आज मिति २०८३/०२/१५ गते सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुरमा WWF Nepal को सहयोग तथा काठमाण्डौ बिश्वबिद्धालयका डा. राम देवी तचामो तथा त्रिभुवन विश्वविद्यालय, वातावरण बिग्यान केन्द्रीय बिभाग TU, CDES का डा. दिपनारायण साह लगाएतका विज्ञहरूको सहभागितामा “Water Quality Monitoring and Assessment for Selected Wetlands in Lower Narayani River Basin” विषयक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
यस कार्यक्रमको प्रमुख उद्देश्य समुदायमा आधारित सिमसार स्वास्थ्य अनुगमन सम्बन्धी अभिमुखीकरण प्रदान गर्नुका साथै स्थानीय समुदायलाई नियमित Wetland Health Monitoring मा सक्षम बनाउनु रहेको थियो। कार्यक्रममा वातावरण संरक्षण, सिमसार व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानप्रति स्थानीय समुदाय र बिद्यार्थीहरुको सहभागिता अझ सुदृढ बनाउने विषयमा महत्वपूर्ण छलफल तथा प्रशिक्षण सम्पन्न भयो।
सप्तगण्डकी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द पराजुलीको संयोजनमा सन्चालन भएको कार्यक्रममा सप्तगण्डकी क्याम्पस वातावरण विग्यानका बिएस्सी प्रथम दोस्रो तेस्रो बर्षका बिद्यार्थी, वालकुमारी कलेजका विद्यार्थी तथा वातावरण विग्यानका प्राध्यापक, सामुदायिक वनका पदाधिकारी तथा स्थानीय समुदायका करिब 35 जनाको सहभागिता रहेको कार्यक्रम उप प्राध्यापक ध्रुब आचार्यको सन्चालनमा सम्पन्न भयो ।


