Author: admin

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्दामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो । जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाई दिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन् । महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।

Read More

काठमाडौँ । जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गराई जनतामा आशा जगाउने उद्देश्यले गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र आर्थिक विकासलाई गति प्रदान गर्ने मूलभूत उद्देश्य लिएर अघि बढेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बताउँछन् । लामो राजनीतिक पृष्ठभूमिसहित मुख्यमन्त्री र विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभवबाट खारिएका मन्त्री गुरुङ सूचना प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आमनागरिकलाई…

Read More

साताको पहिलो कारोबार दिन  आइतबार पनि नेप्से  परिसूचक दोहोरो अंकले घटेको छ ।  कारोबार शुरुभएदेखि तिव्र उतारचढाबका साथ बढेको नेप्से बजार बन्द हुनेबेलासम्म आइपुग्दा ५३.६३ अंकले घटेर २ हजार ६९५.९३ विन्दुमा आइपुगेको छ ।करिब एक महिनापछि नेप्से परिसूचक  २ हजार ७०० विन्दुभन्दा तल झरेको हो।नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । यो दिन ३३७ वटा कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर खरिदबिक्री हुँदा १० करोड ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ।अघिल्लो कारोबार दिन बिहीबार भने १२ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि…

Read More

सांसदहरूले आर्थिक अपराधमा जेलभन्दा पनि ‘आर्थिक सजाय’को व्यवस्था गर्न आवश्यक भएको बताएका छन् । आइतबार अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथिको सिंहदरबारमा आयोजित छलफलमा बोल्दै अधिकांश सांसदहरूले यस्तो प्रस्ताव गरेका हुन् । उनीहरुले उक्त ऐनमा आर्थिक अपराधमा जेल सजाय तोक्ने व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने बताए । उनीहरुले चेक अनादरको विषयमा बैंकहरुलाई पनि जिम्मेवार बनाउने गरी ऐन ल्याउन आवश्यक रहेको कुरामा जोड दिए । सांसद सोविता गौतमले आर्थिक अपराधमा जेल होइन ‘आर्थिक सजाय’ नै गर्नुपर्ने बताइन् । उनले आर्थिक अपराध गर्दा कुनै पनि मानिसलाई जेल हाल्ने नभई आर्थिक सजायको व्यवस्था गर्नु उपयुक्त हुने बताइन् । उनले भनिन्,‘आर्थिक प्रवृत्तिको अपराधमा…

Read More

काठमाडौं । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट र युनिसेफबाट प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत बिहीवार बसेको बैठकले गरेका निर्णय आईतवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय गरेको जानकारी दिए । उनले बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिव ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता…

Read More

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन्। प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्स पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताएका हुन्। ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो,आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं। संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको…

Read More

काठमाडौं— चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन्। आइतबार बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्स्पेक्टर निरला भण्डारीले जानकारी दिइन्। उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

काठमाडौं । तीन वर्षअघि नै पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने व्यवस्था गरेको सरकारले बल्ल मापदण्ड बनाउने तयारी थालेको छ । २०७८ चैत १४ गते नै सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर ‘इन्धन प्रणालीमा वातावरणमैत्री वा उर्जा दक्षतामूलक फेरवदल गरिने सवारी साधनको हकमा’ छुट दिने निर्णय गरेको थियो । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १७६ को अधिकार प्रयोग गरी सोही ऐनको दफा ३९ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांश तीन वर्षसम्म लागु नहुने गरि छुट दिने निर्णय गरेको थियो । सरकारले पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्नका लागि व्यवस्था गरे पनि त्यसका लागि कस्तो मापदण्ड बनाउने भन्ने…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८४ को आमनिर्वाचनलाई लक्षित गरेर स्थानीय तहमा छाया सरकार सञ्चालन गर्ने कार्यविधि केन्द्रीय समिति बैठकमा पेस गरेको छ । भदौ ११ गते बसेको केन्द्रीय समिति बैठकमा पार्टीले तयार गरेको स्थानीय छाया सरकार सञ्चालन कार्यविधि २०८१ को मस्यौदा प्रस्तुत भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार मस्यौदामा थप सुझाव लिने निर्णय बैठकले गरेको छ । ‘२०८४ को निर्वाचन हामी संघमात्र लड्ने हैन नि । हामीले स्थानीय तह देखिनै तयारी गर्ने हो‚’ उनले भने । कार्यविधिमा रास्वपाले स्मार्ट वडाध्यक्षको अवधारणा राखेको छ । यस्तै क्यान्डिडेट क्लब‚ लिडरसिप एकेडेमीको अवधारणा पनि कार्यविधिमा…

Read More

काठमाडौं- तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीसँग विस्तृत शान्ति सम्झौता गरेको १८ वर्षपछि सरकारले शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने प्रक्रिया अघि बढाएको छ । यसका लागि कानून संशोधनको प्रक्रिया पूरा भएसँगै अब आयोग गठन गर्ने तयारी सरकारको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट सर्वसम्मत पारित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरिसकेका छन् ।राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । सभामुख देवराज घिमिरेले बुधबार टीआरसी विधेयक प्रमाणीकरणका लागि शीतलनिवास पठाएका थिए । राजपत्रमा प्रकाशित भएर विधेयकले ऐनको रुप लिएपछि सरकारले सत्य निरूपण…

Read More