवेशनबाट रेग्मीको नेतृत्वमा सर्वसम्मत भएको समितिको
    उपाध्यक्षमा, विद्या भण्डारी चिराग, सचिवमा लीलाधर पौडेल, कोषाध्यक्षमा सूर्यवदना हमाल हुनुहुन्छ ।

    त्यसैगरी सदस्यहरूमा प्रकाश चापागाईं, डा.धनेश्वर भट्टराई, हरिप्रिया रिजाल, होमनाथ घिमिरे, संजीव पौडेल, कृष्णबहादुर वि.क(सतिसाल) र रामशरण थपलिया रहनुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल

    July 2, 2025

    माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।

    June 30, 2025

    निकुञ्जबाट निक्लिएको हात्तीले माडीमा एकवटा घर भत्कायो, धानबालीमा क्षती, स्थानीयमा त्रास

    November 8, 2024
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,592

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,149

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024572

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025469
    Don't Miss
    News
    News

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    By Laxman GautamDecember 28, 2025

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्नेबारे पार्टी सभापति रवि…

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.