Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»विद्यार्थीहरुले बाटुली पोखरीमा जलकुम्भी झार सफा गरी वातावरण दिवस मनाए
    Life Style

    विद्यार्थीहरुले बाटुली पोखरीमा जलकुम्भी झार सफा गरी वातावरण दिवस मनाए

    adminBy adminJune 5, 2024No Comments108 Views
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनको वातावरण विज्ञान विद्यार्थीहरुको क्लब अफ ईन्भाईरोन्मेन्ट साईन्स सप्तगण्डकी (सि.ई.एस.एस) को आयोजनामा भरतपुर महानगर युवा संजाल, ग्रिन ल्याण्ड स्कुल र वेटर चितवनको सहकार्यमा विश्व वातावरण दिवस (जुन ५) को अवसरमा बाटुली पोखरीको केहि क्षेत्रमा फैलिएको जलिय मिचाहा प्रजातीको झार जलकुम्भी सफा गरेका छन।


    क्लबका बर्ष-२०२४ का अध्यक्ष हार्दिका राउतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १३ का वडा सदस्य चहे बहादुर तामाङ, बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष शदानन्द ढकाल, बाटुलीपोखरी टोल विकास संस्थाका प्रतिनिधी कल्पना सुनार, सप्तगण्डकी बहुमुखी क्याम्पसका लेखा नियन्त्रक तोयानाथ भट्टराई, कर्मचारी संघका अध्यक्ष कृष्ण भुसाल, वातावरण विज्ञानका सहायक प्राध्यापक ध्रुब आचार्य, सुरज न्यौपाने, भरतपुर महानगर युवा संजालका अध्यक्ष अन्जान दवाडी, बेटर चितवनका संयोजक सागर कार्की, ग्रिन ल्याण्ड सेकेन्डरी स्कुल भरतपुरका फाउन्डर प्रिन्सिपल ईन्दिरा कार्की, सहायक प्राध्यानाध्यापक उपेन्द्र आचार्य, ईको क्लब संयोजक मनोज खड्का लगाएत बि.एस्सी वातावरणीय विज्ञान विषयका विद्यार्थीहरु, ग्रिनल्याण स्कुलका विद्यार्थी गरी करिव ८५ जनाको सहभागिता रहेको थियो ।

    कार्यक्रमको उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथी वडा १३ का वडा सदस्य चहे बहादुर तामाङले जलकुम्भी झार फुलेको देखेर केहि वर्ष यता बाटुलीपोखरी वरपर आन्तरिक पर्यटकहरुको घुईचो बढेको भएपनि यो झारको ब्यापक फैलावटका कारण यस क्षेत्रका जलीय जिव माछा, कचुवा, घोँगी, गोही लगाएतको बासस्थान बिग्रदै गएको तथा तिनका संख्या र प्रजाति घट्दै गएको बताउँदै यसको ब्यवस्थापनका लागि स्थानीय समुदाय, राष्ट्रिय निकुन्ज, मध्यवर्ती सामुदायिक वन, वडा कार्यालय तथा महानगरपालिका बाट उचित कदम चालिनुपर्ने बताउनुभयो।


    सन १९७२ को जुन ५-१६ सम्म संयुक्त राष्ट्रसंघको महासभा “स्टकहोम कन्फरेन्स” को निर्णय अनुसार विश्व स्तरको विद्यमान वातावरणीय खराबी, समस्याहरू र चुनौतीहरूको सम्बोधन प्राकृतिक हिसाबले स्वास्थ्यकर वातावरण विश्व मानव जातिको निमित्त लायक बनाउन आवश्यक चेतनामूलक अभियानहरू र कार्यक्रमहरू गर्ने अभिप्रायले पहिलोपल्ट सन १९७३ जुन ५ मा विश्व वातावरण दिवस ‘एउटै जीवयुक्त पृथ्वी बचाऊ’ भन्ने नारासहित मनाइएको थियो । यस बर्ष विश्व वातावरण दिवस-२०२४ को मुख्य स्लोगान हाम्रो भूमीः हाम्रो भविष्य अर्थात भूमी पुनस्थापनाःमरुभूमिकरण र खडेरी लचिलोपना” रहेको छ ।

    कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका वातावरण विषयका सहायक प्राध्यापक ध्रुब आचार्यले विश्व समुदायमा वातावरण प्रदुषण एक चुनौतीको रुपमा रहेको, नेपाल पनि अछुतो नरहेको धारणा राख्दै संयुक्त राष्ट्रसंघ यु.एन.सि.सि.डी.का अनुसार विश्वको ४० प्रतिशत जमिन क्षयिकरण भएको तथा सन २००० देखि यता जमिनको क्षयिकरण २९ प्रतिशतले बढेकोले विश्वको आधा जनसंख्या यसको मारमा परेको, तथा यहि अवस्थाको निरन्तरता रहेमा सन २०५० सम्ममा विश्वको ७५ प्रतिशत जनसंख्या प्रभावित हुने अनुमान रहेको बताएका छन । यसै गरी संयुक्त राष्ट्र संघले सन २०२१ देखि २०३० को दशकलाई यु.एन. डिकेड अन ईकोसिस्टम रिस्टोरेसन “पारिस्थीतिकीय प्रणालिको पुनस्थापना दशक” घोषणा गरेको जानकारी गराउनुभयो। यसर्थ जलीय पारिस्थितिकीय प्रणाली जोगाउन मिचाहा प्रजातिका जलकुम्भी लगायतका झारको उचित ब्यवस्थापन गर्न आवस्यक रहेकोले यो कार्यक्रम अति नै सान्दर्भिक रहेको बिचार ब्यक्त गर्नुभयो ।

    वातावरण विज्ञान विषयका सहायक प्राध्यापक सुरज न्यौपाने तथा वेटर चितवनका संस्थापक सागर कार्कि लगाएतले आफ्नो धारणा राख्ने क्रममा भने “पछिल्लो केहि वर्षदेखि चितवन राष्ट्रिय निकुन्ज वरिपरीका तालहरु बाटुली पोखरी, बिसहजारी ताल लगाएतका सिमसारहरुमा जलकुम्भी झारको फैलावट बढ्दो रहेको पाईएको छ । यसले सिमसार क्षेत्रहरुमा पानीको मात्रा घटाउँदछ, जसका कारण रैथाने जलिय जिवजन्तुको बासस्थान संकटमा परेको छ । यसको फैलावटले पानीमा घुलित अक्सिजनको मात्रा घटाउँदछ, पानीको भौतिक तथा रासायनिक गुणमा परिवर्तन ल्याउँदछ । पानीका स्रोतलाई छिट्टै सुकाईदिने, हुनाले यसले पारिस्थीतिकीय पद्धतिमा नकारात्मक प्रभाव ल्याउँदछ । “

    जलकुम्भी झारको नकारात्मक प्रभाव र यसको समाघानका लागि जनचेतना जगाउने उद्येश्यले कार्यक्रम आयोजना गरेकोमा बिद्यार्थीहरुको क्लबलाई धन्यबाद दिदै सप्तगण्डकी बहुमुखी क्याम्पसका लेखा नियन्त्रक तोयानाथ भट्टराईले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा ग्रिनल्याण्ड सेकेन्डरी स्कुलका फाउन्डर प्रिन्सिपल ईन्दिरा कार्कीले यो कार्यक्रमले बिद्यार्थीहरुलाई सिमसारको मतहत्व बुझाउन र यसको संरक्षण गर्न अभिप्रेरणा मिल्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रम क्लब अफ ईन्भाईरोन्मेन्ट साईन्स सप्तगण्डकीका सचिव प्रतिक कंडेलले सन्चालन गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    December 13, 2025

    सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल

    July 2, 2025

    माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.