Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: Laxman Gautam
काठमाडौँ जारी शिक्षक आन्दोलनमा सहभागिता जनाएर फर्किएका शिक्षक सबार प्र. १ –०१–००१ ख ४२३५ न को यात्रुबाहक बस दुर्घटनामा परेको छ । काठमाडौँ बाट झापाको काकडभिट्टा जाँदैगर्दा झापाको दुधे माइधार सडक खण्डको मिलन चोकमा आज शनिबार बिहान ४ः४० बजे उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि मेचीनगरका १३ जना शिक्षक सहित २३ जना यात्रु बसमा रहेको जनाइएको छ । बसमा सबार यात्रुहरुलाई समान्य चोटपटक लागेको तथा दुर्घटनामा घाइतेहरुको बिर्तामोड स्थित बीएण्डसी र बिर्तासिटी हस्पिटलमा उपचार भईरहेको तथा सबै घाइतेहरू हाल खतरामुक्त रहेको जनाइएको छ ।
प्रगति ढकाल, काठमाडौं, बैशाख १२ । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ। त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो। कतिको छानो खोस्यो। कतिको हाँसो। कसैको आफन्त खोस्यो। अनि कतिलाई घाइते बनायो। भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन। राजधानीका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझै भत्किएका घरहरू ठडिन सकेका छैनन्। जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए। दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरू। अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन्। विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको…
सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र फर्किन आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र फर्किन भनेको छ। ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ। अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्यौलमा परेको भन्दै रिट दायर गरेका थिए। उनले विद्यार्थीहरूलाई पठनपाठनको वातावरण मिलाइदिन भन्दै अन्तरिम आदेशको माग गरेका थिए। त्यसअनुसार नै आदेश जारी भएको हो। शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनमा छन्।…
चितवन बैशाख १० – चितवनको भरतपुर स्थित न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत अवस्थामा पेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदी किनारमा मैनालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । देवघाट जंगलको ढुंगेधारा ठीक तलपट्टी नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । मैनाली ३ दिनदेखि सम्पर्कबाहिर रहेका थिए । भरतपुर महनगरपालिका वडा नं. ११ भोजाड बस्दै आएका ४५ बर्षका मैनालीले केहिदिन अघिमात्रै न्यू होराइजन इङ्लिस स्कुलमा सेवा आरम्भ गरेका थिए । त्यसअघि मैनाली अंकुरम एकेडेमीका सहायक प्राचार्यको रुपमा कार्यरत थिए ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धारित मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो । यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्री केपी…
काठमाडौं । वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाउनु भयो । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा थियो । परीक्षा हुने नहुने अन्योलले कक्षा १२ का साढे ५ लाख विद्यार्थी चिन्तामा थिए । शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल जारी राख्ने आन्दोलनरत शिक्षकहरुको अडान लिँदै परीक्षा गराउन सामेल नहुने जनाएका थिए ।
काठमाडौँ —सरकारले निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए। यस्तै, अर्का एक बोर्ड सदस्यका अनुसार बोर्ड बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए।
स्थानीय बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) ६ हजार ९०० रुपैयाँ बढेर कारोबार हुँदैछ। महासंघका अनुसार सुन आज १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार सुन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो। आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
विराटनगर- धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई मान्छे मार्न नभई देश निर्माणमा कसरी जोड्न सकिन्छ भनेर सिक्न आउन आव्हान गरेका छन् ।सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ढुङ्गा हान्न र भएको संरचना भत्काउन नभई आफूले देश बनाउन प्रयोग गरेको समेत दाबी गरेका छन् । भरतपुरका मेयर दाहाललाई देश निर्माण गर्ने भिजन के हो त्यो पनि सिकाउने बताएका छन् । उनले लेखेका छन्, ‘स्वदेशी उत्पादनमा जोड दिनु पर्छ । यो हो भिजन । बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी ?’ उनले मेयर दाहालको पाटीलाई सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी…
नेकपा एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध निर्वाचित कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध निर्वाचित भएका छन्। शनिवार आज क्यान्सर अस्पताल भरतपुरकाे सभाहलमा सम्पन्न दाेस्राे अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेकाे निर्वाचन कमिटीका सँयाेजक राम प्रसाद न्याैपानेले बताए । उपाध्यक्षमा भने दिलिप न्याैपाने निर्वाचित भएका छन् भने भरतपुर ११ का अशाेक ज्ञावली सचिवमा निर्वाचित भएका छन् । यसैगरी दयाराम चाैधरी र गिता श्रेष्ठ सह- सचिवमा निर्वाचित भएका छन् । ८५ जनाकाे कमिटी बनेकाे मा सदस्यहरुमा भने कृष्णप्रसाद खनाल, शान्ता अधिकारी, डम्बर गुरुङ सहित ८० जना सदस्य निर्विरोध निर्वाचित…
