काँकडभिट्टा । राजावादी राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ ।
भारतबाट पक्राउ परेका प्रसाईंलाई शुक्रबार बिहान झापा ल्याइएको हो । प्रहरीको विशेष टोलीले मेची पुल हुँदै झापा ल्याएको प्रहरी उच्च स्रोतको भनाइ छ । प्रसाईंलाई विमानमार्फत काठमाडौं ल्याउने तयारी छ ।
उनी चैत १५ गते काठमाडौंको तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार थिए ।
चैत १५ मा राजावादी प्रदर्शनको क्रममा तोडफोड, आगजनी र लुटपाटको नेतृत्व गरेको आरोप प्रसाईंमाथि लागेको छ । उनले निषेधित क्षेत्र तोड्ने भन्दै प्रहरीको ज्यानै लिने गरी गाडी कुदाएका थिए ।
त्यस्तै राजावादीहरुले सञ्चारगृह, व्यापारिक केन्द्र, निजी तथा सरकारी भवन गरी ४० वटा संरचनामा क्षति पुर्याएका थिए । त्यसैगरी ६९ वटा सवारी साधन तोडफोड र आजगनी गरेका थिए ।
उक्त घटनामा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो । १२९ जना घाइते भएका थिए । त्यसक्रममा प्रहरीले कयौं राउण्ड गोलीसमेत चलाएको थियो ।
प्रसाईं फरार रहे पनि प्रहरीले राप्रपाका नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर राणासहित १ सय बढी पक्राउ परेका छन्।