काठमाडौं- सरकारले विद्युतीय सवारीमा लाग्दै आएको भन्सार दर बढाएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारीमा लाग्दै आएको भन्सार दर बढाएका हुन्।
विद्युतीय सवारीको मोटर क्षमताका आधारमा ५ देखि २० प्रतिशतसम्म भन्सार बढाइएको छ। ५० किलोवाटसम्मको विद्युतीय कारमा १० प्रतिशत रहको भन्सार दरलाई १५ प्रतिशत बनाइएको छ।
५१ देखि १ सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत बनाइएको छ। १ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा २० प्रतिशत रहेको भन्सार दरलाई ३० प्रतिशत बनाइएको छ।
२ सयदेखि ३ सय किलोवाट मोटर क्षमता भएकोमा ४० प्रतिशत रहेको भन्सार दर ६० प्रतिशत बनाइएको छ। ३ सयभन्दा बढी मोटर क्षमता भएका विद्युतीय कारको करमा ६० प्रतिशतलाई ८० प्रतिशत बनाइएको छ।
Trending
- सिटिजन लाइफ नारायणगढ टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा १२ लाख ३४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
- टिकटकर तुलसा अधिकारी पक्राउ
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?

