काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् ।
साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपिल पनि प्रधानमन्त्रीले गरेका छन् ।
चितवनको सिमतालमा पहिरो जाँदा दुई बस बगाएको अनुमान प्रहरीको छ । साथै अन्य स्थानमा पनि अविरल वर्षाका कारण बाढी पहिरोबाट जनधनको क्षति भएको छ ।
Trending
- रसुवागढी बाढीमा बेपत्ता हुनेहरु को को हुन ? (नामावली सहित )
- नारायणगढमा कपडा पसलबाट कपडा चोरी गरी फरार दुई महिला पक्राउ
- विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान
- सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल
- माडी प्रज्ञा प्रतिष्ठानको गठन अध्यक्षमा नारायण सापकोटा
- सफलताको कथा: शून्यबाट प्रथमसम्मको यात्रा — पञ्चकन्या मा.वि. स्यादुलको उदाहरणीय रूपान्तरण
- माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।
- उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव