Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु

    May 12, 2025

    मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न

    May 10, 2025

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु
    • मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न
    • भारत र पाकिस्तान युद्धविराम गर्न सहमत
    • चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो
    • चितवनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइँदै
    • पाकिस्तान माथी भारतको हमला :३० जना मारिएको दाबी
    • एमाले नेता प्रदीप नेपालको निधन
    • पानी पार्ने बादल पश्चिमबाट पूर्व सर्दा काठमाडौंसहितका भूभागमा वर्षा
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय
    News

    यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

    adminBy adminSeptember 1, 2024No Comments4 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट र युनिसेफबाट प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को गत बिहीवार बसेको बैठकले गरेका निर्णय आईतवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय गरेको जानकारी दिए ।

    उनले बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिव ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको बताए ।

    उनले ज्यान मार्ने उद्योग मुद्दाको पीडित विन्दवासीनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको बताए ।

    प्रवक्ता गुरुङले एकनारायण अर्याललाई मुख्यसचिव र दिनेश दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको पनि बताए । उनले जर्मनी सरकारबाट पावर डिस्टिव्युशन कार्यक्रम अन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिव १ अर्ब ४६ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    २०८१ भदौ २४ देखि २८ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने एसियन अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेशन (एएएलसीओ)को ६२ औं वार्षिकोत्सवमा सहभागिताको लागि कानून, न्याय तथा संघीय मामिलामन्त्रीको भ्रमण स्वीकृत गरेको छ ।

    त्यस्तै सिंगापुरमा २०८१ असोज ८ गते देखि १० गतेसम्म हुने इन्टरनेशलन फाउण्डेशन फर इलोक्टोरल सिस्टमको साइवर एण्ड इन्फरमेसन रेजिलेसन्स इलेक्सन नेटवर्क कार्यक्रममा सहभागि हुन निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गरेको छ ।

    सरकारले शसस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागबाट कार्य विभाग,चन्द्रप्रकाश गौतमलाई मानवस्रोत विभागबाट सीमा सुरक्षा विभाग र वंशिराज दाहाललाई कार्यविभागबाट मानवस्रोत विभागमा सरुवा गर्ने निर्णय गरेको गरेको छ ।

    यस्ता छन्ःमन्त्रीपरिषद्का निर्णयहरु

    १.बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिव ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको छ ।

    २.जर्मनी सरकारबाट पावर डिस्ट्रिव्युशन कार्यक्रम अन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिव १ अर्ब ४६ करोड अनुदान सहायता स्वीकार गर्ने

    ३.ज्यान मार्ने मुद्दामा पीडित विन्दवासिनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मनासिव माथिको क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुल उपर गरी पीडित राहत कोषमा शोधभर्ना गर्ने व्यवस्था मिलाउने

    ४. २०८१ भदौ २४ देखि २८ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने एसियन अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेशन (एएएलसीओ)को ६२ औं वार्षिकोत्सवमा सहभागिताको लागि कानून, न्याय तथा संघीय मामिलामन्त्रीको भ्रमण स्वीकृत गर्ने ।

    ५. सिंगापुरमा २०८१ असोज ८ गते देखि १० गतेसम्म हुने इन्टरनेशलन फाउण्डेशन फर इलोक्टोरल सिस्टमको साइवर एण्ड इन्फरमेसन रेजिलेसन्स इलेक्सन नेटवर्क कार्यक्रममा सहभागि हुन निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने ।

    ६.सरकारले शसस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागबाट कार्य विभाग,चन्द्रप्रकाश गौतमलाई मानवस्रोत विभागबाट सीमा सुरक्षा विभाग र वंशिराज दाहाललाई कार्यविभागबाट मानवस्रोत विभागमा सरुवा गर्ने ।

    ७.परराष्ट्र मन्त्रालयका सहसचिव भरत खनाललाई नेपाली महावाणिज्य दुतावास गन्जाओको महावाणिज्यदुत पदमा,सहसचिव झक्कबहादुुर आचार्यलाई नेपाली महावाणिज्य दुतावास कोलकोत्ताको महावाणिज्यदुत पदमा र सहसचिव लक्ष्मीप्रसाद निरौलालाई नेपाली महावाणिज्य दुतावास लासाको महावाणिज्यदुत पदमा एक अवधिको लागि नियुक्त गर्ने निर्णय भएको छ ।

    ८.राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं तराई मधेस दु्रतमार्ग सडक आयोजनाको लागि अधिग्रहण गर्ने बाँकी मुआब्जामा लाग्ने पुँजीगत लाभ कर अर्थात आर्थिक ऐन, २०८१ को दफा १८ को १ बमोजिम छुट लिन स्वीकृत दिने

    ९.पीपलटार देउडी सडक निर्माणको लागि नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको राष्ट्रिय वनको ५.१४२ हेक्टरजग्गा प्रयोग गर्न स्वीकृत दिने

    १०.भुम्लु गाँउपालिका काभ्रेपलान्चोकलाई गाउँपालिकाको प्रशासकिय भवन निर्माणको लागि भुम्लु गाउँपालिकामा रहेको राष्ट्रिय वनको ०.३ हेक्टर जग्गा प्रयोग गर्न दिने

    ११.संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्व विद्यालयको केन्द्रिय कार्यालय रहने स्थान तोक्ने

    १२.चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा दिनेशराज दाहाललाई नियुक्त गर्ने

    १३.नेपाल सरकारले दूरसञ्चार सेवालाई नियमित गर्ने सम्बन्धमा दूरसञ्चार ऐन, २०५३को दफा २० को अधिकार प्रयोग गरी एनसियल आजियाटा लिमिटेडको तेस्रो पटक अनुमति पत्र नविकरण गर्न नविकरण दस्तुर प्रत्येक वर्ष ५ अर्बका दरले चार किस्तामा विभाजन गरी भुक्तानी गर्ने सुविधा दिने,एकै पटक नविकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ता बाहेकको बाँकी किस्ता भुक्तानी गर्दा बाँकी किस्ता बापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले ब्याज र किस्ता रकम समेत लिने

    १४.इण्डोनेसियाको जकार्तामा २०८१ असोज १० मा सञ्चालन हुने फिक्स मिनिस्टोरियल मिटिङ तथा २०८१ असोज ८ र ९ गते सञ्चालन हुने १२ औं हाइलेभल अफिसियल मिटिङमा स्वास्थ्य जनसंख्या मन्त्री प्रदीप पौडेललाई सहभागिताका लागि स्वीकृत प्रदान गर्ने ।

    १५.नेपाल सरकारका मुख्यसचिव लिलादेवी गड्तौला २०८१ भदौ १५ गतेदेखि अनिवार्य अवकाश हुने हुँदा रिक्त हुने मुख्यसचिव पदमा २०८१ भदौ १५ देखि लागू हुनेगरी गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गर्ने

    १६.राष्ट्रिय योजना आयोगका सचिव डा. तोयानारायण ज्ञवालीले मिति २०८१ भदौ १४ देखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गर्ने

    १७.कृषि तथा पशुपंंक्षी विकास मन्त्रालय संगठन र दरबन्दी तेरिज स्वीकृत गर्ने

    १८.श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु

    May 12, 2025

    मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न

    May 10, 2025

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,558

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,115

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024544

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025436
    Don't Miss
    News
    News

    नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु

    By Laxman GautamMay 12, 2025

    चितवन , बैशाख २९ – आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा…

    मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न

    May 10, 2025

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025

    चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो

    May 9, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.