Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
रेशम सापकोटाचितवन — माडी नगरपालिका–९ सेतो पहिरोस्थित कालभैरव मन्दिरमा मङ्सिर २३ देखि २६ गतेसम्म चार दिने विशेष पूजा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम मङ्सिर २३ गते विधिवत् पूजाबाट सुरु भएको थियो। सोही दिन मन्दिरमा गजुर र मौला स्थापना गरी विशेष पूजाआजा सम्पन्न गरिएको थियो। मङ्सिर २४ र २५ गते नियमित पूजा–अनुष्ठान चलेका थिए भने २६ गते भव्य बाजागाजा, भजन–कीर्तन र वैदिक परम्पराअनुसार सम्पन्न विशेष पूजापछि औपचारिक समापन गरिएको थियो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम आचार्यका अनुसार, गत वर्ष मन्दिर निर्माण र कालभैरवनाथको मूर्ति अनावरण भएपछि दैनिक पूजा नियमित रूपमा हुँदै आएको छ र भक्तजनहरूको उपस्थितिले मन्दिर परिसर सधैँ नै…
रेशम सापकोटादेवघाटधाम संरक्षण प्रतिष्ठानको आज सम्पन्न नवौं साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्ष श्री ढुण्डिराज सिलवालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ। नवनिर्वाचित समितिले आजै पदभार ग्रहण गरेको हुँदा दाता सम्मान कार्यक्रम समेत देवघाटधाम, भरतपुर–१ स्थित प्रतिष्ठानको आफ्नै भवनमा सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भयो। कार्यक्रममा संस्थापक अध्यक्ष श्री राजेन्द्र पिया, निर्वाचन मण्डलका संयोजक श्री शान्तप्रसाद पोखरेल, सदस्य श्री महाप्रसाद सिलवालसँगै विशेष योगदान पुर्याउने व्यक्तित्वका रूपमा श्री अनक खप्तरि मगर र कार्यालय सचिव श्री बिरेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो। साधारण सभाबाट वसन्त लामिछानेको नेतृत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति तथा समाजसेवी श्री टंकनाथ पौडेलज्यू संयोजक रहेको सल्लाहकार समिति पनि…
चितवन — लायन्स क्लब अफ चितवन राइजले अध्यक्ष शिरीष पन्तको नेतृत्वमा सोमबार माडी नगरपालिकाका विभिन्न स्थान र भरतपुर महानगरभित्रको विद्यालयमा गरी चार वटा सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ। पहिलो कार्यक्रम माडी नगरपालिका–४ मा सम्पन्न भयो, जहाँ क्यान्सर पीडित चित्रकला पाठकलाई क्लबले रु २५,००० आर्थिक सहयोग प्रदान गर्यो। त्यसपछि माडी–३ को पौवारी टोलमा विपन्न विद्यार्थीहरूलाई आवश्यक स्टेसनरी तथा खेलकुद सामग्री वितरण गरिएको क्लबले जनाएको छ। साथै माडी नगरपालिका–९ मा अवस्थित कान्तिपुर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पनि शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो। चौथो कार्यक्रम भरतपुर महानगरपालिका–१५ स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न भयो। उक्त विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, इरेजर तथा…
रेशम सापकोटाभारतपुर १८ मंसिर – आफ्नो जन्म उत्सवको अवसरलाई सामाजिक जिम्मेवारीसँग जोड्दै विपिन पाठकले आज भरतपुर महानगरपालिका–२ स्थित ब्राइटस्टार समाज नेपाल बालगृहमा रहेका १३ जना नानीहरूसँग आज बेलुकाको संयुक्त भोजन कार्यक्रम सम्पन्न गर्नुभएको छ। मानवतामूलक भावना बोकेर गरिएको यो कार्यले उपस्थित सबैलाई प्रभावित बनाएको थियो। कार्यक्रममा उहाँकी धर्मपत्नी सरस्वती अधिकारी पाठक, लायन्स क्लब अफ भरतपुर ब्लु स्काईकी अध्यक्ष दुर्गाकुमारी लामिछाने, अग्रज शैक्षिक तथा सामाजिक व्यक्तित्व बालचन्द्र पोखरेल, ब्लड डोनर सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, महासचिव अञ्जन दवाडी, सफल युवा व्यवसायी तथा समाजसेवी रामचन्द्र लम्साल, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा, डा. सिर्जना भुर्तेल, ब्लड डोनर सोसाइटी चितवनका उपाध्यक्ष अभिषेक…
चितवन — चितवन उद्योग वाणिज्य सङ्घ २०१६ सालमा संस्थापक अध्यक्ष स्व. सूर्यनारायण पियाको नेतृत्वमा स्थापना भएको दिनदेखि नै जिल्लाका उद्योगी–व्यापारीको साझा स्वरको प्रतिनिधि संस्था बनेको छ। व्यवसायिक हक–हित संरक्षण, दिगो व्यापारिक वातावरण निर्माण तथा उद्योग, वाणिज्य र पर्यटन प्रवर्द्धनका क्षेत्रमा यस सङ्घको योगदान स्मरणीय रहेको छ। विगतमा संघका गतिविधि राष्ट्रियस्तरमै चर्चित थिए। ‘चितवन महोत्सव’ जस्ता कार्यक्रम, माछापालन, पोल्ट्री, कृषि–उद्योग, लघु उद्योग प्रवर्द्धनका गोष्ठी–सेमिनार र नवउद्यमीका लागि तालिम तथा बजार विस्तारमा संघले सक्रिय भूमिका खेलेको थियो। हाल संघ अध्यक्ष सुमन कुमार श्रेष्ठको नेतृत्वमा २२औँ कार्यसमिति क्रियाशील छ भने आगामी पुस २१ गते हुने अधिवेशनबाट २३औँ अध्यक्ष तथा नयाँ कार्यसमिति चयन हुने…
चितवन — होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा तथा नेपाल क्षयरोग निवारण संस्था, चितवन शाखाको समन्वयमा सञ्चालित जिल्लास्तरीय अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रबार होली भिजन पब्लिक स्कुलमै उत्साहका साथ सम्पन्न भयो। ७२औँ राष्ट्रिय क्षयरोग दिवसलाई विशेष बनाउने उद्देश्यसहित गरिएको यस प्रतियोगितामा चितवन जिल्लाका २५ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ। समग्र रूपमा ३६ विद्यालयसम्म सहभागी भइसकेका यस्ता वार्षिक प्रतिस्पर्धाहरूमध्ये यस वर्षको कार्यक्रम झनै प्रतिस्पर्धात्मक बनेको थियो। हाजिरीजवाफको रोचक चरणहरू पार गर्दै जनप्रिय मावि शारदानगर प्रथम, ओम शान्ति एकेडेमी भरतपुर द्वितीय, र वाल्मीकि शिक्षा सदन भरतपुर तृतीय हुने गौरव हासिल गरेका छन्। यसअघि मंसिर ११ गते नाटा जुनियर…
रेशम सापकोटा माडी नगरपालिका–९ स्थित धार्मिक तथा ऐतिहासिक महत्त्वले समृद्ध भगवान श्रीरामको जन्मस्थल अयोध्याधाममा यस वर्ष पनि विवाह पञ्चमी विशेष उत्सव अत्यन्तै आकर्षक रूपमा सम्पन्न भएको छ। मङ्सिर ९ गते परेको शुभ दिनलाई अवसर बनाएर माडी नगरपालिका, माडी प्रज्ञा प्रतिष्ठान प्रवर्द्धक तथा अयोध्या धाम पूजा व्यवस्थापन समितिको संयुक्त पहलमा धार्मिक कार्यक्रमसँगै सामूहिक खुल्ला रत्यौली प्रतियोगिता सञ्चालन गरिएको थियो। उक्त प्रतियोगितामा १४ महिला समूहले सहभागीता जनाएका थिए। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले १० हजार, द्वितीयले ७ हजार, तृतीय समूहले ५ हजार तथा सान्त्वना प्राप्त समूहले ३ हजार रुपैयाँ पुरस्कार पाएका छन्। प्रतियोगितामा माडी–९ को राम जन्मभूमि आमा समूहले १०१ अंक…
चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस
रेशम सापकोटानिर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले हिजो ४ र आज ५ गते सम्पन्न गरेको विस्तारित बैठक उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। पदाधिकारी, सल्लाहकार र सदस्यहरूको सक्रिय सहभागितासहित बसेको बैठकले चितवन उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा युवा व्यवसायी सिरीष पन्तलाई सिफारिस गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको घोषणा गरेको हो। बैठकका सहभागीहरूका अनुसार पन्त व्यवसायीहरूले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने, निष्पक्ष रूपमा हेर्ने र व्यावहारिक कार्ययोजना प्रस्तुत गर्न सक्ने सक्षम नेतृत्वका रूपमा उदाएका छन्। संघका अध्यक्ष नरहरी घिमिरेले भने, “पन्त केवल उम्मेदवार मात्र होइनन्, परिवर्तनको आवश्यकता पूरा गर्न सक्ने, ठोस परिणाम दिन सक्ने र व्यवसायीहरूको हितलाई पहिलो…
मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता हुन आग्रह गरेकी छन्। बुधबार आयोगमा दर्ता भएका दलका प्रतिनिधि सहभागी बैठकलाई सम्बोधन गर्दै कार्कीले संसद् पुर्नस्थापनाको अडान छोडेर निर्वाचनतिर लाग्न भनेकी हुन्। उनले संसद् पुर्नस्थापनाको अडान लिनु राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुनु रहेको पनि बताइन्। ‘अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुन्छ,’ उनले भनिन्, ‘तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ।’ दलहरूको सहभागिता, सहयोगबिना चुनावको परिकल्पना सम्भव नहुने भन्दै उनले मंसिर १० गतेभित्र…
‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
काठमाडौँ- आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी ३ दिनमा बढ्दो क्रममा रहने महाशाखाले जनाएको हो। कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीहरूमा पानीको बहाव बढ्ने र केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई…
