Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
७५ दिनदेखि निगमको ट्वीनअटर ग्राउन्डेड, कोभिडमै लाइफ साइकल सकिएको इन्जिन सट्टापट्टाका लागि बल्ल टेन्डर
काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा व्यवस्थापनको लापरबाहीका कारण ७५ दिनदेखि आन्तिरक उडानमा रहेको दुईवटा ट्वीनअटरमध्ये कलसाइन नाइनएन एबीटी जहाज ग्राउन्डेड छ। जहाज ग्राउन्डेड भएको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यकारी अध्यक्ष अधिकारीलाई एक दिनअगाडि कार्यकक्षमै बोलाएर तत्काल जहाज उडानमा लैजाने गरी काम गर्न निर्देशन दिएका थिए। मन्त्रीसमक्ष अधिकारीले पाँच दिनमै टेन्डर निकाल्ने भने पनि एक साता ढिला गर्दै जनैपूर्णिमाको सार्वजनिक बिदाको दिन पारेर ३ वटा इन्जिन सट्टापट्टाको टेन्डर गरेका छन्। निगमले १५ दिनको समय दिएर ३ वटा ट्वीनअटर जहाजको इन्जिन सट्टापट्टाको टेन्डर गरेको हो। पीसीई ४०४४३, पीसीई ४०१८१ र पीसीई ४२३९९ नम्बरको इन्जिन…
काठमाडौं, – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, पहिरो जाँदा ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको हो । यद्यपि, तत्काल थप खतराको सम्भावना नरहेको उनले बताए । ‘फेरि पहिरो गयो भने नदीको वहावमा अवरोध भएर गाउँ वस्तीतिर समस्या गर्छ कि भन्ने हो, अहिलेकै अवस्था चाहिँ खतरामुक्त नै हो’, उनले भने, ‘त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली स्ट्याण्ड बाई छ ।’ आवश्यक परे विष्फोट गराएर भएपनि खोल्ने गरी तयारी अवस्थामा रहेको उनले बताए ।…
चितवन, ३ भदौं । माडीकाे रिउ खाेलामा बगेर एकजनाकाे मृत्युु भएकाे छ । मृत्युहुनेमा माडी नगरपालिका वडा नं ९ बस्ने ५० वर्षका काजीमान प्रजा रहेका छन् । आज अपरान्ह ४ : २० बजेकाे समयमा स्याली बजारवाट कुसुमखाेला बस्ती जानेक्रममा रिउ खाेलाले बगाएको चितवन प्रहरीले जनाएको छ । प्रहरीको अनुसार खाेलातर्ने क्रममा लडेका प्रजाकाे शव ५ सय मिटरदुरीपर भेटिएको थियोे ।
(रासस/एपी) :भारतका सयौँ चिकित्सकहरूले सोमबार स्वास्थ्य मन्त्रालय नजिकै विरोध प्रदर्शन गरेका छन् । स्वास्थ्य सेवाकर्मीहरूलाई हिंसाबाट जोगाउन र सरकारी अस्पतालमा बलात्कार र हत्याको शिकार भएकी सहकर्मीलाई न्याय दिन कडा कानूनको माग गर्दै चिकित्सकहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
अर्थ मन्त्रालयले एक सय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्य योजना तयार पारेको छ। अर्थ मन्त्रालयले सय दिनमा के-के काम गर्ने र सम्बन्धित काम गर्दा अर्थतन्त्रमा कस्तो परिमाण निस्कन्छ भन्नेसहितको खाका तय गरेको हो। कार्य योजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रूत गस्ती टोली गठन गरी परिचालन गर्ने लगायत छन्। यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधिसम्मत रूपमा सिर्जित दायित्व…
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ ।शनिवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले समिति शोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताउनु भयो । उहाँले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरुसँग बयान लिने काम लगभग सकिएको बताउनु भयो । उहाँले आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै…
सोलुखुम्बुमा गएको भेलबाढीबाट विस्थापित परिवारलाई बसोबासका लागि ५० हजार रुपैयाँ राहत उपलब्ध भएको छ। खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं. ५ थामेमा शुक्रबार दिउँसो गएको भेलबाढीबाट १५ परिवार विस्थापित भएका छन्। पालिकाले ती १५ परिवारको बसोबासका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। पूर्ण रूपमा घर क्षति भएका १५ परिवारका लागि गृह मन्त्रालयले पनि १५ हजार रुपैयाँ वितरण गरेको छ। त्यस्तै आंशिक क्षति भएका ३० घर परिवारलाई प्रति परिवार १० हजार रूपैयाँ राहत वितरण गरेको छ। साथै सबै पक्षबाट बाढीबाट क्षेतीग्रस्त पुर्वाधार पुन निर्माणको लागि आवश्यक पहल गरिने भएको पनि पालिकाले जनाएको छ। शनिबार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय…
काठमाडौं । पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मुर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी रित्तो हात फर्केको छ । भण्डारीका समर्थकले प्रहरीविरूद्ध नारावाजी र हुलहुज्जत गरे । एक महिना लामो कोटिहोम सकिएकै रात प्रहरीले हस्तक्षेप गरेको हो । भण्डारीले समर्थकबीचबाट बाेल्दै आफू गिरफ्तार हुन तयार रहेको बताए । तर उनले आफू गिरफ्तार भएमा आफ्ना समर्थकहरुलाई आन्दोलन गर्न आदेश दिए । उनी निकै उत्तेजित रुपमा प्रस्तुत हुँदै समर्थकलाई उकासेका थिए । भण्डारीका समर्थक र सहयाेगीले प्रहरी र सरकारविरूद्ध चर्का नारा लगाए ।
हेटौंडा । बागमती प्रदेश सरकारले गाईजात्राको दिन भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बागमतीमा सरकारी कामकाजको भाषासम्बन्धी ऐन लागू भएपछि नेपालभाषी समुदायको पर्वको रूपमा गाईजात्राको दिन बिदा दिने निर्णय गरिएको उनले बताए । यसैगरी मन्त्रिपरिषद्ले मन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । मन्त्री लामिछानेका अनुसार मन्त्रालयको अस्थायी दरबन्दीलाई स्वीकृत गर्ने निर्णय पनि भएको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलकाे मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटाइएको निगमले जनाएको छ । भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा प्रेटोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
