Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Corporate»अब खेर जाने छैन किसानको उत्पादन, मीनबहादुर र उमेश मिलेर बनाउँदै छन् अत्याधुनिक ‘कोल्ड स्टोर’
    Corporate

    अब खेर जाने छैन किसानको उत्पादन, मीनबहादुर र उमेश मिलेर बनाउँदै छन् अत्याधुनिक ‘कोल्ड स्टोर’

    भाटभटेनीमार्फत बेमौसममा पनि उपयुक्त मूल्यमा बिक्री हुने छ तरकारी र फलफूल
    adminBy adminMay 5, 2024No Comments14 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र उद्योगी एवं कांग्रेस नेता उमेश श्रेष्ठ मिलेर देशका विभिन्न स्थानमा अत्याधुनिक ‘कोल्ड स्टोर’ निर्माण गर्ने भएका छन्। जसले किसानले उत्पादन गर्ने तरकारी, फलफूललगायतका कृषि उपजले बजार नपाउने र बिग्रिएर जाने समस्या धेरै हदसम्म हल हुने देखिएको छ।


    कृषि उत्पादनलाई बजारको समस्या नहोस् साथै बेमौसममा पनि बिक्री गर्न सकियोस् भन्ने हेतुले मीनबहादुर र उमेशले ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ खोल्न लागेका हुन्। यी दुई उद्यमीले केही मुख्य सहरहरूमा अत्याधुनिक मल्टी चेम्बरसहितको कोल्ड स्टोर खोल्ने योजना तयार पारेर काम अघि बढाइसकेका छन्।


    विशेष गरी शित भण्डार (कोल्ड स्टोर) को वातावरण उचित र उपयुक्त बनाइराख्न सकिने र त्यसलाई तलमाथि गर्न सकिने प्रविधिमा आधारित रहेर उनीहरूले काम गर्न लागेका छन्। जसले शित भण्डारको वातावरणमा उत्पादनको वजन उही राखिराख्न सहयोग हुनेछ। आद्रताको उचित स्तर मिलाइरहन सक्दामात्र शित भण्डारमा राखिएका उत्पादनको गुणस्तर रहिरहने छ।


    नेपालमा स्थानीय तहहरूमा बनाइएका कतिपय कोल्ड स्टोरमा राखिएका उत्पादन नै बिग्रने समस्या बढिरहेको अवस्थामा उनीहरूले विशेष प्रविधियुक्त उच्चस्तरीय काम होस् भन्नेमा ध्यान दिइरहेका छन्।


    शिक्षा, स्वास्थ्य, जलविद्युतमा लगानी गरिरहेका उद्योगी उमेश श्रेष्ठले पछिल्लो समय कृषि उत्पादनमा पनि कामहरू गरिरहेका छन्। कृषि उत्पादनलाई उपभोक्तासँग जोडेर बजारसम्म पुर्‍याउनका लागि भाटभटेनी स्टोरमार्फत सहज हुने भएकाले यसमा मीनबहादुर गुरुङ पनि सँगै जोडिएका हुन्।

    ‘हाल देशभर भएका चिस्यान केन्द्रहरू राम्रो नहुँदा त्यहाँ राखिएका उत्पादन छिटो बिग्रने भइरहेको छ, सोही कारण हामीले नमूना कोल्ड स्टोरहरू निर्माण गर्न खोजेका हौँ,’ उद्योगी श्रेष्ठले भने।

    अहिले स्थानीय सरकारलगायत निजी क्षेत्रले पनि विभिन्न शित भण्डार बनाएको भए पनि कुनै पनि स्तरीय नदेखिएका कारण आफूहरूले नमूना रुपमा काम गर्न लागेको उनी बताउँछन्। जसमा पहिलो चरणमा चितवन टाँडीमा ६ बिगाह जग्गामा ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ खोल्ने प्रक्रिया अघि बढाएका छन्।

    ग्रिडिङ, लेबलिङ, प्याकिङ पनि सोही ठाउँमा गर्नेगरी ठूलो स्केलमा काम सुरु गर्न लागिएको श्रेष्ठले बताए। चिवतनमा उत्पादन हुने केराले बजार नपाएर खेल गएको र कृषकले उचित मूल्य नपाएको देखेर पहिलो चरणमा चितवनमा काम गर्न लागेको उनले बताए। चितवन तरकारी र फलफूल उत्पादनमा पनि अग्रणि नै रहेको छ।

    ‘फलफूल र अन्य हरियो तरकारीहरू ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ मा भण्डारण गर्दा महिनौँपछि पनि ताजा नै राखेर बिक्री गर्न सकिने भएकोले आफूहरू यता केन्द्रित भएको श्रेष्ठ बताउँछन्।

    भण्डार गरिएका कृषि उत्पादन भाटभटेनीका देशभर रहेका विभिन्न २७ स्टोरबाट बेमौसममा पनि बिक्री गरिने योजना उनीहरूले बनाएका छन्। जसका कारण भारतबाट हुने आयातलाई समेत निरुत्साहित गर्न सकिने र उपभोक्तालाई सस्तो मूल्यमा स्तरीय उत्पादन मिल्ने उनीहरू बताउँछन्। जसमा कृषकले समेत राम्रो मूल्य पाउने छन्। उत्पादन खेर जाने समस्या समाधान हुँदा कृषिका लागि ठूलो योगदान हुनेछ।

    पहिलो चरणमा चितवनमा निर्माण गरेसँगै जनकपुर, भैरहवा, नेपालगञ्ज र इटहरीमा पनि १० हजार मेट्रिकटन क्षमताका कोल्ड स्टोर निर्माण गर्ने योजना उनीहरूले बनाएका छन्।

    ‘सबै स्थानमा जग्गा तयार भइसकेका छन्, चितवनपछि अन्य ठाउँमा पनि निर्माण गर्दै जाने तयारी छ’ श्रेष्ठले भने। उत्पादित कृषि उत्पादन टिपेको २४ घण्टाभित्र कोल्ड स्टोरमा राख्नुपर्ने भएकाले धेरै उत्पादन हुने क्षेत्रको नजिक-नजिक नै आफूहरूले काम अघि बढाइरहेको उनले बताए।

    अत्याधुनिक कोल्ड स्टोरमा कृषकहरूको उत्पादन स्टोर गराउने र बेमौसमा बिक्रीका लागि बजारमा ल्याउनेगरी काम गर्न लागेको भाटभटेनीका सञ्चालक मीनबहादुरले पनि बताए। ‘भाटभटेनीमा कृषि उत्पादनलाई महत्व दिएरै उपभोक्तालाई जोडिरहेका छौँ, अब कोल्ड स्टोर हुँदा कृषकले राम्रो नाफा पनि पाउने देखिन्छ,’ गुरुङले भने।

    उनीहरूले काम अघि बढाएको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’मा एउटा कृषि उपज अर्कोसँग नछुवाइ राखिने छ। सबैका लागि छुट्टाछुट्टै चेम्बरहरू हुने छ। उचित आद्रता र तापक्रम मिलाएर आवश्यकताअनुसार तलमाथि गर्न सकिनेगरी राखिने छ।

    नेपालमा कुनै पनि कृषि उत्पादन बढी भएर सस्तोमा बिक्री गर्न नपर्नेगरी केही महिनादेखि एक वर्षसम्म पनि कोल्ड स्टोरमा राख्न सकिने छ। उनीहरूले भाटभटेनीसँगै आवश्यकताअनुसार अन्‍य स्टोरमार्फत पनि बजारमा पठाउने योजना बनाएका छन्।

    नेपालमा भण्डारण र कोल्ड स्टोर राम्रो नहुनाले पनि मूल्य नपाएको र सिजनको समयमा किसानहरू बिचौलियाको दबाबमा पर्ने गरेको श्रेष्ठको बुझाइ छ। यसैले पनि कृषिप्रतिको आकर्षण बढ्न नसकेको उनी बताउँछन्। विगतमा आफैले पनि उत्पादन खेर जाने समस्या भोगेकाले कोल्ड स्टोरलाई विशेष प्राथमिकता दिएको उनले बताए।

    ‘राम्रा कोल्ड स्टोरहरू ठाउँ ठाउँमा सरकारले नै पनि बनाउनु पर्छ, निजी क्षेत्रले बनाउँदा पनि केही सहुलियत दिन आवश्यक छ, अहिले भएका कुनै पनि कोल्ड स्टोर कामलाग्दो छैनन्,’ श्रेष्ठले भने। अब आफूहरूले बनाउन लागेको कोल्ड स्टोरमा जुम्लाको स्याउ टिपेको २४ घण्टाभित्र राख्न सकिए एकवर्षसम्म उस्तै रहने बुझाइ श्रेष्ठको छ।

    ‘मेरो आफ्नै फार्मबाट यही वर्ष उत्पादन भएको स्याउ पनि धेरै बिक्री भएन। जुम्लाको स्याउ १ सय ५० रुपैयाँ प्रतिकिलो दिन्छु भन्दा पनि खरिद गर्ने भेटिएनन्, यसैले पनि कोल्ड स्टोर नै आवश्यक देखिएको छ,’ श्रेष्ठले भने। नेपालमा बर्सेनि अर्बौं रुपैयाँको स्याउ आयात भइरहेको भए पनि अन्डरभ्यालु गरेर कलछलीसमेत भइरहेको श्रेष्ठ बताउँछन्।

    अहिले उनीहरूले बनाउन लागेको कोल्ड स्टोरमा जग्गाबाहेक नै २० करोड रुपैयाँसम्म लगानी हुने छ। जग्गासमेतको हिसाब गर्दा लगानी करोडौँ रुपैयाँ हुने छ। जुन लगानीले किसानले समयमा नै उचित मूल्यमा उत्पादनहरू बेचेर नाफा सुरक्षित गर्न सक्ने, उपभोक्ताले स्तरीय उत्पादन बेमौसममा पनि खरिद गर्न सक्ने र आयातसमेत निरुत्साहित गर्न सकिने देखिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.