चितवन – प्रभु बैंक र चितवन मिट टाउन रिसोर्ट (सिएमटि) बिच व्यवसायीक सम्झौता भएको छ । दुई संस्थाबिच व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले आइतबार प्रभु बैंकका तर्फबाट लायन्सचोक शाखाका शाखा प्रवन्धक गोविन्द प्रसाद शर्मा र सिएमटि रिसोर्टका म्यानेजिङ डाइरेक्टर मदन घिमिरेले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता पछि प्रभु बैंकका सेवाग्राहीले सो होटेलबाट सेवा लिएबात १० प्रतिशत र प्रभु बैंकका कर्मचरीले १५ प्रतिशत छुट् प्राप्त गर्ने बैंकका सम्बन्ध अधिकृत राजेन्द्र शर्माले जानकारी दिनुभयो । ‘कर्मचारीले खानाका लागि १२ प्रतिशत र बस्ने कोठाका लागि १५ प्रतिशत छुट पाउने छन्,’ शर्माले भन्नुभयो ‘यो सम्झौता जेठ २० गतेबाट लागु भएको छ ।’ यो सम्झौता दुई वर्षका लागि गरिएको शर्माले बताउनुभयो ।
छुट प्राप्त गर्नका लागि ग्राहकले बैंकको डेभिट कार्ड, क्रेडिट कार्ड तथा मोवाईल बैंकिङ प्रयोग गर्नुपर्ने छ भने कर्मचारीहरुले परिचय खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ । बैंकको तर्फबाट रिसोर्टमा सेवा पाइने सेवा सुविधा र पाउने छुटको बारेमा आफ्ना सेवाग्राही र कर्मचारीलाई जानकारी दिइने छ । रिसोर्टले प्रभु बैंकमा कारोबार गर्ने सेवाग्राहीले पाउने छुटको बारेमा प्रबन्र्धन गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
यो सेवा बैंकका देशभरका ग्राहक र कर्मचारीले प्राप्त गर्नेछन् । बैंकका ३ सय २ वटा शाखा, २ सय ८२ वटा एटिएम र ३१ लाख बढी ग्राहक रहेका छन् ।