Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सिटिजन लाइफ नारायणगढ टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा १२ लाख ३४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
- टिकटकर तुलसा अधिकारी पक्राउ
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
Author: Laxman Gautam
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने घरबाटै पक्राउ परेका छन् । लामाे समयदेखि सँगठित तथा सहकारी ठगी गरेकाे आराेपमा अनुसन्धान भैरहेका लामिछानेलाई उच्च अदालतकाे बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिए लगत्तै पक्राउ गर्न प्रहरी लामिछाने कै घरमा पुगेकाे थियाे । रवि लामिछानेलाई बुढानिलकण्ठ स्थित उनकै घरबाट प्रहरीले पक्रेकाे हाे । बुटवलको सुप्रिम सहकारी प्रकरणमा उनलाई जिल्ला अदालत रुपन्देहीले १ कराेड धराैटीमा छाड्न आदेश भएपनि साे आदेश चित्त नबुभेपछि रवि स्वयं साधारण तारेखमा आफु छुट्नपाउँ भनि उच्च गएका थिए । उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएकाे छ ।
बुटबल , चैत २२ – बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो।
चितवनको माडीस्थित अयोध्याधाम राम मन्दिर परिसरमा यही चैत्र २२ गतेदेखि २४ गतेसम्म त्रिदिवसीय राम कथा वाचन एवं भजन किर्तन हुने भएको छ । अयोध्याधाम पूजा व्यवस्थापन समितिको आयोजनामा त्रिदिवसीय पाठपारायण हुन लागेको हो । कार्यक्रममा पूजा पाठ, रामकथा वाचन, झाँकी तथा भजन, आरती र प्रसाद वितरण सहितका विभिन्न धार्मिक कार्यक्रम हुने अयाेध्याधाम पुजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले बताउनुभयाे । प्रत्येक बर्ष राम नवमीमा सोही स्थानमा समितिले पुजाआजा सहित पाठपारायण गर्दै आइरहेको छ । राम कथा वाचन कार्यक्रममा माडीका चर्चित युवा पण्डित सुदर्शन सुवेदीले वाचन गर्नुहुने जनाइएको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। निगमका अनुसार नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ।
चितवन, चैत्र १८ – सुदृढ गणतन्त्र र संविधानको रक्षाका लागि नेकपा (एमाले) चितवनले जिल्लामा जागरण सभा गरेको छ । ‘प्रतिगामी चलखेललाई परास्त गरौं । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ भन्ने मुल नाराका साथ भरतपुरको गेष्ट हाउस चौरबाट र्याली सुरु गरी अस्पताल रोड हुँदै चौबीसकोठीमा पुगेर जागरण सभा गरिएको थियो । र्यालीमा गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिँसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौं, नेकपा (एमाले) जिन्दावाद, दाश र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर, शान्ति सुव्यवस्था कायम गर, सामाजिक अराजकता मुर्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद लगायतका नारा लगाइएको थियो । सभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज…
काठमाडौं , चैत १९ – सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपनि नेपाली बजारमा पनि प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ । नेपाली बजारमा सोमबार भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।
मकवानपुर,, चैत १८ – बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले इस्लाम धर्मावलम्बी समुदायबीच मनाइने महत्वपूर्ण पर्व ईदको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । आज सोमबार शुभकामना सन्देश प्रकाशन गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधतामा एकता, सामाजिक, सांस्कृतिक सद्भावपूर्ण राष्ट्र भएको उल्लेख गर्नुभएको छ। “नेपालको भौगोलिक विविधता अनुसार कला संस्कृति र परम्पराहरुमा पनि बहुआयामिकता छ” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ “नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम छ, नेपालीहरुको आफ्नै चाडपर्वहरु मध्येको ईद पनि एक हो ।” “ईद-उल-फित्रको सुखद् अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्मका अनुयायी दाजुभाइ दिदीबहिनीहरुमा…
चितवन , चैत १६ – पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरुमाथि आक्रमणको नेपाल पत्रकार महासंघ चितवन शाखाले विरोध जनाएको छ । राजावादीले शुक्रवार काठमाडौँमा आयोजना गरेको हिंसात्मक प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकलाई आगजनी भएको घरमा थुनेर हत्या गरिएको थियो । रजकको शव जलेको अवस्थामा फेला परेको थियो । राजावादीहरुले अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यम र पत्रकारहरुमाथि पनि आक्रमण गरेका थिए । पत्रकार र सञ्चारमाध्यममाथि राजावादीले निशाना बनाएकोमा पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार चितवनमा शान्तीपुर्ण विरोध प्रदर्शन गरिएको हो । महासंघको स्थापना दिवसको अवसरमा पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी महासंघले विरोध कार्यक्रम गरेको हो । घटनाको विषयमा पत्रकार…
काठमाण्डौ । आज राजधनीको तीनकुनेमा भएको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । राजावादीको प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागी घाइते भएका एक जनाकोको मृत्यु भएको हो । निजलाई त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य उपचारका लागि पुर्याउँदा मृत्यु भएको हो । हाल मृतकको शव पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइएको छ । मृतकको विस्तृत परिचय खुलिनसकेको जनाइएको छ । तीनकुनेमा आज राजावादी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएका झडपका क्रममा २२ जना घाइते भएका छन् । प्रदर्शनकारीहरुले ठाउँ ठाउँ तोडफोड र आगजनी गरेका छन् । केही सरकारी गाडी तथा केही सवारीहरुमा समेत आगजनी भएको छ । केही निजी घर तथा व्यवसायिक महलहरुमा समेत…
अर्घाखाँची , चैत १३ – अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु२ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए ।
