Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
काठमाडौं– अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०८१–८२ को बजेट मार्पmत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई महासंघले सकारात्मक रुपमा लिएको छ । महासंघले २०८० असोज २५ गते वृहत् आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन बिकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागु गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भै नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासंघले लिएको छ । यसैगरि महासंघको प्रवर्द्धनमा साना व्यवसायी समेतको बचत संकलन गरि लगानी…
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ’, भनेको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।
बजेटमा ओलीको असन्तुष्टि, दलको बैठकमा भने– सत्तारुढ दलसँग परामर्श भएन, अर्थमन्त्री पार्टीतिर ढल्किए
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। ‘यो बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने दफावार हिसाबले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो,’ ओलीले भने, ‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि? जस्तो अलि बढ्ता देखिन गएको छ। र रकमको बाँडफाँड…
‘फिफ्थ एभेन्यु (म्यानहटनको एक सडक) मा उभिएर कसैलाई गोली हाने पनि मेरा मतदाता घट्ने छैनन्,’ २०१६ मा डोनाल्ड ट्रम्पले दाबी गरेका थिए। हालसम्म उनको दाबी सही ठहरिँदै आएको थियो। दुई पटक महाभियोग लाग्दा, चुनाव हारेर पनि सत्तामा टिकिरहन दंगा भड्काउन खोज्दा र फ्लोरिडादेखि जर्जिया अनि वासिङ्टनदेखि न्युयोर्कसम्म अनेक आपराधिक अभियोग दर्ता हुँदा पनि उनका समर्थक घटेनन्। बरु, बढिरहे। तर, अहिले भने इतिहासमै पहिलो पटक आपराधिक आरोपमा ट्रम्प दोषी ठहर भएका छन्। के यसले आउँदो चुनावमा कुनै असर गर्ला त? या यसलाई उनका मतदाताले यसअघिका काण्डजस्तै नजरअन्दाज गर्नेछन्? ट्रम्प अमेरिकाका एक मात्र त्यस्ता पात्र हुन्, जसको राष्ट्रपति र अभियुक्त, दुवैका रुपमा…
काठमाडौं । भारतीय प्रख्यात मोटिभेटर सोनु शर्माले नेपाली बीमा क्षेत्रका सिईओ, कर्मचारीदेखि अभिकर्तासँग सात घण्टाको मोटिभेसनल सेसन आज काठमाडौंमा सम्पन्न भएको छ।देशैभरबाट १३ सय जना बीमाकर्मी, अभिकर्ताहरुके सहभागी हलमा सात घण्टासम्म बसेर ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ कार्यक्रम सम्पन्न समयसम्म उत्साहित देखिन्थ्यो । सात घण्टा लामो कार्यक्रममा कतै सहभागी निराश भएकी भनेर उनले बेला बेलामा आफनो प्रस्तुतीलाई थप उर्जामय बनाउन उपस्थित रहेका सहभागीहरुलाई मञ्चमा बेलाएर उदाहरणहरु पनि दिएर मोटिभेटर सोनु शर्माले कार्यक्रमलाई थप उत्साहित बनाएको थियो । बिशेषगरी देशका विभिन्न क्षेत्रबाट कार्यक्रममा सहभागी भएका कर्मचारी र अन्य पदाधिकारीभन्दा अभिकर्ताहरु बढी उत्साहित देखिन्थ्यो ।कारण मोटिभेसन प्रोगाम, सेल्स बिक्रि गर्ने फर्मुला र टिम…
काठमाडौं । बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । जोखिम वा आपत विपद कति बेला आउँछ कसैलाई थाहा हुदैन् । त्यसैले पनि बीमा सबै र सधैका लागि अपरिहार्य नै मानिन्छ अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो…
काठमाडाैं – मौद्रिक नीतिले उकासेको सेयर बजार आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट विनियोजनपछि भने बढ्ने क्रममले ब्रेक लिएको छ । मंगलबार सार्वजनिक बिदाका कारण यो साता चार दिन बजार कारोबार भएको थियो । नेप्से परिसूचक ६१.९६ अंक (२.९१%) घटेर २,०६९.५३ मा बन्द भएको थियो । अघिल्लो साताको तुलनामा ५ दशमलव ५८ प्रतिशतले बढेर गत साता परिसूचक २,१३१.४९ मा बन्द भएको थियो । यो साता परिसूचक २,१५२ दशमलव ८५ सम्म उच्च र कम्तीमा २,०६५ दशमलव ६८ बिन्दुमा गएकाले ८७.२ अंकको अस्थिरता देखिएको छ । अघिल्लो साता परिसूचकले १११ दशमलव ८७ अंकको अस्थिरता देखाएको थियो । सबैभन्दा बढी इन्ट्राडे घाटा बुधबार २३…
काठमाडौं । सरकारले पेट्रोलियम कार–जिप–भ्यानमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिनु गल्ती भएकाे भन्दै सच्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको वैठकले आर्थिक ऐनमा भएको टाइपिङ इरर भएका कारण सच्याएउने निर्णय गरेकाे छ । नयाँ आर्थिक विधेयकमा एचएस कोड ८७०२ र ८७०३ अन्तर्गत ड्राइभरसमेत १० वा सोभन्दा बढी यात्रु बोक्ने मोटर गाडी र पेट्रोल/डिजल कारमा भ्याट छुट दिइएको थियो । यस्ता प्रकारका एम्बुलेन्स र शवबाहनमात्र भ्याट छुट दिनुपर्नेमा ‘टाइपिङ इरर’ भएर सबै गाडी भ्याट छुट पाउने सूचीमा परेको भन्दै आफ्नै गल्ती सच्चाइएको उल्लेख छ । सरकारले सूचित आदेश जारी गर्दै यस्तो व्यवस्था गरेको हो । सरकारले कार–जिप–भ्यानमा नभएर शवबाहन र एम्बुलेन्समा…
पेट्रोलियम कारमा भ्याट छुट : निवेदन लिएर सच्याउन पुग्यो अर्थ प्रशासन तर संशोधन प्रस्तावमार्फत प्रक्रियामा जानुपर्ने
काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि मंगलबार ल्याएको बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुहरूमा करका दरसमेत हेरफेर गर्यो। हेरफेर गर्दा भ्याट छुट हुने सूचीमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी पनि पर्यो। जसले अहिले अर्थ प्रशासन तरंगित भएको छ। सवारीसाधनमा लाग्ने भ्याट सरकारी राजस्वको महत्वपूर्ण स्रोतमा पर्छ। त्यही स्रोत भ्याट छुट हुने सूचीमा परेपछि आन्तरिक राजस्व विभाग तथा अर्थ मन्त्रालय बुधबार बिहानैदेखि तनावमा छ। बिहीबार साँझसम्म पनि यसमा त्रुटि सच्चिन सकेको छैन। हिजो बुधबारदेखि नै अर्थ मन्त्रालय गल्ती सच्याउन लागिपरे पनि यो विषय बिहीबार साँझसम्म पनि टुंगोमा पुग्न सकेको छैन। अर्थमन्त्री वर्षमान पुनले बुधबार दिउँसो नै प्रक्रियागत सहजताका लागि संसद सचिवालयलाई…
काठमाडौँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई आज फेरि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै उनले विश्वकप खेल्ने अनुमान गरिएको थियो। तर, अमेरिकाले उनलाई दोस्रो पटक भिसा दिन अस्वीकार गरेसँगै उनले विश्वकप गुमाउने सम्भावना बढेको छ। सन्दीपलाई यसअघि अमेरिकी दूतावासले ९ जेठमा भिसा दिन अस्वीकार गर्दा उनको टोलीमा सहभागिता अनिश्चित रहेको थियो। तर, सरकारले पुनः पहल गरेपछि फेरि आज अमेरिकी दूतावासले ४ बजेका लागि अन्तर्वाता दिन बोलाएको भए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो। फर्किने आधार नदेखिएको भन्दै सन्दीपलाई दोस्रो पटक भिसा नदिएको जनाइएको छ।
