Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
वीरगञ्ज ।भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ । ८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राती निधन भएको हो । यस अघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो । पछि उनले आफैं आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए । तर, बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो । भारतीय मिडियाहरुले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको हो । रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुख प्रकट गरेका छन् । आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा…
विराटनगर । असोज ११-१२ को वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण कोशी प्रदेशमा पुल र सडकमा मात्रै साढे ५ अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रकोपले १०१ वटा सडक, १५ वटा पुल र २५ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । १४ जिल्लाका सडकमा ४ अर्ब ६३ करोड ५० लाख रूपैयाँ बराबरको क्षति पुगेको मन्त्री भूपेन्द्र राईले बताए । उनले ४१ वटा सडक, दुईवटा सडक पुल र आठ वटा झोलुङ्गे पुलमा पूर्ण क्षति भएको जानकारी दिए । त्यसैगरी १ अर्ब २ करोड ५० लाख रूपैयाँ बराबरका ६० वटा सडक, १५ पक्की…
चितवन , असोज १८ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय नारायणगढले घातक रोगबापतको बीमा दाबी भुक्तानी गरेको छ।भरतपुर स्थित चौबिसकोठीमा रहेको दया हेल्थ कियर सेन्टरका संचालक बिमित डाक्टर शुभकान्त गौतम लाई घातक रोगबापत ३० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो। उहाँले दुई बर्ष अगाडी सिटिजन लाइफ इन्स्योरेन्समा १ करोड बिमाङक बराबरको बिमा गराउनु भएकोमा ३० लाख रुपैयाँको घातक रोगको रक्षावरण सुविधा थियो। उहाँको केही समय अगाडी हृदयघात भएका कारण कम्पनीले आज उक्त रकम डाक्टर गौतम लाई हस्तान्तरण गरेको हो। रकम हस्तान्तरण सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख ब्यापार अधिकृत शिव कुमार कार्की , नारायणगढ शाखाका प्रमुख गोकर्ण बहादुर कार्की ,…
काठमाडौं – नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रको पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक…
धादिङ , असोज १७ – धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । पहिरोमा गोरखाबाट काठमाडौँ जाँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा सवार ४ जना, चितवनबाट काठमाडौँ जाँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा सवार १७ जना र लु.१ ज ४५७७ नम्बरको विङ्गरमा सवार १४ जना पुरिएका थिए । उनीहरू सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए । उक्त घटनामा तनहुँका २ जनाको मृत्यु भएको छ । ब्यास नगरपालिका–५ का ३४…
चितवन , असोज १७ – विजया दशमी तथा शुभ दिपावलीको अबसर पारेर चितवनको भरतपुर ७ स्थित मर्स्याङ्दी टोल विकास संस्थाले निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।टोलमा रहेका टोलवासीहरुको स्वस्थ्य परिक्षण र उपचारका लागि संस्थाले घटस्थापनाको दिन पारेर आज एक दिने निशुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेको हो । टोलमा रहेका करिव एक सय जना टोलवासीहरुले प्रेसर , सुगर लगायतको स्वास्थ्य परिक्षण गराएका टोल विकास संस्थाका सचिव पृतिमा ठाडाले बताउनु भयो ।भरतपुर ७ स्थित हेल्थ्पोस्ट चोकमा रहेको पिन्की हेल्थ कियर क्लिनिकको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । टोलमा रहेका अशक्त तथा वृद्धहरु लाई सहज सेवा दिने उदेश्यले निशुल्क…
चितवन, १७ असोज । श्री एयरले भोलि आईतबारबाट भरतपुर– काठमाण्डौं उडान गर्ने भएको छ । एयरलायन्सले ८० सिटे जहाजबाट उडान भर्न लागेको हो । केही दिन चार्टर उडान गरेर नियमित उडान थाल्ने एयरलायन्सले जनाएको छ । चार्ट उडान भएपनि टिकट बिक्रीका लागि अनलाईनमा राखिएको छ । एयरलायन्सका कर्पाेरेट निर्देशक अनिल मानन्धरका अनुसार असोज २२ वा २३ गतेबाट नियमित उडान गरिंदै छ । धावन मार्ग छोटो भएकाले जहाजको सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्न सकिने उहाँको अनुमान छ । एकतर्फी भाडा रु.४ हजार ५०० राखिएको छ । अहिले भरतपुर–काठमाण्डौं बुद्ध एयरले…
काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो । दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको आज सम्पन्न छैटौँ बैठकले बिहीबार सम्झौता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव…
अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढीपहिरोपछि खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालन भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी जनाको उद्धार गरिएको उनले बताए। बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले जानकारी दिए। रासस
काठमाडौं । बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुगेको छ । नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६४ जनाको अवस्था अज्ञात छ । यस्तै ७३ जना घाइते छन् । प्रहरीले ३०३९ भन्दा बढीको उद्धार गरिएको जनाएको छ । प्रहरीले लामो यात्रामा निस्किनुभन्दा पहिले जानकारी लिएर मात्रै जान आग्रह समेत गरेको छ ।
