Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
कावासोती नगरको आ.व. ०८१/०८२ को लागि बालबालिकाहरुको सवाल र योजना पहिचानको लागि बाल भेला सप्पन्न गरिएको छ ।कावासोती नगर बाल संजालका अध्यक्ष मनिष न्यौपानेको अध्यक्षता र नगर प्रमुख बिष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता नगरका सवै वडाबाट प्रतिनिधित्व हुने गरि सप्पन्न गरिएको महिला बालबालिका शाखाको रिता रिजालले बताउनुभयो ।स्थानीय तहको योजना तर्जुमा प्रक्रिया चलिरहदा बालभेला पनि महत्त्वपूर्ण अङ्ग रहेकोले प्रत्येक बर्ष झै यो बर्ष पनि बालबालिकाहरुको माग र योजना संकलनको लागि आयोजना गरिएको नगर प्रमुख बिष्णु प्रसाद भुसालले बताउनुभयो ।नगर प्रमुख भुसालले आफु बाल्यकालमा हुँदाको शिक्षा र अन्य अवस्थाहरु बताउदै अहिले निकै नै सहज रहेकोले सवैले अनिवार्य र अनुशासित रूपमा अध्ययनको…
सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट मंगलबार सार्वजनिक गरिएको छ। अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसद्मा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ कराेड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरेका हुन्। आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेट चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा २१ दशमलव ५६ प्रतिशत बढी हो। सरकारले स्वास्थ्य क्षेत्रमा ८६ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ भने सहरी विकासका लागि ९२ अर्ब ४२ करोड रुपैयाँ छुट्याएको छ। शिक्षा क्षेत्रका लागि भने सबैभन्दा बढी २ खर्ब ३ अर्ब…
काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम सहकारीको रकम हिनामिनाको छानविन गर्न संसदीय समिति गठन भएको छ। मंगलबार दलहरुबीच भएको सहमति अनुसार एमाले सांसद सूर्य थापाको नेतृत्वमा ७ सदस्यीय समिति गठन भएको हो। मंगलबार साँझ बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय विशेष समिति गठन भएको जानकारी दिए। समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन्। समितिको कार्यावधि ३ महिना रहेको छ।
महिनावारी सरसफाई तथा स्वच्छता सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा कावासोती वडा नं १२ मा छलफल कार्यक्रम सप्पन्न गरिएको छ ।आज मे २८ मा बिश्वभर नै विभिन्न कार्यक्रमहरु मनाईरहेको सन्दर्भमा महिनानावारीको कुरा मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा नारा सहित अभिभावक र किशोरीहरुसँग यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।जागृती बाल तथा युवा सरोकार नेपाल, कावासोती नगरपालिका वडा नम्बर १२ र नवलपुर किशोरी संजालको सयुक्त आयोजना र क्यान्नलनको सहयोगमा सो छलफल कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत राधादेवी बोटेले बताउनुभयो ।उक्त छलफल कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य, प्रजनन चक्रहरु, महिनावारीमा सरसफाइ र खानपानमा ध्यान दिनु पर्ने बिषय, महिनावारी स्वच्छताको…
काठमाडौं । आज अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री पुनले पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेका छन् । सरकारले बजेटमा ल्याएको पर्यटन क्षेत्रका १५ प्रमुख कार्यक्रम यस्ता छन्- १. १६ लाख विदेशी पर्यटक भित्र्याउने बजेटले आगामी आर्थिक वर्षमा नेपालमा १६ लाख पर्यटन ल्याउने बताएको छ । जसमा छिमेकी देशहरुबाट कति र तेस्रो देशहरुबाट कति भनेर किटान भने गरिएको छैन । यसको लागि भएको गन्तव्यको प्रवर्द्धन र नयाँ गन्तव्यको पहिचान गर्ने बजेटमा उल्लेख गरिएको छ । २. पर्यटनमा एकद्वार प्रणाली नेपालमा आउने पर्यटकहरुलाई एकद्वार प्रणालीको सेवाको…
काठमाडौं- सरकारले विद्युतीय सवारीमा लाग्दै आएको भन्सार दर बढाएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारीमा लाग्दै आएको भन्सार दर बढाएका हुन्।विद्युतीय सवारीको मोटर क्षमताका आधारमा ५ देखि २० प्रतिशतसम्म भन्सार बढाइएको छ। ५० किलोवाटसम्मको विद्युतीय कारमा १० प्रतिशत रहको भन्सार दरलाई १५ प्रतिशत बनाइएको छ।५१ देखि १ सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत बनाइएको छ। १ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा २० प्रतिशत रहेको भन्सार दरलाई ३० प्रतिशत बनाइएको छ।२ सयदेखि ३ सय किलोवाट मोटर क्षमता भएकोमा ४० प्रतिशत रहेको भन्सार दर ६०…
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । अर्थमन्री पुनले कर सम्बन्धी बजेटमार्फत २९ वटा व्यवस्था गरेका छन् । मन्त्री पुनले आलु, प्याज र स्याउमा लाग्दै आएको भ्याट खारेज गरेका छन् भने कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाएका छन् । त्यस्तै औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्त: शुल्क घटाएका छन् । यस्ता छन् बजेटले गरेका व्यवस्था
काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ। दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेका हुन्।अर्थमन्त्री पुनले ११ खर्ब ४० अर्ब ६६ करोड चालु र ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत खर्चको विनियोजन गरेका छन्। ३ खर्ब ६७ अर्ब १८ करोड वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको जनाएका छन्।योसँगै नेपालमा पुँजीगतभन्दा वित्तीय व्यवस्थामा धेरै विनियोजन भएको छ। ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व बढ्दै गएपछि सरकारले वित्तीय व्यवस्थामा धेरै विनियोजन गरेको हो।खर्च जुटाउनका लागि सरकारले १२ खर्ब ६० अर्ब ३० करोड राजस्व उठाउने, ५२ अर्ब ३३ करोड…
काठमाडौँ । सहकारी ठगी सम्बन्धमा छानबिन समितिको कार्यादेश(टीओआर) मा दलहरुबिच सहमति भएको छ । सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेका कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिएका हुन् ।
आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ। नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ। तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन्। देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ। यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते…
