Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
क्रिकेटर सन्दीप लामिछानेले पुनः आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेका छन्। मंगलबार बेलुका उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई केही समाजिक अभियन्ता भनाउँदाहरुले फसाएको दाबी गर्दै गौशला २६ सँगको जुनसुकै सम्बन्ध पुष्टि गर्न चुनौती दिएका छन्। उनले यदि उक्त कुरा प्रमाणले पुष्टि हुन्छ भने आफूलाई फाँसीको सजाय दिन पनि भनेका छन्। विश्वकप क्रिकेट खेल्ने सपना चकनाचुर भएपछि सन्दीप विक्षिप्त रुपमा सामाजिक सञ्जालमा पोखिएका छन्। सन्दीपलाई एक किशोरी बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुर्नरा निवेदन गरेका छन्। तर उच्च अदालतले विभिन्न बहानामा सुनुवाइ नगर्दा सन्दीपले यस्तो पीडि व्यक्त गरेका…
२५, वैशाख, चितवनआगामी जून २ तारिखदेखि अमेरिका र वेष्ट इण्डिजमा सुरु हुने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगाउने नयाँ जर्सी नारायणगढ बजारमा आइपुगेको छ । नेपाली क्रिकेट टिमले १० बर्ष पछि पहिलोपटक विश्वकप क्रिकेट खेल्दैछ ।जर्सी उत्पादक कम्पनी केल्मीको नेपालस्थित अाधिकारिक विक्रेता कामारू ट्रेडिङ्ग प्रा.लि दरवारमार्ग काठमाडौबाट चितवनको एक मात्र आधिकारिक विक्रेता ‘लि स्मार्ट स्टाइलिस’ले नयाँ जर्सी ल्याएको हो । विग बजार नारायणगढ भित्र रहेको लि स्मार्ट स्टाइलिसले विभिन्न साइजका (स्मलदेखि डवल एक्सलसम्म) ओरिजिनल जर्सीहरु ल्याएको प्रोपाइटर सन्तोष पण्डितले जानकारी दिए । यसअघि नै प्रिअर्डर लिएकाहरुलाई सप्लाई गर्न सुरु गरिएको प्रोपाइटर पण्डितले जानकारी दिए । स्मलदेखि डबल एक्सलसम्म…
चितवन , बैशाख २४ – चितवनको कालिका नगरपालिका १० सिद्दिमा रहेको सिद्दी छात्रावासमा फेरि खाद्यान्न , तरकारी लगायतको दैनिक उपभोगका सामानको समस्या परेको छ । छात्रावासमा भण्डारण गरेको चामल , तेल , तरकारी लगायतको दैनिक उपभोग्य सामाग्री सकिदै गएपछी छात्रवासमा रहेका बालबालिकाहरु भोकमरीको समस्यामा परेका हुन । चितवनको विभिन्न बिकट क्षेत्रमा जन्मिएर गरिबी , पारिवारिक समस्याले शिक्षा आर्जन गर्न नसकेका ६५ जना बालबालिका केही बर्ष देखि सोही छात्रावासमा बसेर नजिकै रहेको विद्यालयमा पढने गरेका भएपनि खाद्यान्नको अभाबमा भोकै बस्नु पर्ने अबस्था सिर्जना भएको हो । छात्रावासमा रहेका विद्यार्थी बालबालिकाहरु अन्तिम परीक्षा दिएर केही छात्रवासमै बसेका र केही आफन्त कहाँ केही…
अब खेर जाने छैन किसानको उत्पादन, मीनबहादुर र उमेश मिलेर बनाउँदै छन् अत्याधुनिक ‘कोल्ड स्टोर’
काठमाडौं- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र उद्योगी एवं कांग्रेस नेता उमेश श्रेष्ठ मिलेर देशका विभिन्न स्थानमा अत्याधुनिक ‘कोल्ड स्टोर’ निर्माण गर्ने भएका छन्। जसले किसानले उत्पादन गर्ने तरकारी, फलफूललगायतका कृषि उपजले बजार नपाउने र बिग्रिएर जाने समस्या धेरै हदसम्म हल हुने देखिएको छ। कृषि उत्पादनलाई बजारको समस्या नहोस् साथै बेमौसममा पनि बिक्री गर्न सकियोस् भन्ने हेतुले मीनबहादुर र उमेशले ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ खोल्न लागेका हुन्। यी दुई उद्यमीले केही मुख्य सहरहरूमा अत्याधुनिक मल्टी चेम्बरसहितको कोल्ड स्टोर खोल्ने योजना तयार पारेर काम अघि बढाइसकेका छन्। विशेष गरी शित भण्डार (कोल्ड स्टोर) को वातावरण उचित र उपयुक्त बनाइराख्न सकिने र…
२०७९ असार ३१ गते डा बाबुराम भट्टराईले केही नेता लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गरेका थिए। उनी जसपा नेपालका संघीय परिषद् अध्यक्ष थिए। भट्टराईले साथमा महीन्द्र राय यादव, रमेश यादवलगायत केही प्रभावशाली नेतालाई लिएर गएका थिए। त्यसको दुई वर्ष नपुग्दै जसपा फेरि विभाजनको सिकार भएको छ। संघीय परिषद् अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी गठन गर्दै निर्वाचन आयोगमा आइतबार दल दर्ताको निवेदन दिएका छन्। दुवैपटक जसपा विभाजनको नेतृत्व संघीय परिषद् अध्यक्षले गरे, असार ३१ मा भट्टराई र वैशाख २३ मा राईले। प्रतिनिधि सभाका ७ सांसद र केन्द्रीय समितिका ३० नेतालाई लिएर राईले दल खोलेका छन्। यद्यपि, दलले मान्यता…
काठमाडौँ,बैशाख २२- अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आएको छ । नेपालस्थित अमेरिकी दूतावासले नतिजा प्रकाशन भएको जानकारी दिएको हो । आफ्नो कन्फरमेसन नम्बर डीभी प्रोग्राम डट स्टेट डट जीओभी मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।
चितवन, बैशाख २२ – निकुञ्जभित्र पक्की सडक निर्माण लगायतका माडीका समस्याहरु समाधानका गर्न आन्दोलन सञ्चालनका लागि ५ सदस्यीय अध्यक्षमण्डल र १०१ सदस्यीय मूल संघर्ष समिति तथा सचिवालय गठन भएको छ । आज शनिवार माडी क्याम्पसको सभाहलमा सम्पन्न भेलाबाट ‘माडीका विविध समस्या पहिचान एवं समाधान सम्बन्धि दबाब तथा सङ्हर्ष समिति’, छोटकरीमा ‘माडी संघर्ष समिति’ औपचारिक रुपमा गठन गरिएको हो । आज गठन गरिएको माडी संघर्ष समितिको अध्यक्ष मण्डलमा शुक्रमिया चौधरी, रामबन्धु पोख्रेल, रामचन्द्र लम्साल, बिष्णु कुमारी क्षेत्री र सुरेन्द्र श्रेष्ठ रहनुभएको छ । यसबाहेक ३५ सदस्यीय सचिवालय समिति समेत गठन भएको छ भने विभिन्न उपसमितिहरू गठन भएका छन् । समृद्धिका लागि…
चितवन , बैशाख २१ – चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुविधा सम्पन्न बाटो र माडीका विभिन्न समस्याहरूको सामाधानका लागि माडीवासी एकजुट भएका छ्न । विभिन्न समयमा प्रधानमंत्री तथा मन्त्रीहरू समक्ष राखिएको प्रस्ताव कार्यान्वयन नभएपछि संयुक्त चरणबद्ध आन्दोलनको तयारीका लागि उनिहरु एकजुट भएका हुन । माडीलाई माया गर्ने र माडीसंग जोडिएका सम्पर्क मंचहरू र समृद्धिका लागि युवा अभियान माडीको संयुक्त आयोजनामा विभिन्न स्थानमा छलफल भएपछी समितिको निर्माण गर्न भोलि बैशाख २२ गते माडीको बसन्तपुरमा सर्बदलिय , सर्बपक्षिय भेलाको आयोजना गरिएको छ । हाल देखिएको उपलब्धीलाई कार्यान्वयन सम्म पुर्याउन पहल गर्दै राष्ट्रिय निकुंज भित्रको बाटो र माडीका विभिन्न समस्याहरु समाधानका लागि आन्दोलन परिचालन…
काठमाडौँ —सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इन्टरेनेट सेवा पहिलेकै गतिमा सञ्चालन गर्न पहल भइरहेको बताएकी छन् । उनले इन्टरनेट सेवामा आएको समस्याबारे नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले गृहकार्य सुरु गरिसकेको जानकारी दिइन् । ‘एनटीएले इन्टरनेट गति बढाउन गृहकार्य गरिरहेको छ,’ कान्तिपुरसित मन्त्री शर्माले भनिन्, ‘इन्टरनेट सेवामा आएको समस्या समाधान हुनेछ ।’ वर्ल्डलिङ्क, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्कको गति कम भएपछि देशव्यापी रुपमा असर गरेको छ । मन्त्री शर्माले भारतको ब्याण्डविथ खरिदबारे समस्या भए अरु विकल्प खोजी गरिने बताए । ‘हामी अरु विकल्पबाट इन्टरनेटलाई पूरानै गतिमा ल्याइने छ,’ उनले भनिन् । निजी इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार शीर्षक…
विराटनगर । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतगणना सकिएको छ । १९ जना उम्मेदवार रहेको यस क्षेत्रमा एमालेका सुहाङ नेम्वाङ विजयी बने । जित्ने दाबी गरिएका उम्मेदवार रास्वपाका मिलन लिम्बूले भने जमानत जोगाउन सकेनन् । उनले ५ हजार ५० भोटमात्र ल्याए । प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।
