Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु

    May 12, 2025

    मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न

    May 10, 2025

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु
    • मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न
    • भारत र पाकिस्तान युद्धविराम गर्न सहमत
    • चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो
    • चितवनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइँदै
    • पाकिस्तान माथी भारतको हमला :३० जना मारिएको दाबी
    • एमाले नेता प्रदीप नेपालको निधन
    • पानी पार्ने बादल पश्चिमबाट पूर्व सर्दा काठमाडौंसहितका भूभागमा वर्षा
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»आन्तरिक पर्यटकको हट स्पट बनेको मिचाहा वनस्पति जलकुम्भीले अन्तत सिमसार क्षेत्रहरू सुकाउने छ
    Special

    आन्तरिक पर्यटकको हट स्पट बनेको मिचाहा वनस्पति जलकुम्भीले अन्तत सिमसार क्षेत्रहरू सुकाउने छ

    adminBy adminMay 24, 2024No Comments419 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    केशव आचार्य – विश्वको कुनै एक भूभागमा प्राकृतिक रुपमा उत्पत्ति भई विभिन्न माध्यमबाट अर्को भूखण्डमा प्रवेश गरी प्राकृतिक रुपमा छिटो छिटो फैलने, प्रतिकुल बासस्थानमा पनि हुर्कन सक्ने र त्यहाँ रहेका स्थानीय वा रैथाने प्रजाति एवं पर्यावरणीय चक्रलाई असर पार्ने वनस्पतिको प्रजातिहरूलाई मिचाहा प्रजाति भनिन्छ। यस्ता बाह्य मिचाहा वनस्पतिकाहरू जैविक विविधता एवं पर्यावरणीय पद्धतिमात्र नभएर, मानव र जनावर स्वास्थ्यलगायत सामाजिक र राज्यको अर्थतन्त्रमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समेत नकारात्मक प्रभाव पारिरहेका हुन्छन् ।

    नयाँ वातावरण र बासस्थानमा अन्य जैविक प्रजातिहरूको हस्तक्षेप नहुँदा यस्ता मिचाहा प्रजातिहरूको अत्याधिक फैलावट हुने गर्दछ । जसको कारण रैथाने वनस्पति र जीवहरूमा नकारात्मक प्रभाव पर्न जान्छ। नेपालमा १८० प्रजातिका बाह्य वनस्पति भित्रिएको पाइएको छ, जसमध्ये २९ प्रजातिका वनस्पतिहरू बाह्य मिचाहा वनस्पतिका रूपमा स्थापित भइसकेका छन् भने कतिपय स्थापित हुनेक्रममा छन् ।

    यस्ता बाह्य मिचाहा वनस्पतिकाहरू रैथानी वनस्पतिभन्दा छिटो वृद्धि र परिपक्क हुने, जरा काण्ड पात बिउ आदिबाट सजिलै उत्पादन र पुन उत्पादन हुनसक्ने, प्रतिकूल वातावरणमा पनि पुनरुत्पादन क्षमता तीव्र र अत्याधिक हुने, , सुक्खा वा दलदल, अम्लीय वा क्षारीय जमिन र माटोमा सजिलै उम्रन र हुर्कन सक्ने, बिउ मसिना एवं हलुका र अधिक मात्रामा उत्पादन गर्ने, रोगप्रतिरोधी हुन्छन् । रैथानी प्रजातिले भन्दा सजिलैसँग माटो र पानीबाट पोषण तत्त्व सोसेर लिन सक्ने, पहरिलो घाम मन पराउने र चर्को तापक्रम, अधिक वर्षा, अम्लीय वर्षा जस्ता विषम अवस्थामा पनि अनुकूलित हुन सक्ने, फरक फरक मौसममा पनि फूल फुल्ने, फल लाग्ने र प्रसारण हुन सक्ने, हावा वा पन्छी वा किट पतङ्गबाट परागसेचन हुने र तीव्र फैलन सक्ने क्षमता भएका कारणले नयाँ स्थानमा सजिलैसँग पुनरउत्पादन हुने र स्थानीय वातावरण सुहाउने गरी आफ्नो रूप वा आकृति परिवर्तन गरी वृद्धि हुने जस्ता विशेषताहरू रहेका हुन्छन् ।

    जलवायु परिवर्तनको कारणले केही वनस्पति लोप हुँदै गएका छन् । तर कतिपय मिचाहा खालका वनस्पती भने फैलिँदै छन् । यस्ता बाह्य मिचाहा वनस्पतिहरू जैविक विविधता विनाशको दोस्रो प्रमुख कारणका रूपमा स्थापित भइसकेका छन् । नेपालमा मिचाहा प्रजातिले जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा असर पारेको भए तापनि के कस्तो असर पारेको छ भन्नेबारे खासै अध्ययन भएको पाइँदैन। नेपालमा पाइएको यस्ता २९ प्रजातिका बाह्य मिचाहा वनस्पतिमध्ये चार प्रजातिहरू क्रोमोलिना ओडोराटा (सेतो वनमारा), पण्टेदेरिया क्रयाप्सिस (जलकुम्भी), ल्यान्टाना क्यामेरा (वनफाँडा) र माइकेनिया माइकाक्र्यान्टा (लहरे बनमारा) विश्वकै एक सय खतरनाक वनस्पतिहरूमध्ये पर्दछन् । चितवन राष्ट्रिय निकुञ्जमा लहरे बनमारा (माइकेनिया माईकाक्र्यान्टा) व्यापक रूपमा फैलिँदै त्यहाँको चरन क्षेत्र र घाँसेमैदानलाई ढाकेर लोपोन्मुख एकसिङ्गे गैँडाको आहार उपलब्धता घटाएको र आहार मार्गमा व्यवधान पुर्‍याएको समाचार सार्वजनिक भएका छन् ।

    मिचाहा प्रजातिले गर्दा वनमा पाइने घाँस र गैरकाष्ट वन पैदावार घटेको, खेतीयोग्य जमिन र कृषि उत्पादनमा व्यवधान पुर्‍याएको, रैथाने र जलीय जीवजन्तु घटेको, वनजङ्गलमा डडेलको प्रकोप पनि बढेको छ। त्यस्ता वनस्पति गाईबस्तुले खाएमा उनीहरूले दिने दूध तीतो र बेस्वादिलो हुने, मानिसमा समेत एलर्जीजस्तो छालाको रोग लाग्नुको साथै अप्रत्यक्ष रूपमा विभिन्न शारीरिक तथा मानसिक असर पार्ने कतिपय अध्ययन र अनुभवहरूले बताएका छन् । विभिन्न अध्ययनहरूले नेपालको कृषि क्षेत्र मिचाहा वनस्पतिको जोखिमको हिसाबले संसारकै तेस्रो उच्च जोखिमयुक्त भनी वर्गीकरण गरेका छन्। मिचाहा वनस्पति प्रजातिहरू खेतबारी, ओसिलो जमिन, सडक किनार, वन, चरन, खुल्ला तथा बुट्यान क्षेत्र, सिमसार र तालहरूमा प्रशस्त मात्रामा फैलिरहेका छन् र तिनीहरूमा असर पुर्‍याएका छन्।
    पूर्ण वा आंशिक रूपमा पानीले ढाकेको क्षेत्रलाई सिमसार क्षेत्र भनिन्छ। चितवनको बीसहजारी र वरिपरिको तालहरू‚ सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र र वरिपरिका सिमसारहरू‚ कपिलवस्तुको जगदीशपुर ताल‚ कैलालीको घोडाघोडी ताल‚ इलामको माइपोखरी, कास्कीको फेवा ताल लगायत वरिपरिका नौ ताल, ललितपुरको नागदहमा विभिन्न ६ प्रजातिका बाह्य मिचाहा वनस्पतिहरू पण्टेदेरिया क्रयाप्सिस (जलकुम्भी), इपोमोए कार्न्य (बेसरम), अल्टर्नन्थेरा फिलोक्षेरोइदइस (जल जिम्बु/पटपटे), मुरियोफुल्लुम एक्वाटिकुम, लीर्सिया हेछन्द्रा (करौते घाँस), पिस्टिया स्त्रेसटेस (कुम्भिका) सिमसार क्षेत्रमा तीव्र गतिमा फैलिरहेका छन्।
    जसमध्ये विश्वकै एक सय खतरनाक र नेपालको उच्च जोखिमयुक्त ६ मिचाहा वनस्पतिको प्रजाति मध्ये जलकुम्भी, पनि एक प्रजाति पर्दछ। जलकुम्भीको वैज्ञानिक नाम पण्टेदेरिया क्रयाप्सिस (Pontederia crassipes Mart. ), र वनस्पति परिवार पण्टेदेरेसमा पर्दछ । अङ्ग्रेजीमा यसलाई वाटर हाइसिन्थ भनिन्छ, र साउथ अमेरिकाबाट उत्पत्ति भएर विभिन्न माध्यमबाट नेपाल भित्रिएको भन्ने गरिन्छ । नेपालको पूर्वदेखि पश्चिम ७५ – १५०० मिटरको उचाइसम्म तालतलैया, पोखरी, सिमसार क्षेत्र, दलदल क्षेत्र, खोला किनारमा प्रशस्त फैलिएको पाइन्छ। जलकुम्भी पानीमा तैरिने ५० सेन्टिमिटरसम्म अग्लो हुने बहुवर्षीय जलीय वनस्पति हो। यसमा एउटै डाँठ छत्रमा करिब १० वटा जति पात डाँठको वरिपरिबाट निस्किएका हुन्छन्। यसको पात गोलाकार, अण्डाकार वा मृगौलाकारका चिल्ला हुन्छन्। पातका डाँठ हावाको थैलीले भरिएर फुकेका हुन्छन् र हरेक पातको फेदबाट जरा निस्किएका हुन्छन् । यसर्थ बिरुवा पानीमाथि तैरिएर रहेका हुन्छन् । फुल बैजनी रङको सुन्दर हुन्छ। यो वनस्पतिको बिउ र पात दुवैबाट प्रसारण हुन्छ। बिरुवालाई पानीसँगै बगेर, चराको चारोको रूपमा, माटोमा भएका बिउहरू पशुपंक्षीको शरीरमा वा यातायातका साधनमा टाँसिएर सोवनीय बिरुवाको रुपमा ओसारपसार गर्दा यसको फैलावट हुने गरेको देखिन्छ। जलकुम्बी वैशाखदेखि पौषसम्म फूल फुल्ने र असारदेखि फागुनसम्म फल लाग्ने गर्दछ।

    जलकुम्भीले जल यात्रामा अवरोध सिर्जना गर्दछ। माछापालन लगायत जलीय वनस्पतिहरूको व्यवसायमा अवरोध गर्छ र व्यवसायको लागत बढाउँछ। सिँचाइ, जलविद्युत बाँध, पुलमा अवरोध गरी भत्काएर क्षति पुर्‍याउँछ। रैथाने जलीय जीवजन्तु खासगरी माछा,कछुवा , घोङ्गी,गंङटो, हिले माछा,कोवा माछा, पाहुना चरा सृप प्रजाती, सुन गोहि,मगर गोहि,डोर सर्प र रैथाने वनस्पतिका साथै चरा प्रजातिको अस्तित्वमा खतरा पुर्‍याउँछ। पानीमा अक्सिजनको मात्रा घटाउनुका साथै सेडिमेन्टेसनको दर बढाई अन्तत पानीका स्रोतलाई सुकाइदिन्छ। पानीको भौतिक रासायनिक गुणमा परिवर्तन गरी दूषित बनाउँछ। लामखुट्टे, संके किराको लागि उपयुक्त बासस्थान बनी यिनीहरूको सङ्ख्यामा वृद्धि गराउन मद्दत गर्दछ। जसले गर्दा मलेरिया, डेङ्गु, इन्सेफ्लाइटिस, सिसटोमेसिया, हात्तीपाइले, हैजा जस्ता रोगहरूको प्रकोप बढाउँछ। जलकुम्भी फैलिएको पानीको स्रोतलाई सिँचाइको लागि उपयोग गर्दा बोटबिरुवालाई चाहिने पर्याप्त मात्रामा पोषण तत्त्वको कमी भएको विभिन्न अनुसन्धान अरुले देखाएका छन्।

    चितवन राष्ट्रिय निकुञ्जको र मध्यवर्ती क्षेत्रका बाटुलीपोखरी ताल, किङ फिसर ताल र अन्य तालतलैया, पोखरी, सिमसार क्षेत्र, दलदल क्षेत्र, घोल, खोला किनारमा, यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यतिबेला जलकुम्भी फुल्ने र फल्ने समय हो। यही फुलेका जलकुम्भीका कारण यतिबेला आन्तरिक पर्यटकको भिड देखिन्छ । जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ । दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँ आउने पर्यटक जलकुम्भीको फुल टिप्छन्, फोटो भिडियो खिच्छन्, टिकटक बनाउछन् र नाच्छन् रमाउँछन् । फर्कने बेलामा गमलामा सार्छौं भनेर केहीले फूलसहितका जलकुम्भी लैजाने पनि गरेका छन् जसको कारण जलकुम्भी को फैलिने सम्भावना अझ बढीरहेको छ। पर्यटक धेरै आउँदा क्षणिक रूपमा आम्दामी बढेको तर दीर्घकालीन रुपमा यसको असर अगनीय हुन पुग्नेछ । मध्यवर्ती वन उपभोक्ता र सरोकारवालाहरूले जलकुम्भी झार बढेको कारण पानीको सतह कम भएकाले तालको अस्तित्व गुम्न सक्ने र यसको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको बताएका छन्। संरक्षणको क्षेत्रमा काम गर्ने संरक्षणकर्मीहरूले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सृजना गर्ने बताए ।

    जलकुम्भीको फूल देखाएर पर्यटक बढाउन खोज्ने चिन्तनले, सिमसार क्षेत्र नै सङ्कटमा पुगेको र यसलाई हटाउन ठूलो मिहिनेत र खर्च खर्च गर्नुपर्ने बताएका छन्। मान्छे प्रकृतिमा रमाउन चाहान्छ, र अहिले क्षणिक रमाइलोको कारणले यहाँको रैथाने जलीय जीवजन्तु र जैविक विविधता नै संकटमा पर्न गएका छन्। यहाँका सिमसार क्षेत्र यस क्षेत्रको सिँचाइको स्रोत र कृषि प्रणालीसँग प्रत्यक्ष जोडिएकाले तालहरूको संरक्षण र जलकुम्भीको दीर्घकालिन समस्या समाधन र व्यवस्थापनमा तत्काल अग्रसर हुनुपर्ने आवश्यक देखिएको छ।
    जलकुम्भी उच्च फैलावट र तीव्र पुनउत्पादनको कारणले नियन्त्रण गर्न त्यति सहज भने छैन। तथापि व्यवस्थापनकामा विभिन्न उपायहरू अपनाउन सकिन्छ। जलकुम्भी व्यवस्थापनको लागि सुरुकै अवस्थामा हातले वा अन्य साधनको प्रयोग गरी सङ्कलन गर्ने । पानीमा मुख्ययता फस्फरस र नाइट्रोजनको मात्रालाई सिमित गर्ने । नदी, खोला, नहर, कुलो आदिमा बार घोचा राखी संकलन गरी हटाउने । जलकुम्भीबाट कम्पोस्ट मल र मिथेन ग्यास प्लान्ट सञ्चालन पनि गर्न सकिन्छ। इटा भट्टीमा इन्धनको रुपमा र कागज उद्योगको लागि कच्चा पदार्थको रुपमा प्रयोग गर्ने साथै गाईवस्तुलाई सिमित मात्रामा खुवाउन सकिन्छ। भौतिक व्यवस्थापनको विधिअनुसार प्रभुत्व जमाएको अथवा भर्खरै स्थापित हुन लागेको क्षेत्रमा गएर जरैदेखि सङ्कलन गर्ने अथवा पुनःस्थापति हुन नसक्नेगरी त्यसको विनाश गर्ने गरिन्छ । त्यसको बायोमासलाई मुख्यतः खाल्डो खनेर जमिनमुनि पुर्ने अथवा जलाउने विधि अवलम्बन गरिन्छ, जसले गर्दा सो वनस्पतिले पुनः आफ्नो स्थायित्व कायम गर्न सक्दैन । तसर्थ, नेपालमा भौतिक व्यवस्थापनको विधिलाई छिटोछरितो र उपयुक्त विधिका रूपमा लिन सकिन्छ ।
    धेरै ठाउँमा जनकुम्भी फैलिएपछि यसलाई नष्ट गर्न अमेरिकाबाट न्यूचेटिना प्रजातीको किरा ल्याइएको छ। जुन किराले पर्यावरणलाई असर नगरी जलकुम्भी झार नष्ट गर्न सहयोग गर्छ। जलकुम्भी नष्ट गर्न रासायनिक विधि भने प्रयोग गर्नु हुँदैन । रासायनिक पदार्थको प्रयोग गरे पर्यावरणका अन्य जिवजन्तु, वनस्पती तथा खेतीबालीलाई असर पार्न सक्छ । त्यही भएर यो झारलाई जैविक विधिबाटै नष्ट गर्नुपर्ने विज्ञको सुझाव छ ।

    यस्ता हानिकारक वनस्पति प्रजातीहरू भित्रिन नदिन कडा क्वारेन्टाइन गर्ने र राम्रोसँग विज्ञहरू मार्फत अध्ययन अनुसन्धान गराएपछि मात्र बाह्य वनस्पति भित्र्याउने जस्ता विधिहरू अपनाउनु अत्यावश्यक हुन पुगेको छ ।

    (लेखक वनस्पतिशास्त्री हुनुहुन्छ, उहाँले सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्यापन गराउनुहुन्छ । )

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025

    पानी पार्ने बादल पश्चिमबाट पूर्व सर्दा काठमाडौंसहितका भूभागमा वर्षा

    May 4, 2025

    शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

    April 21, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,558

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,115

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024544

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025436
    Don't Miss
    News
    News

    नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु

    By Laxman GautamMay 12, 2025

    चितवन , बैशाख २९ – आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा…

    मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न

    May 10, 2025

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025

    चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो

    May 9, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.