Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: Laxman Gautam
चितवन, बैशाख ५ –नेकपा (एमाले) भरतपुर महानगरपालिका कमिटीको अधिवेशन सुरु भएको छ । आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले महानगर अधिवेशनको उद्घाटन गरेका छ्न । उद्घाटन कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले सहमतिमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्न आग्रह गरे । सहमति हुनै नसकेमात्र चुनाव गराउन आग्रह गर्दै उनले चुनावका कारण पार्टीमा गुटबन्दी गर्ने, पार्टी एकतालाई कमजोर बनाउने काम नगर्न निर्देशन दिए । उनले मिशन ८४ लाई सफल पार्ने गरी पार्टीका गतिविधि गर्न र पार्टी संगठनलाई मजबुत बनाउन निर्देशन दिएका छन् । उनले अहिलेको सरकारले देशमा विकासको लहर ल्याउने भयो भनेर विरोधी शक्तिहरुले एमालेमाथि प्रहार गरिरहेको बताए । आजबाट…
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको विद्युतिय सवारी (EV) गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक विरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुग्दा गाडी करिब २०० मिटर तल खसेर पूर्णरुपमा क्षतिग्रस्त अवस्थामा फेला परेको थियो। गाडीमा चालकसहित १६ जना सवार थिए। दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ११ जना मध्यम घाइते र ३ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।…
चितवन, बैशाख ४ – भरतपुरमा बनेको सिक्स लेन सडकमा आज एमालेको युवा संघले मोटरसाइकल र्याली निकालेको छ । राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीको आयोजनामा गोन्द्राङ्देखि पुल्चोकसम्म आज दिउँसो २ः३० बजेबाट मोटरसाइकल र्याली निकालिएको हो । गोन्द्राङ्बाट सुरु भएको र्याली चौबिसकोठी, शहिद चोक हुँदै पुल्चोक पुगेर पुनः चौबिसकोठीमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक र निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले संवोधन गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाठकले भरतपुरको सिक्स लेन सडक केपी शर्मा ओलीले बनाएको बताउँदै यसमा रेनु दाहालले जस लिनका लागि भ्रम छरिरहेको बताए । देशभरका राजमार्ग विस्तार गर्ने…
काठमाडौँ, वैशाख ३ – सुनको मूल्य तोलाको एक लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा दुई हजार सात सय बढेर एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भई रहेको छ । रासस
काँकडभिट्टा । राजावादी राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई शुक्रबार बिहान झापा ल्याइएको हो । प्रहरीको विशेष टोलीले मेची पुल हुँदै झापा ल्याएको प्रहरी उच्च स्रोतको भनाइ छ । प्रसाईंलाई विमानमार्फत काठमाडौं ल्याउने तयारी छ ।उनी चैत १५ गते काठमाडौंको तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार थिए ।चैत १५ मा राजावादी प्रदर्शनको क्रममा तोडफोड, आगजनी र लुटपाटको नेतृत्व गरेको आरोप प्रसाईंमाथि लागेको छ । उनले निषेधित क्षेत्र तोड्ने भन्दै प्रहरीको ज्यानै लिने गरी गाडी…
दुर्गा प्रर्साईंले भारतको असम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। नेपाल प्रहरीको अनुरोधमा असम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। असम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ। गत चैत १५ गतेको राजसंस्थावादीको आन्दोलनपछि उनी बेपत्ता भएका थिए। तर उनले पटक/पटक आफू सुरक्षित रहेको र आफ्नो ज्यान खतरामा रहेको भन्दै भिडियो सन्देश सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनले बुधबार मात्र भिडियो सन्देश जारी गर्दै आफ्नो ज्यान खतरामा रहेको भन्दै मानवअधिकारवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए।
चितवन, चैत २३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि दुईमहिने जनयात्रा कार्यक्रम शुभारम्भ गर्दैछ । चितवनको भरतपुर गेष्टहाउस चौरमा आज दिउँसो पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यात्राको शुभारम्भ गर्नुहुने जनाइएको छ । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले कार्यक्रमलाई मर्यादित बनाउन नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ । कार्यक्रममा सहभागी हुँदा कुनै उशृङ्खल गतिविधि नगर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम पूर्ण रुपमा शान्तिपूर्ण होस् भन्ने चाहन्छौँ, सोहीअनुसार निर्देशन भएको छ ।” सबैका कुरा सबैले सुन्ने बानीको विकास गर्नसकेमा मात्रै समाजको विकास हुने उहाँको भनाइ छ । विचारमा विमति भए पनि देशको विकासका लागि सबै एकठाउँ हुन जरुरी रहेको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने घरबाटै पक्राउ परेका छन् । लामाे समयदेखि सँगठित तथा सहकारी ठगी गरेकाे आराेपमा अनुसन्धान भैरहेका लामिछानेलाई उच्च अदालतकाे बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिए लगत्तै पक्राउ गर्न प्रहरी लामिछाने कै घरमा पुगेकाे थियाे । रवि लामिछानेलाई बुढानिलकण्ठ स्थित उनकै घरबाट प्रहरीले पक्रेकाे हाे । बुटवलको सुप्रिम सहकारी प्रकरणमा उनलाई जिल्ला अदालत रुपन्देहीले १ कराेड धराैटीमा छाड्न आदेश भएपनि साे आदेश चित्त नबुभेपछि रवि स्वयं साधारण तारेखमा आफु छुट्नपाउँ भनि उच्च गएका थिए । उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएकाे छ ।
बुटबल , चैत २२ – बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो।
चितवनको माडीस्थित अयोध्याधाम राम मन्दिर परिसरमा यही चैत्र २२ गतेदेखि २४ गतेसम्म त्रिदिवसीय राम कथा वाचन एवं भजन किर्तन हुने भएको छ । अयोध्याधाम पूजा व्यवस्थापन समितिको आयोजनामा त्रिदिवसीय पाठपारायण हुन लागेको हो । कार्यक्रममा पूजा पाठ, रामकथा वाचन, झाँकी तथा भजन, आरती र प्रसाद वितरण सहितका विभिन्न धार्मिक कार्यक्रम हुने अयाेध्याधाम पुजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले बताउनुभयाे । प्रत्येक बर्ष राम नवमीमा सोही स्थानमा समितिले पुजाआजा सहित पाठपारायण गर्दै आइरहेको छ । राम कथा वाचन कार्यक्रममा माडीका चर्चित युवा पण्डित सुदर्शन सुवेदीले वाचन गर्नुहुने जनाइएको छ ।
