काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने घरबाटै पक्राउ परेका छन् ।
लामाे समयदेखि सँगठित तथा सहकारी ठगी गरेकाे आराेपमा अनुसन्धान भैरहेका लामिछानेलाई उच्च अदालतकाे बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिए लगत्तै पक्राउ गर्न प्रहरी लामिछाने कै घरमा पुगेकाे थियाे ।
रवि लामिछानेलाई बुढानिलकण्ठ स्थित उनकै घरबाट प्रहरीले पक्रेकाे हाे ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा उनलाई जिल्ला अदालत रुपन्देहीले १ कराेड धराैटीमा छाड्न आदेश भएपनि साे आदेश चित्त नबुभेपछि रवि स्वयं साधारण तारेखमा आफु छुट्नपाउँ भनि उच्च गएका थिए ।
उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएकाे छ ।