चितवन, २७ फागुन । चितवनको भरतपुर–१० स्थित बालमन्दिर रोडमा रहेको इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यालयको वार्षिक शैक्षिक तथा खेलकुद कार्यक्रमका उत्कृष्ट विद्यार्थीहरुलाई आज पुरस्कृत गरिएको हो ।
विद्यालयमा आयोजित पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम–२०८१ का अवसरमा शैक्षिक सत्र २०८० मा उत्कृष्ट जीपीएसहित कक्षा उत्तीर्ण भएका विद्यार्थी तथा शैक्षिक सत्र २०८१ मा व्यक्तिगत सरसफाइ, अनुशासन एवम् सफा र राम्रो अक्षर लेख्ने विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यालयका सहायक प्राचार्य मुक्तिनाथ अधिकारीकाअनुसार शैक्षिक सत्र २०८० मा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म जीपीए चार ल्याउने विद्यार्थी तथा कक्षा ६ देखि कक्षा १० सम्म ए प्लस ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।
त्यसैगरी विद्यालयले वार्षिक क्यालेण्डरअनुसार आयोजना गर्ने खेलकुद सप्ताह २०८१ मा उत्कृष्ट भएका विद्यार्थीलाईसमेत पुरस्कार वितरण गरेको छ । एक सय ३० जना विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा तीन सय ५७ विद्यार्थीलाई खेलकुदतर्फको पुरस्कार प्रदान गरिएको अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा मिलिनियम मोडल कलेजका प्राचार्य ईश्वरराज पण्डित, इडन गार्डेन माध्यमिक विद्यालयका प्राचार्य प्रेमहरि सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियो । मिलिनियम मोडल कलेज तथा इडन गार्डेन माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष रवीन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी शिक्षिका बुद्धिकुमारी क्षेत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्राचार्य मुक्तिनाथ अधिकारीले गर्नुभएको थियो ।
Trending
- रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
- यस्तो बन्यो ‘टिम पोखरेल’
- यस्तो बन्यो ‘टीम ओली’
- एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
- भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
- असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
- एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
- एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)

