चितवन , असोज १७ – विजया दशमी तथा शुभ दिपावलीको अबसर पारेर चितवनको भरतपुर ७ स्थित मर्स्याङ्दी टोल विकास संस्थाले निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।
टोलमा रहेका टोलवासीहरुको स्वस्थ्य परिक्षण र उपचारका लागि संस्थाले घटस्थापनाको दिन पारेर आज एक दिने निशुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेको हो । टोलमा रहेका करिव एक सय जना टोलवासीहरुले प्रेसर , सुगर लगायतको स्वास्थ्य परिक्षण गराएका टोल विकास संस्थाका सचिव पृतिमा ठाडाले बताउनु भयो ।
भरतपुर ७ स्थित हेल्थ्पोस्ट चोकमा रहेको पिन्की हेल्थ कियर क्लिनिकको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । टोलमा रहेका अशक्त तथा वृद्धहरु लाई सहज सेवा दिने उदेश्यले निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको भएपनि सेवा लिन चाहाना भएका सबै उमेर समुहका टोल बिकाश संस्थाका सदस्य र सदस्यका परिवारको स्वास्थ्य परिक्षण गरिएको संस्थाका अध्यक्ष कालीमाया गुरुङले बताउनु भयो । उहाँले टोल विकास संस्थाले टोलवासीका हितका लागि विभिन्न समयमा रचनात्मक तथा सामाजिक सेवा अन्तरगतका कामहरु गर्दै आइरहेको बताउनु भयो ।
Trending
- महाभुकम्पको दश बर्ष : पुननिर्माणको काम सुस्त
- आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन सर्वोच्चको अन्तरिम आदेश
- न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत फेला
- कक्षा १२ को परीक्षाको नयाँ तालिका : वैशाख २१ देखि गर्ने बोर्डको निर्णय
- बिहीवार बाट हुने भनिएको १२ कक्षाको परीक्षा स्थगित
- सरकारले निजामती कर्मचारी खटाएर कक्षा १२ को परिक्षा संचालन गर्ने
- सुनको मूल्य दुई लाख नजिक पुग्यो
- शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा