चितवन , जेठ ८ – चितवनको भरतपुर स्थित बडा नम्बर ७ मर्स्याङदी टोलमा आफ्ना स्वर्गीय पति र पिताको स्मृतिमा आमाछोराले सुबिधा सम्पन्न विश्राम स्थल निर्माण गरि उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका बडा नम्बर ७ मर्यस्याङदी टोल मार्ग नम्बर १९ मा निर्माण गरि स्वर्गिय रजङ गुरुङका श्रीमती तीर्थकाशी गुरुङ र ९१ बर्षिया साहिँला दाजु श्री राजमान गुरुङद्वारा सँयुक्त रुपमा जेठ ६ गते उदघाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा भरतपुर ७ का जनप्रतिनिधि मीन बहादुर गुरुङ , मर्स्यस्ङदी टोल बिकास संस्थाका अध्यक्ष माधब रेग्मी , गुराँस तमु समाजका संस्थापक अध्यक्ष हितमान गुरुङ , बर्तमान अध्यक्ष कल्सिराम गुरुङ ,गुरास तमु आमा समुहकी अध्यक्ष कालिमाया गुरुङ र स्थानीयवासिको सहभागिता रहेको थियो । विश्राम स्थलको उदघाटन निर्माणकर्ता तिर्थकाशी गुरुङ र छोरा इन्जिनियर मान बहादुर गुरुङले संयुक्त रुपमा गर्नु भएको हो । कार्यक्रममा भरतपुर ७ का जन प्रतिनिधि मीन बहादुर गुरुङले सामाजिक उत्तरदायित्व पूरा गर्ने गुरुङ परिबार प्रती आभार ब्यक्त गर्नु भयो ।
टोल बिकास संस्थाका अध्यक्ष माधब रेग्मिले समाजमा रहेर समाजप्रतिको उत्तरदायित्व पूरा गर्दै विश्राम स्थल निर्माणको कामले टोलमा नबिनतम प्रयास भएको बताउदै खुशी ब्यक्त गर्नु भयो । सोही कार्यक्रममा बोल्ने बक्ताहरुले आफ्नो निजि खर्चमा विश्राम स्थल निर्माणले टोलमा सामाजिक अभियानको निरन्तरतामा टेवा पुगेको बताउनु भएको थियो । विश्राम स्थल निमार्णकर्ता गुरुङले स्थानिय बटुवा र विद्यार्थीहरु चर्को घाम र बर्षाको समयमा हुने गरेको अफ्ट्यारो लाई केही भए पनि सहज बनाउने उदेश्यले विश्राम स्थल निर्माण गरेको बताउनु भयो । विश्राम स्थल निर्माण मा हाल आधारभुत आबश्यकता पूरा गरेको भए पनि बिस्तारै सुबिधा सम्पन्न बनाउन प्रयास गर्ने बताउनु भयो । कार्यक्रम स्थानिय सामाजिक अगुवा तथा गुरुङ परिवारकै छोरा उत्तम गुरुङले संचालन गर्नु भएको थियो ।
विश्राम स्थलमा हाल सम्म करिव एक लाख रुपैया खर्च भएको र आगामि दिन पंखा , पिउने पानी , मोबाइल चार्जिङ लगायतको सुबिधा थपिने जनाइएको छ ।

