Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: Laxman Gautam
चितवन , जेठ ११- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखा द्वारा विमा सचेतना , अन्तरक्रिया तथा छलफल कार्यक्रम चितवनको माडी बसन्तपुरमा सम्पन्न गरेको छ । माडी नगरपालिका वडा नम्बर ५, वडा नम्बर ७ टोल बिकास संस्था तथा माडी बहुमुखी क्याम्पसका सहभागीहरु सम्मीलित प्रतिनिधीहरु लाई तालिम दिइएको हो । कार्यक्रममा जिल्ला समन्वय समिती चितवनका सदस्य बाबुराम सुवेदी प्रमुख अतिथी तथा माडी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष गणेश घताने , वडा नम्बर ७ का अध्यक्ष चन्द्राकुमारी वानिया बिशिष्ठ अतिथि र सामाजिक अगुवा भागिरथ बस्याल, होमस्टे संघ नेपालका बागमती प्रदेश उपाध्यक्ष जितबहादुर चापागाइ लगायत अतिथी रहनु भएको थियो । उदघाटन कार्यक्रमका प्रमुख…
चितवन , जेठ ८ – चितवनको भरतपुर स्थित बडा नम्बर ७ मर्स्याङदी टोलमा आफ्ना स्वर्गीय पति र पिताको स्मृतिमा आमाछोराले सुबिधा सम्पन्न विश्राम स्थल निर्माण गरि उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका बडा नम्बर ७ मर्यस्याङदी टोल मार्ग नम्बर १९ मा निर्माण गरि स्वर्गिय रजङ गुरुङका श्रीमती तीर्थकाशी गुरुङ र ९१ बर्षिया साहिँला दाजु श्री राजमान गुरुङद्वारा सँयुक्त रुपमा जेठ ६ गते उदघाटन गरिएको हो । उद्घाटन कार्यक्रममा भरतपुर ७ का जनप्रतिनिधि मीन बहादुर गुरुङ , मर्स्यस्ङदी टोल बिकास संस्थाका अध्यक्ष माधब रेग्मी , गुराँस तमु समाजका संस्थापक अध्यक्ष हितमान गुरुङ , बर्तमान अध्यक्ष कल्सिराम गुरुङ ,गुरास तमु आमा समुहकी…
चितवन , जेठ ३ – नेकपा (एमाले) जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन–आश्रित दुर्घटनास्थल दासढुंगा पुगी नेता द्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल ¥यालीसहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेता द्वयको शालिकमा माल्याणर्पण गरी दिवंगत नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवाली रहेका थिए । उनले सो अवसरमा मदन–आश्रितले छोडेर गएको विचारले अप्ठयारोमा पनि जुटिरहने सङ्कल्प प्राप्त भएको धारणा व्यक्त गरे । त्यस्तै बागमती प्रदेशसभा संसदीय दलका नेता एवम् पार्टीका केन्द्रीय सदस्य जेएन थपलियाले नेता द्वयको तेजश्वी सोचलाई अझ…
काठमाडौं, २८ वैशाख – राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेल ले जानकारी दिएका छन् । गत वर्षको तुलनामा यसपटक नतिजामा उल्लेखनीय सुधार देखिएको छ । अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष ४.१७ प्रतिशतले नतिजा सुधारिएको बोर्डले जनाएको छ । सरकारले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको थियो । सोहीअनुसार यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने नयाँ व्यवस्था लागू गरिएको थियो । यही व्यवस्थाका कारण परीक्षा सम्पन्न भएको २९ दिनमै नतिजा सार्वजनिक…
चितवन , बैशाख २० – चितवनको माडी नगरपालिका वडा नम्बर ७ देवेन्द्रपुर स्थाही बसोबास भई हाल भरतपुर–७ कृष्णपुर मर्स्याङदी टोलमा बस्दै आउनुभएकी सुनिता कार्की लाई टोलवासिले आर्थिक सहयोग गरेका छ्न । टोलमा रहेकी सुनिता लाई बोनम्यारो क्यान्सर रोग देखिएपछी केही दिन अगाडी दिल्लिको राजिव गान्धी अस्पतालमा बोनम्यारो टान्सप्लान्ट गरिएपछि उनको उपचारमा कमि हुन नदिन टोलबासिले आर्थिक सहयोग गरेका हुन । सुनिताको उपचारका क्रममा अहिलेसम्म करिव ३५ लाखभन्दा बढी खर्च भइसकेको थप उपचारका लागि आर्थिक अभाब भएको भन्दै परिवारले अनुरोध गरेपछी आर्थिक संकलन अभियान लाई तिब्र बनाइएको हो । आर्थिक सहयोगका लागि भरतपुर ७ स्थित मर्स्याङदी टोल बिकास संस्था , मर्स्याङदी…
चितवन , बैशाख १४ – चितवनको माडी नगरपालिका वडा नम्बर ७ देवेन्द्रपुर स्थाही बसोबास भई हाल भरतपुर–७ कृष्णपुर मर्स्याङदी टोलमा बस्दै आउनुभएकी सुनिता कार्की लाई बोनम्यारो क्यान्सर रोग देखिएपछी उपचारका लागि आर्थिक सहयोग अभियान तिब्र पारिएको छ । उपचारका क्रममा अहिलेसम्म करिव ३५ लाखभन्दा बढी खर्च भइसकेको थप उपचारका लागि आर्थिक अभाब भएको भन्दै परिवारले अनुरोध गरेपछी आर्थिक संकलन अभियान लाई तिब्र बनाइएको हो । बिरामी सुनिता कार्कीको केही दिन पहिले भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा आफ्नै भाइ सुदन ढकाल बाट बोनम्यारो टान्सप्लान्ट गरिएको हो । हाल उनको स्वास्थ अबस्था सुधार हुँदै गएपछी उपचार प्रक्रिया जटिल र लामो हुने भएपछी…
चितवन , बैशाख १२ – जिल्लामा रगतको अभाव भैरहेको बेला भरतपुर स्थित हाकिमचोकमा रहेको सामाजिक बिकास बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको १८ औ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । खुला रक्तदान कार्यक्रममा ५५ जना रक्तदाताले रगत दान गरेका सहकारी संस्थाका सचिब सन्तोष दवाडीले बताउनु भयो । रक्तदान कार्यक्रम लाई सम्पन्न गर्नका लागि विभिन्न दाता सहयोगीहरुले सहयोग गरेका संस्थाका अध्यक्ष नरेन्द्र सापकोटाले बताउनु भयो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा सम्पन्न भएको हो । २०६४ सालमा स्थापना भएको सहकारी संस्थाका हाल ६८७ जना शेयर सदस्य रहेका छ्न ।…
सुवास लामिछाने , माडी , बैशाख ७ – माडी नगरपालिका–स्थित अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको दोस्रो कार्यकालका लागि सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा शिवजी गायक पुनः निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा गायकले प्रतिद्वन्द्वी शिव लामिछानेलाई स्पष्ट मतान्तरले पराजित गर्दै आफ्नो नेतृत्वलाई निरन्तरता दिनुभएको हो। निर्वाचन परिणामअनुसार गायकले ७ मत प्राप्त गर्दा लामिछाने २ मतमा सीमित हुनुभयो। समितिको अन्य पदाधिकारीहरू भने सर्वसम्मत रूपमा चयन भएका छन्। उपाध्यक्षमा गिरीधारी सुवेदी, सचिवमा गोकुल लम्साल र कोषाध्यक्षमा गंगा बहादुर अधिकारी चयन हुनुभएको छ।त्यसैगरी सदस्यहरूमा तुलबहादुर मगर, कृष्ण प्रसाद पौडेल, रामबहादुर अधिकारी क्षेत्री, शिव लामिछाने तथा शिवहरि सुवेदी चयन हुनुभएको छ। अध्यक्ष बाहेकका…
चितवन , चैत २९ – भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङदी टोल बिकास संस्थाले नयाँ बर्षको अवसर पारी टोलमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बर्ष २०८३को पुर्व सन्ध्यामा टोलबासी बिच शुभकामना साटासाट गर्दै संस्थाको चिनारी सहितको भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको हो ।आइतबार आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले रहुनु भएको थियो । कार्यक्रममा बडा सदस्य मिनबहादुर गुरुङ मर्स्याङ्दी टोल बिकास संस्थाका पुर्व अध्यक्षरु प्रकाश सापकोटा ,ज्ञानु लौडारी , केदारनाथ बोहरा , संस्थापक अध्यक्ष हितमान गुरुङ लगायत विशिष्ट अतिथी र टोलका विभिन्न संघ संस्थाका…
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ ग्रहण गरेका छन्। उनले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सदस्य बालेन्द्र शाह (बालेन)लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। बालेन गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा- ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतान्तरले पराजित गरेका हुन्।
