सुदीप थापा – ठोरी -२ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा एउटा छुट्टै ईतीहास बोकेको बिध्यालय हो ! पिपलको रुखबाट अध्यापन शुरु भएको यस बिध्यालयले आफैले बिध्यार्थी जम्मायो आफ्नै लागी मेरुदण्डहरु हरु खडा गर्यो ! पुरानो ईतीहास बोकेको बिधालय अहिले नमुना बिधायलययको रुपमा स्थापीत छ ! सुबिधा सम्मन भवनहरु छन् ! बिधालयको प्रगती ढिला भएपनी राम्रो जग बस्दै गएको छ ! यो उपलब्धी यसै भएको भने होईन सो बिध्यालयलाई बिभीन्न भुमीकामा कठीनताका बाबजुत आफ्नो जिवनको महत्वपूर्ण आधा समय दिने पात्रहरुकै कारण आज बिध्यालयले एउटा इतीहास बनाउदै अघी बढेको छ !
उही पात्र मध्यका एक हुनुहुन्छ आदणीय कृष्ण प्रसाद पौडेल ! सर्लक्क सिधा जिउडाल , शिरमा हर समय नेपालको पहिचान ढाकाटोपी , सधै चिटिक्क साधारण झल्कने पहिरन स्पष्ट स्वर , कला र गलाका धनी उहाँ म आफै चेलो भएर उहाँ बारे अहिले पुंन सम्झिरहेको छु घर देखी बिधालय सम्म १० औं बर्ष १ घण्टाको बाटो पैदल , फोनीक्स साईकल हुदै , मोटरसाईकल सम्मको यात्रा गर्दै अवकाशको लिनुभयो !
सोच्नुस त एउटा ब्यक्ती एउटै संस्था संग कती समय स्पर्ष गर्न सक्ला ? केही बर्ष त सामान्य हो तर सरस्वती माध्यमिक विद्यालय ठोरीमा आफ्नो आधा जिवन बिध्यार्थी, शिक्षक हुदै प्रधानध्याकसम्मको अनुभब बटुलेर करीब ८-९ बर्ष बिध्यार्थी जीवन र ३१ बर्षको अध्यापन जिवनबाट आदणीय कृष्ण प्रसाद पौडेल अवकाश हुनुभएको छ । सो बिध्यालयमा नेपाली शिक्षकको रुपमा रहेर उहाँले हजारौं बिध्यार्थीलाई शब्द -शब्द सिकाउनु भयो , शुद्धाताहरु , शब्दहरुलाई जोडेर वाक्य बनाउन सिकाउनु भयो , वाक्यहरुलाई जोडेर कथाहरु , कबिता हरु , साहित्य हरु , रचनाहरु , सांरशं देखी बिबेचना सम्म , जिवनी देखी निबन्ध सम्म , सल्लेषण देखी विश्लेषण सम्म जिवन उपयोगी शिक्षा कती पाठ र बिषयका कुरा कती जीवन भोगाईका कुरा मिठासता , तार्कीकता , प्रष्टता सबै पाटोमा दख्खल राख्ने आदणीय गुरु कृष्ण प्रसाद पौडेल २०३१ साल बाट बिध्यालय संगको यात्रा बाट उहाँले भर्खरै मात्रै अवकाश लिनुभयो !
२०३१ सालमा कक्षा ४ भ्रना हुनुभएको उहाँ ७ कक्षा सम्म सोही बिध्यालयमा पढ्नुभयो माबी नभएका कारण कक्षा ८ पढ्न माडी बसन्तपुर कक्षा ८ सकेर पुंनं ९ र १० कक्षा पढ्न ठोरी नै जानुभयो ! उहाँ २०५० सालबाट सो स्कुलमा अस्थायी नियुक्ती हुदै शिक्षकको भुमीका निर्वाह गर्नुभएको हो ! यस बिचमा उहाँले २ पटक प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्मालने अवसर मिलेको उहाँ बताहुन्छ ! उहाँले ३१ बर्ष पढाएका बिध्यार्थीहरु आज सबै क्षेत्रमा छरीएका छन् किसान, शिक्षक , चिकित्सक , ईन्जीनियर ,पत्रकार , राज्यका बिभीन्न पदमा , ब्यवसायी आदी आदी उहाँले हजारौंको जीवनमा मात्र निखारता ल्याउनु भएको छैन बिध्यालयको आन्तरीक शैक्षीक माहोलको जिम्मेवारीको भुमीकामा पनी उहाँ सफल रहनु भयो ! उहाँ सम्झनुहुन्छ म २०५१ मा प्रधानाध्यापक हुदा चुतौतीहरु थिए आन्तरीक स्रोतबाट तलब खुलाउनु पर्ने बाध्यता थियो ! शिक्षकहरुको २-३ महिनको तलब खुवाउने नसकेको अवस्थमा जिम्मेवारी लिए त्यो बेला असलता पुर्बक बिधालयको आर्थीक संकट पार लगाएको म सम्झन्छु ! म बिध्यालयमा आउदा बाहीरी जिल्लाका शिक्षकहरुको बाहुल्यता शैक्षीक गुणस्तरको ज्यादै नाजुक अवस्थाका बाबुजुत शैक्षीक गुणस्तर सुधारका लागी नियमीत जीवनका उर्जावान समय बिधालयलाई दिने प्रयास रहेको उहाँ बताउनुहुन्छ ! बिध्यालयमा मैले दोस्रो पटक २०८० मा प्रधानाध्यापको अवसर पाँए शैक्षीक गुणस्तर सुधारमा सबै प्रधानाध्यापक हरुलाई राम्रै गरौं उत्कृष्ठ बनाउ भन्ने नै रहन्छ ! सबै शिक्षकहरुको योगदान राम्रो छ मेरो कार्यकालमा सबैको सहयोग रह्यो तरपनी हामीले शैक्षीक नतीजा सोचेजस्तो गर्न सकेनौं !
बिधालयको अवस्था सुधार उन्मुख छ ! गर्बका साथ भन्नुपर्छ पछिल्ला समयमा बिध्यालयले एउटा राम्रो जग बसालेको छ ! शैक्षीक गुणस्तर सुधार देखी धेरै क्षेत्रमा औषत भन्दा राम्रो हुदै गइरहेको छ ! हामी सरस्वती माबी बाट नमुना माबी मा परीणत छौं ढिलो चाँडो शैक्षीक नतीजा उत्कृष्ठ आउछ ! एउटा बिध्यालयलाई सफल बनाउन शिक्षक वा प्र अ ले मात्र नसक्ने उहाँ बताउनुहुन्छ ! बिध्यालय ब्यवस्थापन समिती , बिशेष अभिभावक र मुख्यत स्थानीय सरकारको शैक्षीक रणनीती , सामजीक माहोल , सबै पाटोबाट शैक्षीक गुणस्तरमा लाग्ने हो भने शैक्षीक सुधार तिब्र हुने उहाँ बताउनुहुन्छ ! एउटा ब्यक्तीको जीवनमा सबैभन्दा ठुलो सम्पती भनेको शैक्षिक ज्ञान हो ! शैक्षीक गुणस्तर हासील गरेको ब्यक्तीले जिवन छिचोल्न कहिले कठिनाई नहुने उहाँको तर्क छ ! आफु अवकाश लिएपनी सरस्वती माबीसंग आधा जिवन बिताएकाले यो बाट टाढा बस्न नसक्ने र बिध्यालयका लागी हरदम हर भुमीकाबाट जोडीराख्ने उहाँले बताउनु भयो ! एउटा ब्यक्तीको ४० बर्ष सम्म एउटै बिध्यालयमा बिभीन्न भुमीकार रहेर अगाडी बढ्दा आफ्नो जिवन र कर्म बाट उहाँ खुशी हुनुहुन्छ पछिल्लो समय समाजमा कर्म परीवर्तन गरीरहने , जिवनको दिशा थाहा नपाउने , चन्चल स्वभाबले स्थान कार्य परीवर्तन गरीरहने , सामुदायिक विद्यालयलाई कमजोर सम्झिएर शहर केन्द्रित शिक्षा दिने जुन परीपाटी छ यसले समाजलाई दिर्घकालीन राम्रो गर्दैन भन्ने उहाँको बुझाई छ ! शिक्षा , संस्कार , अनुशासन भनेको जुन कुना बाट पनी लिन सकिन्छ एक- दुई जनाले गरेर गुणस्तरीय हुने होईन सबैले केहीले योगदान केहीले खबरदारी मात्र गर्ने हो भने समाजमा शिक्षा सहित सबै कुराको सुधार रहन्छ भन्ने उहाँको तर्क छ ! ग्रामीण भेग प्रतीको अवस्थाप्रती गुरुको चिन्तन निरन्तर छ ! हामी स्थापीत हरुनै बिस्तापीत हुन थाल्यौं भने नयाँ समाजमा नयाँ अध्याय शुरु गर्नुपर्छ आफ्नै ठाँउ बनाउने हो योगदान दिने हो भने सहज परीवर्तन हुने उहाँ बताउनुहुन्छ!