Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»हिजोजस्तो घेराबन्दीमा छैन, परिणाम आउने गरी काम गर्छु : प्रधानमन्त्री ओली
    Special

    हिजोजस्तो घेराबन्दीमा छैन, परिणाम आउने गरी काम गर्छु : प्रधानमन्त्री ओली

    adminBy adminJuly 16, 2024No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् ।

    भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिवद्धता उनले जनाएका हुन् । मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको बधाई तथा शुभकामना कार्यक्रममा उनले कठिनाईमा परेको जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने भन्दै आश्वस्त पारे ।

    प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए । नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याविनेटबाट नै आफ्नो कामलाई अघि बढाएको उनको जिकिर थियो ।

    प्रधानमन्त्री ओलीको भनाइ जस्ताको तस्तै
    यो सरकारले सुशासन र विकासको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रण र उन्मुलनको सन्दर्भमा, विकासको कामलाई अगाडि बढाउने सन्दर्भमा र जनतालाई अप्ठ्यारो परेको बेला कठिनाईमा भएका जनतालाई हेर्ने कुरामा । यो तीन वटै पक्षमा सामाजिक क्षेत्र, विकासको क्षेत्र र शासन प्रशासनको क्षेत्र सबैतिर सकारात्मक देखिने गरी परिणाम आउने गरी काम गर्छ भन्ने कुरा विश्वस्त रहन म साथीहरूलाई आग्रह गर्न चाहन्छु ।

    सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन । सरकार समयसमयमा परिवर्तन भइरहन्छ । तर, यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ । र, सिंगै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु-नेपाली जनतामा जुन विश्वास जागेको छ । आशा, भरोसा जागेको छ । सुशासनका लागि, विकासका लागि र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस् भन्नका लागि । यस चिजमा मेरो ध्यान गएको छ । प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुनुका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ । र, मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषदलाई ठीक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपांगता भएका व्यक्तिहरुका निम्ति होस् अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति होस् ।

    अथवा उद्योग व्यवसाय चलाउने व्यवसायीहरुको निम्ति होस् । व्यापार गर्ने व्यवसायीहरुको निम्ति होस् । किसानहरु वा अन्य विभिन्न क्षेत्रमा पर्यटन क्षेत्र, सामाजिक सेवाको क्षेत्रमा लागेका, सेना, प्रहरी, कर्मचारी, उहाँहरुको पनि वृद्धि विकासका सन्दर्भमा, सुविधाको सुरक्षा र संवर्द्धन गर्ने सन्दर्भमा के , कस्तो गर्न सकिन्छ मैले यथाशाक्य सकारात्मक ढंगले सोच्ने र अगाडि बढाउने काम गरेको थिएँ । यस पटक मसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरु पनि छन् । मैले अप्ठयाराहरूसँग जुधेको छु । कोभिडसँग जुधेको छु । नाकाबन्दीसँग जुधेको छु । पार्टीभित्रैका डरलाग्दा अप्ठ्याराहरुसँग जुधेको छु । घेराबन्दीसँग जुधेको छु । ती अनुभवहरु पनि मसँग छ । आज कतै पनि त्यस्तो स्थिति छैन । आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन ।

    हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै विपत्ति पनि छैन । आज एकैचोटी मनसुनको बढी चापले गर्दा केही बाढी पहिरो, केही सडक पुलहरू भत्किने र त्यसबाट जनधनको क्षति हुने त्यस्ता कुराहरु भएका छन् । हाम्रो भौगोलिक स्थितिले पनि यस्ता कुराहरु रोक्न कठिनाई भईरहेको छ । तर आगामी दिनमा यस्ता प्राकृतिक विपत्तिहरुको कसरी न्यूनिकरण गर्न सकिन्छ रु जस्ता कुराहरुलाई पनि ध्यान दिने । हामीले तीन वर्ष अगाडिमात्रै कसरी सिन्धुपाल्चोकमा विपत्ति भएको थियो ? त्यो हेर्‍यौं ।

    मेलम्ची खानेपानीको अवस्था । र, हाम्रा पहिरोले नदी रोकेर कसरी क्षति पुर्‍याएको थियो, त्यो पनि हामीले देखेका छौं । यी सबै कुराहरु हामी सम्झिरहेका छौं । र, यो एक ठाउँको मात्रै कुरा होइन । विभिन्न जिल्लाहरुमा यस्ता भएका छन । त्यसप्रति सजग छौ हामी । हिजो मात्रै मन्त्रिपरिषद बैठकले पनि त्यस विषयमा गम्भिरताका साथ ध्यान दिएको छ । गृहमन्त्रीजीले धेरै गम्भिरतापूर्वक त्यसलाई अध्ययन गरिरहनुभएको छ । सम्भवत: आज, भोलिसम्ममा त्यता गएर स्थलगत अध्ययन गर्न आवश्यक पर्न पनि सक्छ । उहाँले अध्ययन गर्दै हुनुहुन्छ अहिले । स्थानीय प्रहरी, प्रशासन सबैतिरबाट रिर्पोट लिने काम गर्दै हुनुहुन्छ । त्यसमा उहाँले जिम्मा लिएर काम गरिरहनु भएको छ । त्यसमा राहत कसरी पुर्‍याउने, उद्धार कसरी गर्ने र पुनस्र्थापनामा कसरी गर्ने गत वर्षको जाजरकोट केन्द्रित भूकम्पबाट भएको क्षतिको सन्दर्भमा पनि हामीले छिट्टै नै आभास निर्माणका लागि किस्ता रकम दिने कुरामा ध्यान दिने भनेका छौँ ।

    यसरी हाम्रो ध्यान गएको छ विकासका कुराहरूमा । विकास, निर्माणका कुरा मात्रै होइन हामीले एक वर्ष भित्र हिजोको मितिले एक वर्ष भित्र हाम्रा छोराछोरी, हाम्रा केटाकेटी कुनै पनि कारणले सडकमा गएर अलपत्र, खाते भन्ने हुँदैन । ती भविष्यका कर्णधार बालबालिकाहरुलाई फस्टाउन दिनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौं । हामीले कीर्तिपुर क्रिकेट रंगशालालाई ३०० दिन भित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने भनेका छौं । हिजो त हामीले सुरूमात्रै गरेका हौं । हिजो हामीले खाली औपचारिक क्याविनेट बैठकमात्रै गरेका हौं । यस उप्रान्त मन्त्रालयगत हिसावले हामी विकासको कामलाई कसरी अघि बढाउँछौं भन्ने कुरा हामीले देखाउँछौं ।

    प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तिब्रताका साथ काम गर्ने बताए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,601

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024582

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025476
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.