Author: admin

(रासस/एपी) :भारतका सयौँ चिकित्सकहरूले सोमबार स्वास्थ्य मन्त्रालय नजिकै विरोध प्रदर्शन गरेका छन् । स्वास्थ्य सेवाकर्मीहरूलाई हिंसाबाट जोगाउन र सरकारी अस्पतालमा बलात्कार र हत्याको शिकार भएकी सहकर्मीलाई न्याय दिन कडा कानूनको माग गर्दै चिकित्सकहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

Read More

अर्थ मन्त्रालयले एक सय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्य योजना तयार पारेको छ। अर्थ मन्त्रालयले सय दिनमा के-के काम गर्ने र सम्बन्धित काम गर्दा अर्थतन्त्रमा कस्तो परिमाण निस्कन्छ भन्नेसहितको खाका तय गरेको हो। कार्य योजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रूत गस्ती टोली गठन गरी परिचालन गर्ने लगायत छन्। यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधिसम्मत रूपमा सिर्जित दायित्व…

Read More

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ ।शनिवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले समिति शोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताउनु भयो । उहाँले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरुसँग बयान लिने काम लगभग सकिएको बताउनु भयो । उहाँले आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै…

Read More

सोलुखुम्बुमा गएको भेलबाढीबाट विस्थापित परिवारलाई बसोबासका लागि ५० हजार रुपैयाँ राहत उपलब्‍ध भएको छ। खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं. ५ थामेमा शुक्रबार दिउँसो गएको भेलबाढीबाट १५ परिवार विस्थापित भएका छन्। पालिकाले ती १५ परिवारको बसोबासका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। पूर्ण रूपमा घर क्षति भएका १५ परिवारका लागि गृह मन्त्रालयले पनि १५ हजार रुपैयाँ वितरण गरेको छ। त्यस्तै आंशिक क्षति भएका ३० घर परिवारलाई प्रति परिवार १० हजार रूपैयाँ राहत वितरण गरेको छ। साथै सबै पक्षबाट बाढीबाट क्षेतीग्रस्त पुर्वाधार पुन निर्माणको लागि आवश्यक पहल गरिने भएको पनि पालिकाले जनाएको छ। शनिबार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय…

Read More

काठमाडौं । पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मुर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी रित्तो हात फर्केको छ । भण्डारीका समर्थकले प्रहरीविरूद्ध नारावाजी र हुलहुज्जत गरे । एक महिना लामो कोटिहोम सकिएकै रात प्रहरीले हस्तक्षेप गरेको हो । भण्डारीले समर्थकबीचबाट बाेल्दै आफू गिरफ्तार हुन तयार रहेको बताए । तर उनले आफू गिरफ्तार भएमा आफ्ना समर्थकहरुलाई आन्दोलन गर्न आदेश दिए । उनी निकै उत्तेजित रुपमा प्रस्तुत हुँदै समर्थकलाई उकासेका थिए । भण्डारीका समर्थक र सहयाेगीले प्रहरी र सरकारविरूद्ध चर्का नारा लगाए ।

Read More

हेटौंडा । बागमती प्रदेश सरकारले गाईजात्राको दिन भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बागमतीमा सरकारी कामकाजको भाषासम्बन्धी ऐन लागू भएपछि नेपालभाषी समुदायको पर्वको रूपमा गाईजात्राको दिन बिदा दिने निर्णय गरिएको उनले बताए । यसैगरी मन्त्रिपरिषद्ले मन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । मन्त्री लामिछानेका अनुसार मन्त्रालयको अस्थायी दरबन्दीलाई स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलकाे मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटाइएको निगमले जनाएको छ । भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा प्रेटोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

Read More

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज (बिहीबार) दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको…

Read More

सेयरबजारमा कारोबार रकमको नयाँ कीर्तिमान बनेको छ। साताको पहिलो कारोबार दिन आज २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर किनबेच भएको हो। यो कारोबार रकम हालसम्मकै सर्वाधिक हो। साउन महिनामा सेयर कारोबारले लगातार कीर्तिमान बनाएको यो तेस्रो पटक हो। यसअघि २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई साउन १६ गतेको २१ अर्ब ९१ करोडको कारोबारले उछिनेको थियो। त्यसपछि पुनः साउन २२ गते एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको थियो। आज कारोबार रकमले त्यसलाई पनि उछिनेर नयाँ कीर्तिमान बनाएको हो। कुल ६ करोड ३…

Read More

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले आफ्नो कार्यकालमा नाफा कमाउनमा उल्लेख्य सफलता पाएको दाबी गरेका छन् । उनले शुक्रबार अपरान्ह आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् । साथै उनले प्राधिकरणले बंगलादेशमा हाल असहज अवस्था भएको र त्यहाँको राजनीतिक अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता अगाडि बढ्ने बताए । उनले इक्रा नेपालबाट लगातार डब्बल ए प्ल्स रेटिङ निन्तर पाइरहेकोले पनि प्राधिकरणको वित्तीय अवस्था स्वस्थ रहेको पुष्टि हुने बताए । उनले आईपीओ निष्कासन गर्ने प्रक्रियामा अगाडि बढिसकेको र यसबाट संकलित हुने पूँजी ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने योजना प्राधिकरणले बनाएको पनि बताए…

Read More