Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रसुवागढी बाढीमा बेपत्ता हुनेहरु को को हुन ? (नामावली सहित )

    July 8, 2025

    नारायणगढमा कपडा पसलबाट कपडा चोरी गरी फरार दुई महिला पक्राउ

    July 6, 2025

    विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान

    July 3, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रसुवागढी बाढीमा बेपत्ता हुनेहरु को को हुन ? (नामावली सहित )
    • नारायणगढमा कपडा पसलबाट कपडा चोरी गरी फरार दुई महिला पक्राउ
    • विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान
    • सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल
    • माडी प्रज्ञा प्रतिष्ठानको गठन अध्यक्षमा नारायण सापकोटा
    • सफलताको कथा: शून्यबाट प्रथमसम्मको यात्रा — पञ्चकन्या मा.वि. स्यादुलको उदाहरणीय रूपान्तरण
    • माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।
    • उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»सिमलताल दुर्घटना : ‘बुबालाई जतिसक्दो छिटो पानीबाट निकालिदिनूस्’
    Special

    सिमलताल दुर्घटना : ‘बुबालाई जतिसक्दो छिटो पानीबाट निकालिदिनूस्’

    adminBy adminJuly 16, 2024No Comments7 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वीरगञ्ज, (पर्सा)- वीरगञ्ज महानगरपालिका-१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिदै छिन्।

    उनका पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३-०१-०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झन्झन् नाजुक बन्दै गइरहेको छ।

    ‘छोराले चलाएको बस बगाएको खबर सुनेदेखि परिवारका सबै सदस्य विक्षिप्त छन्। त्यसमा पनि बुहारीको स्वास्थ्य अवस्था साह्रै खराब भइरहेको छ,’ जवाहीरका ६६ वर्षे पिता भगवान् महतोले गहभरि आँसु पार्दै भने, ‘बुहारी भक्कानिएर रुने, कराउने गरिरहेकी छन्। उनको स्वास्थ अवस्था बिग्रिएकाले घरमै डाक्टर बोलाएर उपचार गराउँदै आएका छौंँ।’

    जवाहीरकी पत्नी प्रतिमा अहिले कोहीसँग पनि दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा छैनन्। ‘त्यस दिनदेखि मुखमा अन्न, पानी परेको छैन। स्लाइनपानीकै भरमा कतिन्जेल बचाउन सकिएला ? बुहारीको स्वास्थ अवस्था बिग्रँदै गइरहेको छ,’ उनले भने।

    जवाहीरका पत्नी प्रतिमा मात्रै होइन, जवाहीरका बुबा, आमा, छोराछोरी, आफन्त इष्टमित्र र छिमेकीहरुको समेत आँखा ओभाएका छैनन्। ‘जवाहीर घरकै आडभरोसा थियो। उसले बस चलाएर नै घरखर्च चलाउँदै आइरहेको थियो,’ बुबा भगवानले भने, ‘छोरा त्रिशूलीको पहिरोमा परेर हराइरहेको छ। मलाई बुढ्यौलीले छोइसक्यो। अब यी ससाना नाति-नातिनालाई कसले पालनपोषण र रेखदेख गर्ला भन्ने चिन्ताले सताइरहेको छ।’

    पहिरोमा परेर आफ्नो माइलो छोरा हराइरहेकामा आमा फुलेनादेवीको रुदाँरुँदै आँखा सुन्निएको छ। आफ्नो छोराका बारेमा अहिलेसम्म कुनै पनि खबर थाहा नपाउँदा निकै चिन्तित भएको बताए।

    ‘बिहीबार बेलुकापख छोरासँग खासै धेरै कुराकानी भएन। त्यो दिन छोरा बुबासँग मात्रै कुराकानी गरेर बिदा भएर बस चलाउन गए,’ उनले भने, ‘अहिलेसम्म छोराको न त श्वास नै पाउन सकेका छौँ, न त लास नै पाउन सकेका छौंँ। पहिरोमा छोरो हराएदेखि मेरो मन बेचैन छ।’

    उनले आफ्नो छोरा पहिरोमा हराएपछि सान्त्वना दिनका लागि एञ्जल बसका प्रतिनिधि, स्थानीय नेता, सांसद तथा अन्य कोही पनि नआउँदा दुःख झनै बढेको बताए। ‘छोराले फर्निचर चलाउने भन्दै ५० लाखभन्दा धेरै कर्जा लिएको छ,’ उनले भने, ‘छोरा नै नरहेपछि कर्जा कसरी तिर्ने भन्ने पीरले अर्काे चिन्ता थपिरहेको छ।’

    बुबाका अनुसार जवाहीर डेढ दशकदेखि सवारीसाधन चलाउँदै आएका थिए। जवाहीरले एञ्जल डिलक्स बस चलाउन थालेको पनि चार-पाँच वर्ष भइसकेको छ। उनले प्रायः रात्रिबस चलाउँदै आएका थिए।

    जवाहीरका दुई छोरा र एक छोरी रहेकी छन्। जेठी छोरी प्रिती कक्षा आठमा अध्ययनरत छिन्भने जेठो छोरा कक्षा ४ र कान्छो छोरा बिटु युकेजीमा अध्ययनरत छन्। १३ वर्षीय छोरी प्रिती महतोले आफ्नो बुबाको जतिसक्दो छिटो उद्धार गरिदिन अनुनय गरेकी छन्।

    ‘बुबालाई जतिसक्दो छिटो पानीबाट निकालिदिनूस्। अरू हामीलाई केही चाहिएको छैन,’ उनले भनिन्।

    जवाहीरका कान्छो भाइ मुन्ना महतो अहिले हराइरहेका दाजुको खोजीमा नारायणगढ–चितवनमा खटिरहेका छन्। आज दिउँसोसम्म जवाहीरको अवस्था पत्ता लाग्न सकिरहेको छैन। हराइरहेका जवाहीरका दिदी सुशीलादेवी महतोले भाइ पहिरोमा हराएसँगै परिवारको खुसी खोसिएको बताइन्।

    भगवानका चार छोरा र एक छोरी छन्। तीमध्ये पहिरोमा परेर हराइरहेका जवाहीर माइलो छोरा हुन्। जेठो सुनिल कतारमा र साइलो हिरालाल मलेसियामा रहेका छन् भने कान्छो मुन्ना नेपालमा नै छन्।

    वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चालकसहित १९ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए।

    जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार एञ्जल बसमा २७ जना यात्रु रहेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले एञ्जल बसमा सवारमध्ये अहिलेसम्म तीन जनाको शव भेटिएर परिवारका सदस्यले सनाखत गरेको बताए। उनले भने, ‘अहिले हामीले बेपत्ताहरुको खोजी कार्यलाई तीव्र पारिरहेका छौँ।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    सफलताको कथा: शून्यबाट प्रथमसम्मको यात्रा — पञ्चकन्या मा.वि. स्यादुलको उदाहरणीय रूपान्तरण

    July 2, 2025

    माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।

    June 30, 2025

    उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,566

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,123

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024555

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025445
    Don't Miss
    News
    News

    रसुवागढी बाढीमा बेपत्ता हुनेहरु को को हुन ? (नामावली सहित )

    By Laxman GautamJuly 8, 2025

    छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको…

    नारायणगढमा कपडा पसलबाट कपडा चोरी गरी फरार दुई महिला पक्राउ

    July 6, 2025

    विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान

    July 3, 2025

    सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल

    July 2, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.