Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Photo News»पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सिमित गर्न बिश्व समुदायलाई चुनौती
    Photo News

    पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सिमित गर्न बिश्व समुदायलाई चुनौती

    adminBy adminMay 11, 2024Updated:May 11, 2024No Comments28 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनले जलबायु परिवर्तन अनुकुलन तथा न्यूनिकरणको रणनीति सम्वन्धी कार्यशाला सन्चालन गरेको छ । क्याम्पसको विज्ञान विभागको आयोजना तथा क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आज शुक्रबार सो कार्यशाला गरिएको हो । क्याम्पसको विज्ञान विभागका बिभागीय प्रमुख रविराज सुवेदीको अध्यक्षतामा सुरु भएको कार्यशाला गोष्ठीको प्रमुख उद्येश्य बिद्यार्थी सरोकारवाला तथा बिषय बिज्ञ बिच अन्तर्क्रिया गरी हाल नेपाल लगायत विश्व समुदायले भोग्दै आएको जलबायु परिवर्तन, यसको नकारात्मक प्रभावको न्यूनिकरण तथा अनुकुलनका लागि आवस्यक ज्ञान, सिप र क्षमता हाँसिल गर्ने लक्ष्यका साथ उक्त कर्यक्रम आयोजना गरिएको थियो ।
    कार्यक्रममा बिषय बिषय बिज्ञका रुपमा एरिजोना स्टेट युनिभर्सिटी (ASU), School for the Future of Innovation का प्राध्यापक डा. नेत्र बहादुर क्षेत्रीले जलबायु परिवर्तनको बिज्ञान, हरितगृह ग्याँस उत्सर्जनको बिश्बब्यापी अबस्था तथा भबिश्यको प्रक्षेपण, प्रभाव न्यूनिकरणका लागि ब्याक्ति र समुदायका तर्फबाट गर्न सकिने प्रयासहरु प्रस्ट पार्नुका साथै स्थानीय तथा केन्द्रीय सरकारले अबलम्बन गर्नुपर्ने नीतिगत प्रयासहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
    सन १८५० को दशक देखि बिश्वमा तिब्र औधोगिकरण सुरुवात भएपछि खनिज ईन्धनको ब्यापक प्रयोग बढेसंगै बायुमण्डलमा हरितगृह ग्याँस कार्बनडाईअक्साईडको मात्रा २७० पि.पि.एम CO2 ईक्युभेलेन्ट बाट बढेर सन २०२१ सम्ममा ४७२ पि.पि.एम CO2 ईक्युभेलेन्ट पुगेको जानकारी गराउदै यहि दरमा हरितगृह ग्याँस उत्सर्जनको अबस्था कायम रहेमा पूर्व(औधोगिकिकरणको तुलनामा पृथ्वीको सतहको औषत तापक्रम १.५ डिग्री सेल्सियस कायम गर्न चुनौतीहरु रहेकोले यसबाट पर्न सक्ने नकारात्मक प्रभाव अनुमान गर्न नसकिने अवस्था रहेको जानकारी गराउनुभयो ।
    जलवायु परिवर्तनको बहुआयामिक आयामहरू अन्वेषण गर्दै, कार्यशालाले पृथ्वीको जलवायु प्रणाली र यसको सामाजिक प्रभावहरूको जटिलताहरूमा गहिरो रूपमा अध्ययन गर्यो। जलवायु र मौसम बीचको आधारभूत भिन्नताको साथ सुरु गर्दै, सहभागीहरूले हरितगृह प्रभावको विज्ञानको बारेमा जानकारी प्राप्त गरे । साथै मानव गतिविधिहरूमा बढ्दो हरितगृह ग्यास सांद्रतालाई जोड्ने आकर्षक प्रमाणहरू उजागर गर्दै हरित गृह ग्याँसको उत्सर्जनमा सूक्ष्म क्षेत्रीय भिन्नताहरूका बारेमा जानकारी गराईयो ।
    कार्यशालाले हाम्रो ग्रहको जलवायु नियमनमा यसको महत्त्वपूर्ण भूमिकालाई जोड दिँदै कार्बन चक्रको विस्तृत बुझाइ प्रदान गर्‍यो। यसबाहेक, सहभागीहरूले जलवायु अनुसन्धानमा आधारित वैज्ञानिक विधिहरूमा जानकारी प्राप्त गरे, विशेष गरी नेपाल जस्ता जोखिममा रहेका क्षेत्रहरूमा अनुकूलन र न्यूनीकरण प्रयासहरूको तत्काल आवश्यकतालाई जोड दिएको छ ।
    जलबायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि रणनीतिको रुपमा बनजंगलको संरक्षण मार्फत कार्बन ट्रयापिङ बढाउने, बैकल्पिक उर्जाका स्रोतमार्फत खनिज ईन्धनको प्रतिस्थापन गर्ने, हरित गृह ग्याँसको उत्सर्जनलाई कम गर्ने, विकास र वातावरणको सन्तुलनका लागि दिगो विकासको अवलम्वन गर्ने आदि गर्न सकिने जानकारी गराउनुभयो ।
    कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसकको वातावरण बिज्ञानका सहायक प्राध्यापक ध्रुब आचार्यले नेपालमा जलबायु परिबर्तनले जिविकोपार्जनका क्षेत्र जस्तै कृषि तथा खाद्य सुरक्षा, बन तथा जैविक विविधता, पानीका स्रोत र उर्जा उत्पादन, मानब स्वास्थ्य, जलबायु उत्पन्न प्रकोप, स्थानीय पूर्बाधार लगायतमा प्रभाव पारेको बताउनुभयो । बिगत केहि दशक देखि पानी पर्ने दर र प्रकृयामा फेरबदल आएको, पृथ्वीको सतहको औसत तापक्रम बढेको, हिमालमा हिउँ रित्तिदै गएको, नयाँ नयाँ रोग किराहरुको प्रकोप बढेको, बिपद जन्य घटनाहरु र त्यसबाट हुने क्षति बढेको, जैविक विविधताको लोप हुँदै गएको अवस्थाको बारेमा जानकारी गराउनुभयो ।
    क्याम्पस सन्चालक समितिका बरिष्ठ उपाध्यक्ष रमाकान्त सापकोटाले बर्तमान समयमा बिश्वमा देखा परेका वातावरणीय समस्याका घटनाक्रमहरु सम्झदै कार्यक्रमले अन्तराष्ट्रिय स्तरको बिषय बिज्ञ पायको र उहाँको ज्ञानको भरपुर उपयोग गर्दै, बिद्यार्थिहरुले नयाँ कुरा सिक्न सुन्ने, बोल्ने र प्रश्न गर्न सक्नु पर्ने धारणा ब्यक्त गर्दै सिकाईलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
    कार्यक्रममा क्याम्पस सन्चालक समितिका कोषाध्यक्ष मधुर नेपालले जलबायु परिवर्तनको विश्वब्यापी प्रभावलाई कम गर्न सबै तह र तप्काबाट लाग्नुपर्ने बताउँदै यस्ता कार्यक्रमले जलबायु अनुकुलनका क्षेत्रमा बिद्यार्थीहरुको ब्यबहारिक ज्ञान, सिप तथा क्षमता अभिबृद्धी हुने आशा ब्यक्त गर्नुभयो ।
    कार्यक्रममा क्याम्पस प्रमुख खिमलाल दाहालले विज्ञान विभागले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थी विद्यार्थीको ज्ञानमा अभिबृद्धि हुने र सरोकारवाला सबैको प्रयासबाट अहिले विश्व समुदायले भोगेको बाताबरणीय प्रदूषण तथा जलबायु परिवर्तनसँग जुध्ने क्षमताको विकास हुने हुँदा यस्ता रचनात्मक कार्यक्रममा क्याम्पसको सधैँ साथ र सहयोग हुने बताउनुभयो साथै विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन अनुसन्धानात्मक कार्यक्रममा क्याम्पसले लगानी गर्ने नीति लिएको बताउनुभयो ।
    यस कार्यक्रमले सहभागीहरूलाई विश्वव्यापी चुनौतीको रुपमा रहेको जलबायु परिबर्तनको समाधानहरूबारे वैज्ञानिक ज्ञान हाँसिल गरि समुदायमा सकारात्मक परिवर्तनलाई प्रभाव पार्ने उपकरण र प्रेरणा प्रदान गर्यो । अन्त्यमा बिज्ञान बिभागका बिभागीय प्रमुख रविराज सुबेदीले बिषय बिज्ञ तथा सहभागीहरुलाई धन्यबाद दिदै, उक्त कार्यक्रममा सिकेका ज्ञान तथा सिपहरुलाई ब्यक्तिगत जीवनमा समेत उतार्न सहभागीहरुलाई आग्रह गर्दै कार्यक्रमको समापन गर्नुभयो ।
    क्याम्पस सन्चालक समितिका पदाधिकारी, क्याम्पस प्रमुख, कार्यक्रम प्रमुख, पब्लिक क्याम्पस प्राध्यापक संघ सप्तगण्डकीका सभापति, बिभिन्न बिभागका बिभागीय प्रमुख, लेखा नियन्त्रक, कर्मचारी संघका अध्यक्ष, बालकुमारी क्याम्पस वातावरण विज्ञान विषयका सहायक प्राध्यापक, प्रगतिपथ बिकास संस्थाका अध्यक्ष, सप्तगण्डकी टोल बिकास संस्थाका उपाध्यक्ष, सप्तगण्डकी बहुमुखी क्याम्पस बि।एस्सी कार्यक्रममा अध्यनरत बिद्यार्थीहरु सहित करिब ५५ जनाको सहभागिता रहेको कार्यक्रम बनस्पती शास्त्रका सहायक प्राध्यापक गिरिराज उपाध्यायले सन्चालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.