२५, वैशाख, चितवन
आगामी जून २ तारिखदेखि अमेरिका र वेष्ट इण्डिजमा सुरु हुने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगाउने नयाँ जर्सी नारायणगढ बजारमा आइपुगेको छ । नेपाली क्रिकेट टिमले १० बर्ष पछि पहिलोपटक विश्वकप क्रिकेट खेल्दैछ ।
जर्सी उत्पादक कम्पनी केल्मीको नेपालस्थित अाधिकारिक विक्रेता कामारू ट्रेडिङ्ग प्रा.लि दरवारमार्ग काठमाडौबाट चितवनको एक मात्र आधिकारिक विक्रेता ‘लि स्मार्ट स्टाइलिस’ले नयाँ जर्सी ल्याएको हो । विग बजार नारायणगढ भित्र रहेको लि स्मार्ट स्टाइलिसले विभिन्न साइजका (स्मलदेखि डवल एक्सलसम्म) ओरिजिनल जर्सीहरु ल्याएको प्रोपाइटर सन्तोष पण्डितले जानकारी दिए । यसअघि नै प्रिअर्डर लिएकाहरुलाई सप्लाई गर्न सुरु गरिएको प्रोपाइटर पण्डितले जानकारी दिए । स्मलदेखि डबल एक्सलसम्म उपलब्ध रहेका जर्सीहरुको मूल्य ३६ सय रुपैयाँ राखिएको छ । प्रिअर्डर लिएका क्रिकेटप्रेमीहरुलाई भने जर्सी २५ सय मै उपलब्ध गराइने छ । भोल्यूममा लैजानेलाई विषेश छुटको समेत व्यवस्था गरिएको पण्डितले जानकारी दिए । जर्सीमा सूर्य किरण र गोल्डेन कलर रहेको छ, जसको प्रतिक वारियरका साथै उदाउँदो रहेको जानकारी पण्डितले दिए । जर्सीमा गैंडाको र सगरमाथाको चित्रका साथै दुई काँधको झण्डा राष्ट्रको समावेश छ । साहसी टीमको झल्को दिन पहेँलो वा सुनौलो रङ्गको प्रयोग गरिएको हो।
लि स्मार्ट स्टाइलिस्मा नेपाली क्रिकेट टिमले लगाउने क्याप पनि उपलब्ध रहेको छ । क्यान लेखिएको क्यापको मूल्य १५ सय ६० पर्ने पण्डितले जानकारी दिए । नेपाली क्रिकेट टिमको मनोवललाई बढाउन तथा हौसला दिनका लागि नेपाली जर्सी लगाउने र देशभर क्रिकेटको नयाँ माहोल खडा गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने सञ्चालक पण्डितले जानकारी दिए ।
अहिलेका क्यानका सचिव पारस खड्काको नेतृत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक टवान्टी–२० विश्वकप खेलेको थियो । त्यस यता नेपाल विश्वकपमा पुग्न सकेको थिएन । यसपटक १० बर्षपछि नेपाल विश्वकप क्रिकेटमा पुग्नु गौरवको क्षण हो ।
कुल २० देशले भाग लिने विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालसँगै यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
नेपालले विश्वकपको पहिलो खेल जून ४ मा नेदरल्यान्ड्स, जून ११ मा श्रीलंका, जून १४ मा दक्षिण अफ्रिका र जून १६ मा बंगलादेशसँग खेल्नेछ।
Trending
- रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पनि माग्यो धरौटी
- गैंडाको आक्रमणमा परी माडी–३, धोबाहामा एकजनाको मृत्यु ३ जना घाइते
- ८ खर्ब ऋण उठाएर जनताको ७ खर्ब रूपैयाँ निक्षेप जोगाउने जिम्मेवारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई
- नौ बुँदे घोषणा पत्र जारी गर्दै सकियो उद्योग व्यवसायीको राष्ट्रिय भेला
- रविलगायतविरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो
- सूर्यदर्शन सहकारीमा डेढ अर्ब ठगी, क-कसलाई बनाइयो प्रतिवादी ? (सूचीसहित)
- ठोरी क्षेत्रमा शिखर ईन्योरेन्सले पुंन घुम्ती बिमा कार्यक्रम संचालन गर्ने , किसान यस अघीका कार्यक्रम बाट लाभांबित पशु मर्दा ५ लाख भुक्तानी पाए
- राष्ट्रिय जनसास्कृतिक महासँघ चितवनकाे अध्यक्षमा कृष्ण खनाल निर्वाचित