Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित

    November 29, 2025

    चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    November 28, 2025

    माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा

    November 28, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित
    • चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    • माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा
    • अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न
    • चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस
    • माडी जेसिजका अध्यक्ष ईश्वर रानाभाट दोस्रो पटक अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित
    • मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की
    • ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Trending»दोषी ठहर भएपछि ट्रम्पको साथ छाड्लान् मतदाताले?
    Trending

    दोषी ठहर भएपछि ट्रम्पको साथ छाड्लान् मतदाताले?

    adminBy adminJune 1, 2024Updated:June 1, 2024No Comments2 Views
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    ‘फिफ्थ एभेन्यु (म्यानहटनको एक सडक) मा उभिएर कसैलाई गोली हाने पनि मेरा मतदाता घट्ने छैनन्,’ २०१६ मा डोनाल्ड ट्रम्पले दाबी गरेका थिए।

    हालसम्म उनको दाबी सही ठहरिँदै आएको थियो। दुई पटक महाभियोग लाग्दा, चुनाव हारेर पनि सत्तामा टिकिरहन दंगा भड्काउन खोज्दा र फ्लोरिडादेखि जर्जिया अनि वासिङ्टनदेखि न्युयोर्कसम्म अनेक आपराधिक अभियोग दर्ता हुँदा पनि उनका समर्थक घटेनन्। बरु, बढिरहे।

    तर, अहिले भने इतिहासमै पहिलो पटक आपराधिक आरोपमा ट्रम्प दोषी ठहर भएका छन्। के यसले आउँदो चुनावमा कुनै असर गर्ला त? या यसलाई उनका मतदाताले यसअघिका काण्डजस्तै नजरअन्दाज गर्नेछन्?

    ट्रम्प अमेरिकाका एक मात्र त्यस्ता पात्र हुन्, जसको राष्ट्रपति र अभियुक्त, दुवैका रुपमा तस्बिर खिचिएको छ। नौ घण्टाभन्दा लामो विमर्शपछि न्युयोर्कको म्यानटहटन जिल्ला अदालतको एक जुरीले उनलाई २०१६ को चुनावअघि एक पोर्नस्टारलाई मुख बन्द राख्न पैसा तिरेको विषयमा दोषी ठहर गर्‍यो। उनी ३४ वटै कसुरमा दोषी पाइए।

    तर, यसबाट उनको ह्वाइट हाउसतर्फको दौड भने रोकिने छाँट देखिँदैन। 

    फैसलालगत्तै ट्रम्पले आफूलाई फसाइएको दाबी गरे। ‘म पूरै निर्दोष छु,’ उनले भने। उनले विपक्षी पार्टी र न्यायाधीशको समेत आलोचना गरे।

    उनले यो दोषलाई श्रीपेचजसरी लगाएर हिँड्ने संकेत दिएका छन्।

    ‘यो के हो जनताले बुझेका छन्। यो घोटाला हो,’ आफूलाई सहिद भन्दै ट्रम्पले भने, ‘यो सब बाइडेन र उनका मान्छेले गराएका हुन्।’

    ट्रम्प पक्षधरहरूले यसलाई राजनीतिप्रेरित मुद्दा मानेका छन्। रुसलगायत मुलुकहरूले पनि ट्रम्पको समर्थनमा अभिव्यक्ति दिएका छन्।

    फैसलापछि रिपब्लिकन पार्टीका नेताहरूले यसलाई न्यायको अवसानका रुपमा चित्रित गर्दै ट्रम्पको समर्थन गरेका छन्

    डेमोक्र्याट पार्टीका नेताहरूले भने कानुनभन्दा माथि कोही नरहेको बताएर खुसी व्यक्त गरे। उनीहरू फैसलाबाट खुसी त छन्। तर, उनीहरूको चिन्ता घटेको छैन। 

    ‘कसुरदार ठहर राष्ट्रपतिका लागि तयार रहनुस्,’ ५८ वर्षीया डेमोक्र्याट जोआन मार्क्स भन्छिन्।

    फैसलालगत्तै ट्रम्पको चुनावी अभियानमा चन्दाको ओइरो लागेको छ। उनका ३४ कसुरपिच्छे १०–१० लाख डलर चन्दा जम्मा भएको बताइएको छ।

    फैसलापछि वालस्ट्रिटका अर्बपतिहरूको समर्थन ट्रम्पलाई नै रहने ब्लुमबर्गले जनाएको छ। ट्रम्पले धनीहरूको कर कटौती गर्ने वाचा गरेका छन्। जो बाइडेनले कर बढाउने प्रयास गर्दै आएका छन्।

    राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई रोक्ने एक मात्र उपाय उनीविरुद्ध मतदान भएको बताएका छन्। तर, यो फैसलाका कारण ठूलो संख्यामा मतदाताले उनको साथ छाड्ने संकेत भने देखिँदैन।

    के हो मुद्दा?
    यो मुद्दा ट्रम्प र पोेर्न स्टार स्टोर्मी ड्यानियल्सबीचको शारीरिक सम्बन्धसँग सम्बन्धित छ। ड्यानियल्सका अनुसार झण्डै दुई दशकपहिले ट्रम्प र उनीबीच संसर्ग भएको थियो। 

    २०१६ मा त्यसविषयलाई गुपचुप राख्न ट्रम्पका पूर्ववकिल माइकल कोहेनबाट आफूले १ लाख ३० हजार डलर रकम लिएको उनको भनाइ छ।

    कोहेन पछि अनेक अभियोगमा जेल परे।

    यो विषयको खुलासा २०१८ मा भयो। उनले ड्यानियल्ससँगको सम्बन्ध अस्वीकार गरे।

    को हुन् ड्यानियल्स?
    ४५ वर्षीया ड्यानियल्सको खास नाम स्टेफेनी क्लिफोर्ड हो। लुजियानमा जन्मेकी उनी एडल्ट फिल्म अभिनेत्री हुन्। 

    उनी केही हलिउड फिल्ममा समेत देखिएकी छन्।

    उनले अदालतमा दिएको बयानअनुसार जुलाई २००६ मा उनले पहिलो पटक ट्रम्पलाई गल्फ प्रतियोगितामा भेटेकी थिइन्। ट्रम्पले खाना खान आफूलाई निम्त्याएको उनको भनाइ छ। आफूलाई इच्छा नभए पनि पब्लिसिस्टले उनलाई जान भनेको बयानमा उनले उल्लेख गरेकी छन्।

    त्यतिबेला ट्रम्पकी पत्नी मेलानियाले भर्खरै बच्चा जन्माएकी थिइन्। उनी सो प्रतियोगितामा थिइनन्।

    उनी त्यसपछि क्यालिफोर्निया र नेभाडाको बीचमा अवस्थित ताहो रिसोर्ट क्षेत्रमा ट्रम्पले बोलाएको ठाउँमा पुगिन्। सिल्क पैजामा लगाएका ट्रम्पले उनलाई ढोकामा स्वागत गरे।

    त्यसपछि उनी बाथरुम गइन्। फर्केर आउँदा ट्रम्प कट्टु र टिसर्ट मात्र लगाएर ओछ्यानमा पल्टिरहेका थिए। उनीहरूले आपसी सहमतिमै यौनसम्बन्ध राखे। 

    तर, त्यो घटनाले आफूलाई भ्रमित तुल्याएको उनको भनाइ छ।

    धम्की र चुप लाग्न पैसा
    २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प उठे। चुनावअघि कोहेनले आफूलाई चुप लाग्न भन्दै १ लाख ३० हजार डलर दिएको ड्यानियल्सको भनाइ छ।

    आफ्नो परिवारको सुरक्षालाई लिएर चिन्तित भएकाले पैसा स्वीकार गरेको उनको भनाइ छ। आफूलाई कानुनी र शारीरिक हिसाबले पनि चुप लाग्न धम्की दिइएको उनले आरोप लगाएकी छन्।

    ननडिस्क्लोजर एग्रिमेन्ट गर्नका लागि कसैलाई पैसा तिर्नु गैरकानुनी होइन। तर, त्यस्तो पैसा झुटो शीर्षकमा अभिलेख गरिएको सरकारी वकिलहरूको आरोप थियो। ड्यानियल्सलाई तिरेको पैसा वकिलको कानुनी शुल्कका रुपमा ट्रम्पको खातामा अभिलेख राखिएको आरोप थियो।

    सो पैसा २०१६ चुनावभन्दा केही दिनअघि मात्र ट्रान्सफर गरिएको थियो।

    आफूमाथि यो विषयसमेत अरु अभियोगमा पनि मुद्दा चलेपछि कोहेनले पहिले ड्यानियल्सलाई तिरेको पैसा ट्रम्पसँग सम्बन्धित नरहेको बताएका थिए। तर, पछि उनले ट्रम्पको निर्देशनमा दिएको र आफूले ट्रम्पबाट उक्त रकम उठाएको बताए।

    यसै अभियोगमा ट्रम्प दोषी ठहर भएका हुन्। उनको सजाय जुलाई ११ मा तय हुनेछ। यस्तो अपराधमा अधिकतम ४ वर्ष जेल सजाय हुनसक्छ। तर, पहिलोपटक यस्तो कसुर गर्नेलाई हम्मेसी जेल पठाउने चलन छैन।

    त्यसको ३० दिनभित्र उनले पुनरावेदनको सूचना अदालतमा दर्ता गर्नुपर्नेछ। त्यसको ६ महिनामा सम्पूर्ण प्रक्रिया सकेर पुनरावेदन गर्नुपर्नेछ।एजेन्सी

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की

    November 19, 2025

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,589

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024568

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025465
    Don't Miss
    News
    News

    माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित

    By Laxman GautamNovember 29, 2025

    चितवन , मंसिर १३ – माडी जेसीज बर्ष २०२६ को अध्यक्ष पदमा प्रकाश सुवेदी निर्वाचित…

    चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    November 28, 2025

    माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा

    November 28, 2025

    अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न

    November 25, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.