चितवन, फागुन १८ – चितवनको माडी नगरपालिका वडा नम्बर ७ किर्तनपुरकी एक महिलाको गैंडाको आक्रमणमा बाट मृत्यु भएको छ ।
आज दिउँसो गाउँ सगै जोडिएको गोपालनगर सामुदायिक वनभित्र बाख्रालाई घाँस काटने क्रममा मा ५५ बर्षीया शान्ति नेपालीलाई गैंडाले आक्रमण गरेको हो ।
घाइते नेपालीलाई उपचारका लागि बघौंडा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक नेपालीको टाउको लगायतको बिभिन्न भागमा गम्भीर चोट लागेको जनाइएको छ ।
माडी क्षेत्रमा यसअघि पनि गत माघ १९ गते माडी-१ ध्रुबमा भुतही महतोको मृत्यु भएको थियो भने माघ १ गते माडी-३ का छबिलाल बोट र माघ ७ गते माडी-७ किर्तनपुरकै शिवराज भण्डारीको मृत्यु भएको थियो ।