Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»चितवन सुन पसल लुटपाट प्रकरण: सञ्चालक नै मुख्य योजनाकार, बीमा रकम हत्याउने दाउ
    Special

    चितवन सुन पसल लुटपाट प्रकरण: सञ्चालक नै मुख्य योजनाकार, बीमा रकम हत्याउने दाउ

    adminBy adminJuly 2, 2024No Comments13 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन । जिल्लाको कालिका नगरपालिका- ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा असार १ गते राति लुटपाट भएको घटना सार्वजनिक भयो । चाँदी ३३ तोला र सुन १ किलो ७०० ग्राम लुटेर लगेको प्रहरीमा सञ्चालक विनोद विश्वकर्माले रिपोर्ट गरे ।

    अझ लुटिएको भनिएको ४४ तोला प्रहरीले नै भेटेर त्यही सञ्चालक विश्वकर्मालाई बुझायो । तर, प्रहरी चितवनमा यति ठूलो लुटपाटका घटना हुनुको पछाडिको सुरक्षाको प्रश्न आउनसक्ने कुराले सचेत बन्यो । खोलेसिमल बजार सुरक्षाको दृष्टिकोणले प्रहरीले असुरक्षित क्षेत्रमा राखेको स्थान पनि होइन ।

    अझ हरेक महिनाको १ गते सबै पसल बन्द हुने दिन सुनचाँदी पसल दुई जनाले लुटेर २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदीका गहना लगिएको भनिएको थियो ।

    सुनचाँदी पसल सामान्यतया ६ बजेसम्म बन्द भइसक्छ । तर, राति ८ बजेर २० मिनेटमा दुई जना नचिनेका व्यक्तिले मोटरसाइकलमा आइ धारिलो हतियार देखाइ सुनचाँदी लुटेका थिए ।

    चितवन प्रहरीलाई सुरुदेखि नै शंकित बनायो । त्यसपछि प्रहरीको अनुसन्धान टोलीले केन्द्रीय अनुसन्धान ब्युरोबाट सहयोग माग्यो । त्यसपछि ठूलो परिणाममा सुन र चाँदी चोरी भएको भनिएको घटनाको सूक्ष्म अनुसन्धान थालियो ।

    घटनाको प्रकृति हेर्दा प्रहरीको अनुसन्धान सञ्चालकमाथि शंका गर्नुपर्ने ठाउँमा पुगेपछि अनुसन्धान टोलीले धनानन्द नाम दिएर सूक्ष्म अनुसन्धान थालेको थियो । अन्ततः प्रहरीको अनुसन्धान टोलीले घटनाको १८औं दिनमा घटनाको गहिराइमा पुगेर पत्ता लगायो, सुन पसल लुटपाट सञ्चालक स्वयंको योजनामा घटाइएको थियो ।

    प्रहरीले मंगलबारसम्म उक्त लुटपाट भएको घटनाको अनुसन्धान गरेर पाँच जनालाई घटनामा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले आजै पत्रकार सम्मेलन गरी विनोद सुनचाँदी पसल सञ्चालक विनोद सुनारसहित पाँच जनालाई सार्वजनिक गरेको हो ।

    चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार विनोद सुनचाँदी पसलले सिद्धार्थ बीमामा दुई करोड २० लाख रुपैयाँको बीमा गरेको छ । आर्थिक व्यवहार केही बिग्रिएको अवस्थामा विनोद आफैंले सुनचाँदी पसल डकैती गराएर बीमाबाट रकम असुल गर्ने योजना बनाए ।

    प्रहरीको अनुसन्धान विवरणअनुसार सुनारले पूर्णबहादुर विश्वकर्मालाई ५० हजार रुपैयाँ रकम दिएर लुटपाट गर्न सम्झौता गरे । उनकै योजनाअनुसार असार १ गते राति विश्वकर्मा र पवनकुमार पासवान मोटरसाइकलमा आए । तर, त्यस दिन विनोद भने पसलमा बसेनन् ।
    उनीहरुलाई लुटपाटमा पसलका म्यानेजर विजय विश्वकर्माले सहयोग गरे । चोरी गरेका गहनाहरु पनि पवन र पूर्णबहादुरले लगेर कालिका नगरपालिका- ६ घर भएकी अञ्जना पुडासैनी केसीलाई राख्न दिए ।

    प्रहरीले अनुसन्धान थालेपछि लुटपाट भएको भनिएको दुई दिनपछि अञ्जनाको घरमा गइ विनोद आफैंले गहना लिएर आएको पत्ता लगायो ।

    प्रहरीले लुटेको भनिएको सुनचाँदी पनि विनोदको सुन पसलबाट आज मंगलबार नै बरामद गरेको छ । विनोद कालिका नगरपालिका- ६ खोलेसिमलकै बासिन्दा हुन् । उनलाई प्रहरीले हिजो सोमबार पक्राउ गरेको थियो । विजय विश्वकर्मालाई चोरी गर्न सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ ।

    २५ वर्षका विनोदको घर कालिका नगरपालिका- ७ मा पर्छ भने चोरीमा संलग्न ५० वर्षका पूर्णबहादुर विश्वकर्मा तनहुँको म्याग्दी गाउँपालिका– ७ का हुन् । त्यसैगरी चोरी गर्न आउने १८ वर्षका पवनकुमार पासवान बाराको बरागढी नगरपालिका- ४ का हुन् । पूर्णबहादुर र पवनकुमारलाई प्रहरीले आज मंगलबार पक्राउ गरेको हो ।

    कालिका- ६ कै अञ्जना पुडासैनी केसी ४२ वर्षकी हुन् उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो ।

    उनीहरुलाई लुटपाट तथा चोरी अभियोगमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । चितवनकाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रिमालका अनुसार उनीहरुविरुद्ध आजै जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.