Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»६० वर्षअघि ब्रुनाई पसेको गोर्खा बटालियन अझै किन फर्किएन?
    Special

    ६० वर्षअघि ब्रुनाई पसेको गोर्खा बटालियन अझै किन फर्किएन?

    adminBy adminMay 11, 2024No Comments1 Views
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    बेलायती साम्राज्यको अन्तिम दिन चलिरहेको थियो। ब्रुनाईका सुल्तान उमर अली सैफुद्धिनविरुद्ध विद्रोह भयो। त्यसलाई दबाउन सिंगापुरमा रहेका गोर्खा सैनिक ब्रुनाई लगियो। त्यसको ६० वर्ष बितिसक्यो। तर, बेलायती गोर्खा सैनिकको एउटा बटालियन अझै पनि यो सानो तेल निर्यातकर्ता मुलुकमा बसिरहेको छ। यो बेलायतको औपनिवेशिक ‘ह्याङओभर’ त हो नै, ब्रेक्जिटपछि आफूलाई विश्वशक्तिका रुपमा स्थापित गर्ने उसको प्रयासको चिह्न पनि हो।

    ब्रुनाईमा अवस्थित गोर्खा ग्यारिसनको कमान अन्य बेलायती सैनिकसरह सम्हाल्ने गरिएको छ। तर, यसको खर्चबर्च उमरका छोरा तथा उत्तराधिकारी हसनअल बोल्किअले धानिरहेका छन्। यो असाधारण र अपारदर्शी व्यवस्था निकै लामो समयदेखि कायम छन्। साम्राज्यको पतनपछि बेलायतले आफ्ना सैनिक धेरै स्थानबाट फिर्ता गर्दा पनि ती सैनिक ब्रुनाईमै छन्। र, पछिल्लो समय एसियामा बेलायतले देखिनेगरी पुनः सैन्य उपस्थिति देखाउन थाल्दा यसको प्रासंगिता पनि बढेको छ।

    गोर्खा सैनिकहरू नेपालबाट भर्ती गरिन्छन्। उनीहरू आज ब्रुनाईमा छन्, किनभने १९६२ मा निरंकुश राजतन्त्रविरुद्ध सुरु भएको विद्रोहलाई दबाउन यहाँ आएका थिए। त्यो विद्रोह इन्डोनेसियासँगको तनावसँग जोडिन्छ। त्यसबेला ब्रुनाई बेलायतको संरक्षणमा थियो। १९८४ मा पूर्ण स्वतन्त्रता प्राप्त नहुञ्जेल सो मुलुक सोही अवस्थामा रह्यो।

    आफूलाई सघाएकामा सुल्तान यति कृतज्ञ थिए, उनले गोर्खा सैनिकलाई सधैँ त्यहाँ रहने अनुमति दिए। जसको खर्च राजपरिवारले आज पनि बोकिरहनुपरेको छ। ब्रुनाईमा रहेका सैनिक आफैँमा बेलायती साम्राज्यको विरासत हुन्। किनकि गोर्खाहरूले पहिले बेलायती साम्राज्यसँग लडे। र, पछि युद्ध कौशल र बहादुरीको कारण बेलायती सेनामै भर्ती भए।

    ‘२५ वर्षयता सो क्षेत्रमा बेलायती सेनाको सबैभन्दा ठूलो उपस्थिति भनेकै ब्रुनाईका गोर्खा हुन्,’ ब्रुनाईस्थित बेलायती सेनाका कमान्डर कर्णेल ह्युगो स्ट्यानफोर्ड टकले फेब्रुअरीमा भनेका थिए।

    गोर्खा सैनिकलाई ब्रुनाईमा राख्न केकस्तो सम्झौता भएको थियो, त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। यो विषय उल्लिखित बेलायतका कतिपय ऐतिहासिक दस्तावेजहरूलाई अझै पनि सेन्सर गर्ने गरिन्छ। यससम्बन्धी अन्य दस्तावेज त मुलुकको अभिलेखालयमै राखिएको छैन। यसबारे सरकारले पनि अति कम जानकारी दिएको छ। जसअनुसार सो गोर्खा बटालियन ब्रुनाईमा रहुञ्जेल उनीहरूको सम्पूर्ण तलब र बसोबासको लगभग सबै खर्च सुल्तानले तिर्छन्। यसका अलावा ब्रुनाईले एउटा बेलायती जंगल युद्धकलासम्बन्धी स्कुल पनि खोल्न दिएको छ। साथै पुमा हेलिकोप्टरले सुसज्जित बेलायती हवाई सेनाको एउटा टुकडीलाई पनि यहाँ रहन दिएको छ।

    यदि वर्तमान सुल्तानले अहिले आन्तरिक आन्दोलनलाई दमन गर्न वा विदेशी शक्तिसँग लड्न आफूले तलब दिएका गोर्खा सैनिकलाई आग्रह गरे भने के हुन्छ, स्पष्ट छैन। दक्षिण चीन सागरमा यसै भौगोलिक खिचातानी चलिरहेको छ। चीनले लगभग सबै दक्षिण सागरमा दाबी गरेको छ। त्यसविरुद्ध राष्ट्रसंघीय अदालतले फैसला दिएको छ।

    ब्रुनाईका राजा विश्वमै सबैभन्दा लामो समय शासन गर्ने व्यक्ति हुन्। १९६७ मा २१ वर्षको उमेरमा उनी गद्दीमा बसेका थिए। १९६२ को विद्रोह दबाउन लागू गरिएको संकटकालीन अधिकार अझै पनि कायम छ। जसले उनलाई निरंकुश शासन गर्ने अधिकार दिएको अमेरिकी विदेश मन्त्रालयको २०२२ को मानवअधिकार रिपोर्टमा उल्लेख छ।

    ब्रुनाईस्थित गोर्खा बटालियनको स्थिति पहिलेभन्दा विषम बनेको थियो। किनभने बेलायतले एसियाबाट आफ्ना सैनिक फिर्ता लैजान थालेको थियो। १९६० को दशकको अन्त्यतिर ह्यारोल्ड विल्सनको लेबर सरकारले ‘स्वेजभन्दा पूर्व’ नीति लियो। जसअनुसार युरोपबाहिर बेलायतको सैन्य उपस्थिति कटौती भयो। अनावश्यक रुपमा खर्चिलो तरिकाले अन्यत्र सैन्य शिविर राख्नुभन्दा आवश्यक पर्दा निश्चित ठाउँमा पुग्ने क्षमता विकास गर्नुलाई विल्सनले प्राथमिकतामा राखे।

    त्यो नीतिलाई बेलायतले हालै उल्ट्याएको छ। खासगरी २०१६ मा भएको ब्रेक्जिटपछि। लगत्तै सरकारले ‘विश्वव्यापी बेलायत’ बनाउने घोषणा गरेको थियो। त्यही वर्षको डिसेम्बरमा तत्कालीन विदेशमन्त्री बोरिस जोनसनले बहराइनमा एउटा भाषण गरेका थिए, जसको सार थियो, ‘बेलायत फेरि स्वेजभन्दा पूर्वमा आयो।’ २०२१ मा प्रधानमन्त्री जोनसनको सरकारले विदेश नीतिलाई ‘इन्डो–प्यासिफिक’तर्फ ढल्कायो, जुन अहिले बेलायतको कूटनीतिक र सुरक्षा नीतिको केन्द्रीय मुद्दा बनेको छ।

    रुसले युक्रेनमा गरेको आक्रमण र बेलायतको सैन्य खर्च तथा सार्वजनिक सेवा दुवैमा दबाब परिरहे पनि लन्डनको यो प्रतिबद्धता कायम छ। आउँदो वर्ष प्रिन्स अफ वेल्स नामक विमानवाहक युद्धपोतको नेतृत्वमा एउटा जहाजी बेडा इन्डो प्यासिफिकमा तैनाथ गर्ने योजनामा बेलायत छ। आफ्नो मुलुकभन्दा टाढा एसियामा बेलायती जहाज र सैनिक द्वन्द्वमा फस्ने जोखिमबारे भने निकै कम सार्वजनिक बहस भएको छ।

    बेलायतको अन्तर्राष्ट्रिय सैन्य महत्वाकांक्षाको एउटा आधुनिक र सूक्ष्म रुप हो ब्रुनाईका सुल्तानसँग गरिएको असाधारण सम्झौता। दशकौँसम्म यो सम्झौता बेलायती साम्राज्यको तीव्र पतनलाई धीमा बनाउने एउटा असजिलो तरिका थियो। आज ब्रुनाईका गोर्खाहरूको कहानीले यो प्रश्नलाई पुनर्जीवित गरिदिएको छ– स्वदेशमै र युरोपमै समस्याहरूको चाङ लागिरहँदा के बेलायतले एसियामा सैनिक राखेर घाँटी नहेरी हाड निल्ने काम गरिरहेको छ?

    (फाइनान्सियल टाइम्सबाट)

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.