चितवन , फागुन १७ – नेकपा एमाले भरतपुर ७ वडा कमिटीले आज शनिबार वाट बिस्तारित बैठक सगै पुराना जगाउ नयाँ बनाउ अभियान एबम प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
एमालेले देशभर रहेका नेता कार्यकर्ताहरु लाई प्रशिक्षण दिने उदेश्यले सुरु गरेको तीन महिने जरा अभियान लाई पुर्णता दिन भरतपुर ७ ले पनि बिस्तारित बैठक सगै अभियान संचालन गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य कृष्णभक्त पोख्रेल प्रमुख अतिथी रहनु भएको थियो भने प्रदेशकमिटी सदस्य तथा भरतपुर महानगर इन्चार्ज राम प्रसाद न्यौपाने , एमाले जिल्ला उपाध्यक्ष श्याम कुमार बिष्ट , जिल्ला सचिब प्रकाश ढुंगाना लगायतको सहभागिता रहेको थियो ।
प्रमुख अतिथी पोख्रेलले एमाले लाई घेराबन्दीमा पार्न खोजिएको बताउदै एकथरी मान्छेहरु गाउँ गाउमा भ्रम फैलाउदै हिडने गरेकाले उनिहरु बिरुद्ध एकजुटु भै प्रतिकार गर्नु पर्ने बताउनु भयो । उहाँले अभियानका बारेमा जानकारी गराउदै नेता कार्यकर्ताहरुले राखेका जिज्ञासाका बारेमा प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा प्रदेशकमिटी सदस्य तथा भरतपुर महानगर इन्चार्ज राम प्रसाद न्यौपाने , एमाले जिल्ला उपाध्यक्ष श्याम कुमार बिष्टले अभियानको सफलताको शुभकामना दिनु भएको थियो । नेकपा एमाले भरतपुर ७ का नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ७ इन्चार्ज राजु पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।
Trending
- माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
- प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
- टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
- चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
- चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
- जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
- जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
- सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार