Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
वीरगञ्ज, (पर्सा)- वीरगञ्ज महानगरपालिका-१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिदै छिन्। उनका पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३-०१-०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झन्झन् नाजुक बन्दै गइरहेको छ। ‘छोराले चलाएको बस बगाएको खबर सुनेदेखि परिवारका सबै सदस्य विक्षिप्त छन्। त्यसमा पनि बुहारीको स्वास्थ्य अवस्था साह्रै खराब भइरहेको छ,’ जवाहीरका ६६ वर्षे पिता भगवान् महतोले गहभरि आँसु पार्दै भने, ‘बुहारी भक्कानिएर रुने, कराउने गरिरहेकी छन्। उनको स्वास्थ अवस्था बिग्रिएकाले घरमै डाक्टर बोलाएर उपचार गराउँदै आएका छौंँ।’ जवाहीरकी…
मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिनको वृद्धिसँगै नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। यस दिन नेप्से परिसूचक ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा पुगेको छ। यो पछिल्लो २६ महिनायताकै उच्च विन्दु हो। यस अघि २०७९ बैशाख २९ गते, नेप्से २३५०.४२ विन्दुमा बन्द भएको थियो। सोपश्चात इन्ट्राडेमा पनि नेप्सेले २३०० विन्दु नाघेको थिएन। यस दिन सेन्सेटिभ इण्डेक्स १२.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको…
सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले ११ महिनामा कर्मचारीमा ५० अर्बभन्दा माथिको रकम खर्च गरेका छन्। राष्ट्र बैंकका अनुसार आव २०८०/८१ को जेठ मसान्तसम्म २० वाणिज्य बैंकले ५० अर्ब १६ करोड रुपैयाँ कर्मचारीमा खर्च गरेका हुन्। गत वैशाखसम्म यस्तो खर्च ४५ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा जेठ महिनामा बैंकहरुको यस्तो खर्च करिब ५ अर्बले बढेको हो। अघिल्लो आर्थिक वर्ष (२०७९/८०) को असार मसान्तसम्म बैंकहरुले ४७ अर्ब १ करोड रुपैयाँ खर्च गरेकोमा आव २०७८/७९ मा ४७ अर्ब १७ करोड र आव २०७७/७ मा ४२ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेका हुन्। बैंकहरुले पछिल्लो तीन वर्षकै सर्वाधिक खर्च कर्मचारीमा गरेका हुन्। जेठ मसान्तसम्म सबैभन्दा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिवद्धता उनले जनाएका हुन् । मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको बधाई तथा शुभकामना कार्यक्रममा उनले कठिनाईमा परेको जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने भन्दै आश्वस्त पारे । प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए । नयाँ सरकार आएपछि सिंगै देशमा…
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।हेरौँ तस्बिरहरु :
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित छन् । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेबिचको यही असार…
काठमाडौं- नेकपा एमालेले सरकारमा जाने आठ मन्त्रीहरूको नाम टुंगो लगाएको छ। साेमबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुअघि एमालेले आफ्नो पार्टीको तर्पबाट सरकारमा जाने मन्त्रीहरूको नाम फाइनल गरेको हो। एमालेको तर्फबाट अर्थमन्त्रीमा विष्णु पौडेल, रक्षामा मानवीर राई, सञ्चारमा पृथ्वीसुब्बा गुरुङ, शिक्षामा विद्या भट्टराई, उद्योगमा दामोदर भण्डारी, संघीय मामिला तथा सामान्य प्रशासनमा राजकुमार गुप्ता, भूमि व्यवस्था तथा सहकारीमा बलराम अधिकारी र भौतिक पूर्वाधार तथा यातायातमा देवेन्द्र दाहाल रहेका छन्।
विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टले विवाह गरिसकेका छन्। उनीहरूले जुलाई १२ मा विवाह गरेका हुन्। उनीहरूको विवाहमा सहभागी हुन भारत र अन्य देशबाट थुप्रै व्यक्तिहरू आएका थिए। अनन्त र राधिकाको विवाह लगातार चर्चाको विषय बनेको छ। यसैबीच अनन्तको पहिरनको बारेमा रोचक कुरा बाहिरिएको छ। अनन्तले आफ्नो विवाहमा सुन र हिराबाट बनेको शेरवानी लगाएका थिए। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उक्त शेरवानीको मूल्य २१४ करोड भारू हो। अनन्तले शेरवानीमा हात्तीवाला ब्रोच लगाएका थिए। जसको मूल्य १४ करोड थियो। यतिमात्र होइन अनन्तले निकै महँगो घडी पनि लगाएका थिए। उनले विवाहमा लगाएको घडीको मूल्य ५४ करोड भारू…
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ । नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ । मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् । सोमबार बिहानसम्म…
काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ । हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :
