Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»ठमेल मान्दैन आचारसंहिता
    Special

    ठमेल मान्दैन आचारसंहिता

    adminBy adminSeptember 3, 2024No Comments10 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ- रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन्। छाया सेन्टरको नजिकै बस्ने उनी निदाउन नसक्नुको एउटै कारण चर्को ध्वनिप्रदूषण हो। कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ।

    सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो। रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन्।

    बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताए।

    ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको स्थानीय बताउँछन्। रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत संगीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीय मर्हजनले सुनाए।

    ‘क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौं, हालसम्म सुनुवाइ भएको छैन,’ उनले भने, ‘प्रहरीमा कुरा पुर्‍याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ।’ स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकलेसमेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका महर्जनले उल्लेख गरे।

    होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेका पर्यटक व्यवसायी भविश्वर शर्माले बताए। ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका उनले २४सै घण्टा सञ्चालन गर्न बनाएको आचारसंहिता पालना नभएकाले यहाँका स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती हुने गरेको उनले जानकारी दिए।

    ‘ध्वनि प्रदूषण भयो भनेर पर्यटकहरुको गुनासो आउँछ,’ शर्माले भने, ‘जथाभावी मादक पदार्थ सेवन गरेर सिसाका बोतल बाटोमै फाल्छन्। राति अबेरसम्म रमाइलोका नाममा चर्को स्वरमा गीत संगीत बजाउँदा हामीलाई यहाँ रात काट्न सास्ती हुँदै आएको छ।’ सरोकार भएका निकायले कारबाहीको दायरामा ल्याउने कुनै पनि गतिविधि नगरेका उनले बताए।

    ‘क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौं, हालसम्म सुनुवाइ भएको छैन,’ उनले भने, ‘प्रहरीमा कुरा पुर्‍याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ।’

    शर्माका अनुसार ठमेल क्षेत्रमा ३६ हजार पर्यटकलाई बस्न र खानसक्ने क्षमताका होटल सञ्चालनमा छन्। कोभिडयता आन्तरिक र बाह्य पर्यटक बढ्दै गए पनि रात्रिकालीन पर्यटन व्यवसाय व्यवस्थित बनाउन नसकिएको उनले सुनाए।

    ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष शर्माले आफ्नो कार्यकालमा जिल्ला सुरक्षा परिषद्, स्थानीय निकायसँग मिलेर प्रत्येक दुई महिनामा अनुगमन गर्दै आए पनि अहिले त्यस्तो निगरानी कम भएको जिकिर गरे।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी प्रशासनले रात्रिकालीन ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित व्यवसायलाई सुरक्षा दिई स्थानीयलाई शान्ति दिनका लागि गुनासो संकलन गरी समाधानको प्रयास गरिरहेको जानकारी दिए। ‘यस क्षेत्रमा शान्तिसुरुक्षाका हिसाबले सन्तोषजनक रहेको छ,’ उनले भने।

    अपराधजन्य क्रियाकलाप नभए पनि प्रहरीसमक्ष राति बोटोमा हिँड्नेले हल्ला गरे भनेर फोनमार्फत गुनासो आउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए। ‘सुरक्षाका दृष्टिले ठमेल र दरबारमार्ग वृत्तमा थप जनशक्ति खटाएका छौं,’ उनले भने, ‘ट्याक्सीले बढी रकम मागे भनेर ग्राहकबाट गुनासो आउने गर्छन्। यस्तो बेला हामी तुरुन्तै प्रहरीले ठगी गर्नेलाई खोजी कारबाही गर्दै आएका छौं।’

    परिषद्ले निर्धारण गरेको रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने, अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्‍याउन तथा सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, सबै व्यवसायीको व्यापार मूल्यसूचीमा एकरुपता हुनुपर्ने, ग्राहकलाई भ्याटबिल दिनुपर्ने, रातिमा खोलिने व्यवसायीले शौचालयको व्यवस्था र सुरक्षा गार्ड अनिवार्य रुपमा राख्नुपर्ने, सबै व्यवसायी करको दायरामा आउनुपर्नेलगायत बुँदा रहेका छन्।

    त्यस्तै कलाकारले मौलिकता, संस्कृति झल्किने किसिमका गायन तथा नृत्य प्रदर्शन गर्नुपर्ने उल्लेख छ। डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अश्लीलता प्रदर्शन नहुनेगरी स्वस्थ मनोरञ्जन दिँदै कलाकृति र संस्कृति झल्कने किसिमका देखाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ।

    ठमेल पर्यटन विकास परिषद्का महासचिव बद्री तिमल्सिनाले होटल व्यवसायी र सेवाग्राहीले आचारसंहिता आत्मसात् नगरेको बताए। परिषद्ले समयसमयमा अनुगमन गर्नुका साथै सुरक्षालाई कडाइ गर्न प्रहरी परिचालन गरिरहेको उनले जानकारी दिए।

    ‘आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउन अभ्यासरत छौं। आचारसंहिता उल्लेख गरिएका बुँदाको पर्यन व्यवसायीले पालना गरी सहयोग गर्न अनुरोध गर्दछौं,’ उनले भने। -रासस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,601

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024582

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025475
    Don't Miss
    News
    News

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    By adminFebruary 2, 2026

    विश्व सिमसार दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका…

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.