Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    • सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»किन यतिविधि महत्व पाइरहन्छ सुन?
    Life Style

    किन यतिविधि महत्व पाइरहन्छ सुन?

    adminBy adminOctober 11, 2024No Comments14 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं- सुन। चम्किलो धातु। सजिलै पगालेर बन्छ सिक्कादेखि विभिन्न गहनासम्म। गजुरदेखि मूर्तिसम्म। खिया लाग्ने, खुम्चने र क्षय हुने डर छैन। सिधा ठाउँ बनाउँछ आँखामा र दिमागमा। यो अनौठो धातुले विश्व बजारलाई प्रभाव पारिरहेको वर्षौं भयो।


    सञ्चारमाध्यमले निरन्तर सुनका ठूल्ठूला ढिक्का देखाएर मूल्य घटबढमात्र होइन तस्करीका काण्ड पनि पढाइरहेकै छन्। साढे ३३ किलो सुन तस्करीले देश तातेको निकै भयो। जलहरीदेखि मूर्तिलेपनसम्म कति घोटाला भए। यस्ता कति काण्ड आउँदै सेलाउँदै भइरहँदा बजारमा लगानीको भरपर्दो माध्यममा सुनले आफूलाई सधैँ अघि राख्दै आएको छ। यस्तो लाग्छ समाजका हरेक तप्का सुनकै पछि छ।

    नेपालका धेरै समाजमा सुन आभुषणमात्रै होइन संस्कृति नै बनेको छ। नाता जोड्ने माध्यम बनेको छ। कसैको सम्झना बनेको छ। कसैको चिनो बनेको छ। सम्बन्ध चम्काउने माध्यम बनेको छ। जोड्ने बेलामात्रै होइन, छोड्ने बेला पनि सुनकै खाँचो छ। धेरैको विश्वासमा बन्छ, अन्तिम सास फेर्न तुलसीको मठमा पल्टिएको बेला सुनपानी खुवाए ‘स्वर्गको बाटो’।


    नेपाली बजारमा सुनले मूल्यमा कीर्तिमान बनाएको अब नौलो हुन छाडिसक्यो। २०७५ चैतमा ६० हजार ६ सय रूपैयाँ प्रतितोलाको मूल्यलाई अहिले फर्केर हेर्दा मानिसहरू दंग पर्छन्। अहिलेको अवस्था आँकलन गर्दै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने नै अनुमानहरू भइरहेका छन्। मूल्य बढिरहँदा यसमा भइपरीआउने लगानीबाहेक नै पनि आकर्षण कम भएको देखिँदैन।

    चर्को मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाएका संसारभरिका केन्द्रीय बैंकहरूले सुनको माग बढाएकाले पनि अहिले यसको मूल्य थप उकालो लागेको बताइन्छ। सन् २०२२ मा केन्द्रीय बैंकहरूले ऐतिहासिक रूपमा सुन खरिद गरेका थिए। त्‍यसबेला टर्की, उज्वेकिस्तान, भारत र कतार जस्ता देशले उच्च गतिमा सुन किनेका आँकडाहरू छन्।

    अमेरिकामा बैंकहरू धराशायी भएकाले पनि लगानीकर्ताहरूले लगानी सुरक्षित बनाउन सुनको शरण लिइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताइरहेका छन्। डलरको मूल्य घट्दा मूल्यवृद्धि बढ्छ। मूल्यवृद्धि बढ्दा सुनको मूल्य पनि बढ्ने गरेको छ। अमेरिकी डलरको विकल्पका रुपमा सुनलाई लिएर लगानी गर्नेहरू रहेकाले पनि यसको मूल्य बढिरहेको छ। केन्द्रीय बैंकहरूले आफ्नो मुद्राको सुरक्षा प्रत्याभूतिका लागि पनि मुख्य सम्पत्तिका रुपमा सुनको मौज्दात बढाउँदै लगेका छन्।

    सयौँ वर्ष भयो सुनमाथि मानिसको विश्वास जोडिएको। व्यापार विनिमयका अरू दर्जनौँ माध्यम यताउता भइसक्दा सुन भने प्रयोगमा अझ व्यापक बनिरहेकै छ। लगानीको माध्यम सँगसँगै जीवनयापनसँगै जोडिँदा नेपाली बजारमा यसको प्रयोग अनिवार्य झैँ बनिरहेको छ।

    आर्थिक सामाजिक पाटोसँगै सुनको धार्मिक र सांस्कृतिक सम्बन्धलाई पनि हेर्ने हो भने त यो अझै व्यापक देखिन्छ। कतिपयले त यसको औषधीय गुणका बारेमा पनि चर्चा गर्ने गरेका छन्। आयुर्वेदमा स्वर्णभस्मको सेवनले आयु र शक्ति वृद्धि हुनुका साथै रोग नाश हुने उल्लेख भएको जानकारहरू बताउँछन्। धर्म संस्कृतिको अभिन्न अंगमात्रै होइन नेपाली समाजले उखान टुक्कादेखि गीत संगीतमा सुनलाई जोडेको वर्षौं भयो।

    कुनै अन्य वस्तुभन्दा भिन्न जगतको स्वीकारोक्ति गरिएको समयको सुरुवातदेखि नै समाजको आकर्षण सुनमा बढ्दै गएको छ। कति साम्राज्यहरू सुनकै कारण उलटपुलट भए। इतिहासले सुनलाई अन्य कुनै पनि वस्तुभन्दा बढी शक्तिशाली बनाउँदै यहाँसम्म ल्याएको छ। सन् १९७० सम्म त अमेरिकी मौद्रिक प्रणाली नै सुनमा आधारित रहेको थियो। सुनको भौतिक आपूर्तिसँग जोडिएको त्यस्तो प्रणाली फेरिए पनि सारमा विषय अझै उस्तै छ।

    मौलिक दृष्टिकोणलाई विचार गर्ने हो भने सुनलाई मुद्रास्फीतिको विरुद्ध अनुकुल बचाउको साधनका रुपमा पनि लिइन्छ। गिर्दो मुद्राको अवस्थामा जोगाउने साधनका रुपमा सुनको भण्डारणले काम गरिदिन्छ। किनभने मूल्यको शक्ति सुनजति सायदै अरू केहीमा छ।

    सुनमाथिको लगानीमा मानवीय मनोविज्ञानलाई पनि छुट्याएर हेर्न मिल्दैन। डर र अनिश्चितताको समयमा पनि बहुमूल्य पहेँलो धातु जहिले पनि लगानीमा बढ्न सकिने माध्यम बनेको छ। आर्थिक मन्दीको भयावहमा पनि मानिसले पहिलो साथ यसैको लिँदै आएका छन्। शाब्दिक चकम र धनको प्रतिकात्मक तस्बिर सँगसँगै मानव सभ्यतासँग बढिरहेको सुन अझै वर्षौंसम्म यसैगरी जाने देखिन्छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025

    चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा

    September 11, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,582

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,137

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024565

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025458
    Don't Miss
    News
    News

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    By Laxman GautamSeptember 22, 2025

    चितवन ,असोज ६ – समुन्नत समाजका लागी नेतृत्व लाई आत्मसाथ गर्दै माडी जेसीजद्वारा आयोजित जेसीज…

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.