Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
११ औं महाधिवेशनको नेतृत्व चयन प्रक्रियालाई लिएर नेकपा एमालेको संस्थापन (केपी शर्मा ओली) समूहमै विवाद भएको छ । १० औं महाधिवेशनमा ओलीले टीम बनाउँदा त्यति विवाद नदेखिए पनि ११ औं महाधिवेशनको टीम फर्मेसनमा विवाद भएको हो । महासचिवमा शंकर पोखरेललाई दोहोर्याउने ओलीको चाहनापछि संस्थापन पक्षभित्रै विवाद सिर्जना भएको छ । विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उपाध्यक्ष बनाउने गरी पहिलो सूची सार्वजनिक भएको थियो । सोमबार बिहान बनाइएको पहिलो सूचीमा भानुभक्त ढकाललाई उपमहासचिव प्रस्ताव गरिएको थियो । तर, सचिवमा दोहोर्याउन खोजिएका लेखराज भट्टको असन्तुष्टिपछि तत्काल सो सूची सच्च्याइयो । ढकाललाई सचिवमा राखेर भट्टलाई उपमहासचिवको…
भरतपुर, २७ मङ्सिर ।साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उद्घाटन सत्रमा चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, छन्दकाव्य प्रतिष्ठान नेपाल चितवनका अध्यक्ष लकाश पौडेल, सङ्गमका पूर्व अध्यक्षहरू पोषराज पौडेल, डीआर पोखरेल, भवनाथ सडौला र मोदनाथ मरहट्टा, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद रामहरि श्रेष्ठ, भैरव वाङ्मय प्रतिष्ठानका अध्यक्ष पूर्णप्रसाद अधिकारी, साहित्यकार विद्या भण्डारी ‘चिराग’, इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष कृष्णप्रसाद पोखरेल, नवसाहित्य मञ्जरीका अध्यक्ष सूर्यमणि रेग्मी, अखिल नेपाल लेखक सङ्घका अध्यक्ष यदुनाथ भट्टराई तथा भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कमल मल्ललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सङ्गमका कोषाध्यक्ष…
देवघाटधाम, २७ मङ्सिर ।देवघाटधाम जेसीको पाँचौँ वार्षिक साधारणसभा तथा चौथो शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । अधिवेशनले जेसी अर्जुन सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । कार्यकारिणी उपाध्यक्षमा जेसी स्वस्तिका धिताल र जेसी सुष्मा गुरुङ चयन भएका छन् । उपाध्यक्ष पदमा जेसी अजित कुँवर, जेसी अर्जुन सापकोटा, जेसी सन्तोष सुवेदी तथा जेसी कर्णबहादुर गुरुङ चयन भएका छन् । निर्देशक पदमा जेसी सङ्गीता तामाङ, जेसी देवेन्द्र सापकोटा, जेसी गणेश तिवारी तथा जेसी स्वस्तिका आचार्य चयन भएका छन् । अधिवेशनबाट मनोनित पदाधिकारीहरूमा कानुनी सल्लाहकारमा जेसी सुजन गुरुङ, महासचिवमा जेसी माधव न्यौपाने, कोषाध्यक्षमा जेसी रक्षा कार्की,…
रेशम सापकोटाचितवन — माडी नगरपालिका–९ सेतो पहिरोस्थित कालभैरव मन्दिरमा मङ्सिर २३ देखि २६ गतेसम्म चार दिने विशेष पूजा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम मङ्सिर २३ गते विधिवत् पूजाबाट सुरु भएको थियो। सोही दिन मन्दिरमा गजुर र मौला स्थापना गरी विशेष पूजाआजा सम्पन्न गरिएको थियो। मङ्सिर २४ र २५ गते नियमित पूजा–अनुष्ठान चलेका थिए भने २६ गते भव्य बाजागाजा, भजन–कीर्तन र वैदिक परम्पराअनुसार सम्पन्न विशेष पूजापछि औपचारिक समापन गरिएको थियो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम आचार्यका अनुसार, गत वर्ष मन्दिर निर्माण र कालभैरवनाथको मूर्ति अनावरण भएपछि दैनिक पूजा नियमित रूपमा हुँदै आएको छ र भक्तजनहरूको उपस्थितिले मन्दिर परिसर सधैँ नै…
रेशम सापकोटादेवघाटधाम संरक्षण प्रतिष्ठानको आज सम्पन्न नवौं साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्ष श्री ढुण्डिराज सिलवालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ। नवनिर्वाचित समितिले आजै पदभार ग्रहण गरेको हुँदा दाता सम्मान कार्यक्रम समेत देवघाटधाम, भरतपुर–१ स्थित प्रतिष्ठानको आफ्नै भवनमा सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भयो। कार्यक्रममा संस्थापक अध्यक्ष श्री राजेन्द्र पिया, निर्वाचन मण्डलका संयोजक श्री शान्तप्रसाद पोखरेल, सदस्य श्री महाप्रसाद सिलवालसँगै विशेष योगदान पुर्याउने व्यक्तित्वका रूपमा श्री अनक खप्तरि मगर र कार्यालय सचिव श्री बिरेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो। साधारण सभाबाट वसन्त लामिछानेको नेतृत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति तथा समाजसेवी श्री टंकनाथ पौडेलज्यू संयोजक रहेको सल्लाहकार समिति पनि…
चितवन — लायन्स क्लब अफ चितवन राइजले अध्यक्ष शिरीष पन्तको नेतृत्वमा सोमबार माडी नगरपालिकाका विभिन्न स्थान र भरतपुर महानगरभित्रको विद्यालयमा गरी चार वटा सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ। पहिलो कार्यक्रम माडी नगरपालिका–४ मा सम्पन्न भयो, जहाँ क्यान्सर पीडित चित्रकला पाठकलाई क्लबले रु २५,००० आर्थिक सहयोग प्रदान गर्यो। त्यसपछि माडी–३ को पौवारी टोलमा विपन्न विद्यार्थीहरूलाई आवश्यक स्टेसनरी तथा खेलकुद सामग्री वितरण गरिएको क्लबले जनाएको छ। साथै माडी नगरपालिका–९ मा अवस्थित कान्तिपुर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पनि शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो। चौथो कार्यक्रम भरतपुर महानगरपालिका–१५ स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न भयो। उक्त विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, इरेजर तथा…
रेशम सापकोटाभारतपुर १८ मंसिर – आफ्नो जन्म उत्सवको अवसरलाई सामाजिक जिम्मेवारीसँग जोड्दै विपिन पाठकले आज भरतपुर महानगरपालिका–२ स्थित ब्राइटस्टार समाज नेपाल बालगृहमा रहेका १३ जना नानीहरूसँग आज बेलुकाको संयुक्त भोजन कार्यक्रम सम्पन्न गर्नुभएको छ। मानवतामूलक भावना बोकेर गरिएको यो कार्यले उपस्थित सबैलाई प्रभावित बनाएको थियो। कार्यक्रममा उहाँकी धर्मपत्नी सरस्वती अधिकारी पाठक, लायन्स क्लब अफ भरतपुर ब्लु स्काईकी अध्यक्ष दुर्गाकुमारी लामिछाने, अग्रज शैक्षिक तथा सामाजिक व्यक्तित्व बालचन्द्र पोखरेल, ब्लड डोनर सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, महासचिव अञ्जन दवाडी, सफल युवा व्यवसायी तथा समाजसेवी रामचन्द्र लम्साल, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा, डा. सिर्जना भुर्तेल, ब्लड डोनर सोसाइटी चितवनका उपाध्यक्ष अभिषेक…
चितवन — चितवन उद्योग वाणिज्य सङ्घ २०१६ सालमा संस्थापक अध्यक्ष स्व. सूर्यनारायण पियाको नेतृत्वमा स्थापना भएको दिनदेखि नै जिल्लाका उद्योगी–व्यापारीको साझा स्वरको प्रतिनिधि संस्था बनेको छ। व्यवसायिक हक–हित संरक्षण, दिगो व्यापारिक वातावरण निर्माण तथा उद्योग, वाणिज्य र पर्यटन प्रवर्द्धनका क्षेत्रमा यस सङ्घको योगदान स्मरणीय रहेको छ। विगतमा संघका गतिविधि राष्ट्रियस्तरमै चर्चित थिए। ‘चितवन महोत्सव’ जस्ता कार्यक्रम, माछापालन, पोल्ट्री, कृषि–उद्योग, लघु उद्योग प्रवर्द्धनका गोष्ठी–सेमिनार र नवउद्यमीका लागि तालिम तथा बजार विस्तारमा संघले सक्रिय भूमिका खेलेको थियो। हाल संघ अध्यक्ष सुमन कुमार श्रेष्ठको नेतृत्वमा २२औँ कार्यसमिति क्रियाशील छ भने आगामी पुस २१ गते हुने अधिवेशनबाट २३औँ अध्यक्ष तथा नयाँ कार्यसमिति चयन हुने…
चितवन — होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा तथा नेपाल क्षयरोग निवारण संस्था, चितवन शाखाको समन्वयमा सञ्चालित जिल्लास्तरीय अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रबार होली भिजन पब्लिक स्कुलमै उत्साहका साथ सम्पन्न भयो। ७२औँ राष्ट्रिय क्षयरोग दिवसलाई विशेष बनाउने उद्देश्यसहित गरिएको यस प्रतियोगितामा चितवन जिल्लाका २५ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ। समग्र रूपमा ३६ विद्यालयसम्म सहभागी भइसकेका यस्ता वार्षिक प्रतिस्पर्धाहरूमध्ये यस वर्षको कार्यक्रम झनै प्रतिस्पर्धात्मक बनेको थियो। हाजिरीजवाफको रोचक चरणहरू पार गर्दै जनप्रिय मावि शारदानगर प्रथम, ओम शान्ति एकेडेमी भरतपुर द्वितीय, र वाल्मीकि शिक्षा सदन भरतपुर तृतीय हुने गौरव हासिल गरेका छन्। यसअघि मंसिर ११ गते नाटा जुनियर…
रेशम सापकोटा माडी नगरपालिका–९ स्थित धार्मिक तथा ऐतिहासिक महत्त्वले समृद्ध भगवान श्रीरामको जन्मस्थल अयोध्याधाममा यस वर्ष पनि विवाह पञ्चमी विशेष उत्सव अत्यन्तै आकर्षक रूपमा सम्पन्न भएको छ। मङ्सिर ९ गते परेको शुभ दिनलाई अवसर बनाएर माडी नगरपालिका, माडी प्रज्ञा प्रतिष्ठान प्रवर्द्धक तथा अयोध्या धाम पूजा व्यवस्थापन समितिको संयुक्त पहलमा धार्मिक कार्यक्रमसँगै सामूहिक खुल्ला रत्यौली प्रतियोगिता सञ्चालन गरिएको थियो। उक्त प्रतियोगितामा १४ महिला समूहले सहभागीता जनाएका थिए। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले १० हजार, द्वितीयले ७ हजार, तृतीय समूहले ५ हजार तथा सान्त्वना प्राप्त समूहले ३ हजार रुपैयाँ पुरस्कार पाएका छन्। प्रतियोगितामा माडी–९ को राम जन्मभूमि आमा समूहले १०१ अंक…
