Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
चितवन । भरतपुर महानगरपालिका-२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ । सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । तर, ३ जना यात्रु भने बाहिर निस्किन सफल भएको डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ । तीनजना बाहिर निस्किएको बस काठमाडौंबाट गौरतर्फ जाँदै गरेको यात्रुबाहक बस रहेको जनाइएको छ । त्यसैगरी सत्रकिलोमा माथिबाट खसेको ढुङगा लागेर अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको जनाइएको छ । बुटवलबाट काठमाडौं जाँदै…
चितवन- संघीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ। जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ रूपैयाँ खर्च भएको हो। संघबाट पुँजीगत खर्चका लागि पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० रूपैयाँ विनियोजन भएकामा ७३ दशमलव ८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिए। उनका अनुसार संघीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१ दशमलव ६४ प्रतिशत खर्च भएको छ। चालु खर्चका लागि विनियोजित रकम १२ अर्ब ९० करोड ३२ लाख ९८ हजार…
नवलपरासी- नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ को बस्तीमा पसेको हो । बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । यहाँका करिब चार सय जना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए । ‘यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्याउने गरेको छ,’ उनले भने, ‘बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ ।’ बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताए । यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३…
काठमाडौँ– अभिनेत्री भन्दा आइटम डान्सरका रुपमा चर्चा कमाएकी सुष्मा कार्की अचेल दर्शकबाट ओझेल परेकी छिन् लुटको ‘उध्रेको चोली’मा कामुकता पस्किएपछि सुषमा हटकेक बनिन् । प्रस्तुतिमा फरकपन ल्याउन नसकेपछि अहिले उनको माग सेलाएको छ । लामो समयपछि रेखा थापाको फिल्म ‘उपहार’मा भने उनको अनुहार दर्शकले हेर्न पाउने भएका छन् ।
चितवन । जिल्लाको कालिका नगरपालिका- ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा असार १ गते राति लुटपाट भएको घटना सार्वजनिक भयो । चाँदी ३३ तोला र सुन १ किलो ७०० ग्राम लुटेर लगेको प्रहरीमा सञ्चालक विनोद विश्वकर्माले रिपोर्ट गरे । अझ लुटिएको भनिएको ४४ तोला प्रहरीले नै भेटेर त्यही सञ्चालक विश्वकर्मालाई बुझायो । तर, प्रहरी चितवनमा यति ठूलो लुटपाटका घटना हुनुको पछाडिको सुरक्षाको प्रश्न आउनसक्ने कुराले सचेत बन्यो । खोलेसिमल बजार सुरक्षाको दृष्टिकोणले प्रहरीले असुरक्षित क्षेत्रमा राखेको स्थान पनि होइन । अझ हरेक महिनाको १ गते सबै पसल बन्द हुने दिन सुनचाँदी पसल दुई जनाले लुटेर २ करोड १७ लाख…
काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको जनाएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी पदाधिकारी बैठकले एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री दाहालले गत एक हप्तादेखि कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास र वार्ता थालेसँगै प्रधानमन्त्रीले अविश्वासको वातावरण सिर्जना गर्दा यो स्थिति आएको बताए। प्रधानमन्त्रीको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेपछि एमाले र कांग्रेसले छलफल अघि बढाएको उनको भनाइ थियो।…
प्रचण्ड-ओली भेटपछि प्रधानमन्त्रीको सचिवालयले भन्यो- कांग्रेस र एमाले मिल्ने बजार हल्लामात्रै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिलेर सरकार बनाउने भन्दै बाहिर चलेको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताहरुबीचको भेटमा ओलीले अहिले समीकरणमा कुनै समस्या नआउने भन्दै प्रचण्डलाई आवश्वस्त रहने आग्रह गरेका हुन् । भेटमा दुई शीर्ष नेताहरुले नयाँ गठबन्धनका बारेमा कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको प्रधानमन्त्रीका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । छलफलपछि प्रचण्ड-ओलीको भेटको निष्कर्ष सुनाउँदै मल्लले भने, ‘हामीहरुबीच केही कन्फ्युजन छैन । कांग्रेस-एमाले मिलेर सरकार बनाउने भन्ने विषय बजार हल्लामात्रै हुन् । हामी सरकारको काम र साझेदार दलहरुबीचको सम्बन्ध सुदृढ बनाउनेबारे छलफल गरिरहेका छौं । बाहिर…
साढे ६ प्रतिशतमा आइपुग्यो बैंकको वेसरेट, यी १६ बैंकले दिन सक्नेछन् एकल अंकको ब्याजदरमै कर्जा
काठमाडौं । सबै वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) एकल अंकमा झरेको छ । हाल संचालनमा रहेकामध्ये केही बैंकको आधार दर साढे ६ प्रतिशत बिन्दुमा आइपुगेको छ। हाल वाणिज्य बैंकहरुको औसत आधार दर ८.३३ प्रतिशत छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर घटेको हो । आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने आधार दर घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । हाल अधिकांश बैंकहरु एकल अंकको ब्याजदरमै कर्जा उपलब्ध…
एजेन्सी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने देखिएको छ । गत बिहीबार राष्ट्रपतीय बहसको क्रममा दुबै नेताहरुबीच चर्काचर्की भयो । तर बहसको क्रममा डेमोक्रेटको तर्फबाट दोस्रो पटक राष्ट्रपतिको तयारी गरिरहेका बाइडेनको प्रस्तुतीले उनका समर्थक, शुभचिन्तक तथा सहयोगी चन्दादाताहरुलाई निराश बनाएको विभिन्न रिपोर्ट सार्वजनिक हुन थालेका छन् । तीमध्ये केही अर्बपतिहरु पनि रहेको बताइन्छ । डेमोक्रेट समर्थक व्यवसायीहरुले प्रश्न गर्न थालेका छन्, ‘के बाइडेनको सट्टामा अरु कुनै नेताले ट्रम्पलाई चुनौती दिन सक्दैनन् ?’ फोर्ब्सको सूचीमा समेत परेका अर्बपति लगानीकर्ता मार्क कुबनले बाइडेनको सट्टामा अरु कोही नेतालाई अगाडि सार्न सकिन्छ…
काठमाडौँ । आज देशभरका सबै प्रदेशमा मनसुनको प्रभाव बढी नै पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको विभागले कोशी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा बढी सतर्कता अपनाउन भनेको छ । धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम रहेकाले सतर्क बस्न उसले नागरिकसँग आग्रह गरेको छ । ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । बिहानैदेखि देशका केही स्थानमा वर्षा भइरहेको छ भने कोशी, मधेस,…
