Author: Laxman Gautam

स्थानीय बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) ६ हजार ९०० रुपैयाँ बढेर कारोबार हुँदैछ। महासंघका अनुसार सुन आज १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार सुन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो। आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

Read More

विराटनगर- धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई मान्छे मार्न नभई देश निर्माणमा कसरी जोड्न सकिन्छ भनेर सिक्न आउन आव्हान गरेका छन् ।सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ढुङ्गा हान्न र भएको संरचना भत्काउन नभई आफूले देश बनाउन प्रयोग गरेको समेत दाबी गरेका छन् । भरतपुरका मेयर दाहाललाई देश निर्माण गर्ने भिजन के हो त्यो पनि सिकाउने बताएका छन् । उनले लेखेका छन्, ‘स्वदेशी उत्पादनमा जोड दिनु पर्छ । यो हो भिजन । बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी ?’ उनले मेयर दाहालको पाटीलाई सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी…

Read More

नेकपा एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध निर्वाचित कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध निर्वाचित भएका छन्। शनिवार आज क्यान्सर अस्पताल भरतपुरकाे सभाहलमा सम्पन्न दाेस्राे अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेकाे निर्वाचन कमिटीका सँयाेजक राम प्रसाद न्याैपानेले बताए । उपाध्यक्षमा भने दिलिप न्याैपाने निर्वाचित भएका छन् भने भरतपुर ११ का अशाेक ज्ञावली सचिवमा निर्वाचित भएका छन् । यसैगरी दयाराम चाैधरी र गिता श्रेष्ठ सह- सचिवमा निर्वाचित भएका छन् । ८५ जनाकाे कमिटी बनेकाे मा सदस्यहरुमा भने कृष्णप्रसाद खनाल, शान्ता अधिकारी, डम्बर गुरुङ सहित ८० जना सदस्य निर्विरोध निर्वाचित…

Read More

चितवन, बैशाख ५ –नेकपा (एमाले) भरतपुर महानगरपालिका कमिटीको अधिवेशन सुरु भएको छ । आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले महानगर अधिवेशनको उद्घाटन गरेका छ्न । उद्घाटन कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले सहमतिमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्न आग्रह गरे । सहमति हुनै नसकेमात्र चुनाव गराउन आग्रह गर्दै उनले चुनावका कारण पार्टीमा गुटबन्दी गर्ने, पार्टी एकतालाई कमजोर बनाउने काम नगर्न निर्देशन दिए । उनले मिशन ८४ लाई सफल पार्ने गरी पार्टीका गतिविधि गर्न र पार्टी संगठनलाई मजबुत बनाउन निर्देशन दिएका छन् । उनले अहिलेको सरकारले देशमा विकासको लहर ल्याउने भयो भनेर विरोधी शक्तिहरुले एमालेमाथि प्रहार गरिरहेको बताए । आजबाट…

Read More

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको विद्युतिय सवारी (EV) गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक विरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुग्दा गाडी करिब २०० मिटर तल खसेर पूर्णरुपमा क्षतिग्रस्त अवस्थामा फेला परेको थियो। गाडीमा चालकसहित १६ जना सवार थिए। दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ११ जना मध्यम घाइते र ३ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।…

Read More

चितवन, बैशाख ४ – भरतपुरमा बनेको सिक्स लेन सडकमा आज एमालेको युवा संघले मोटरसाइकल र्याली निकालेको छ । राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीको आयोजनामा गोन्द्राङ्देखि पुल्चोकसम्म आज दिउँसो २ः३० बजेबाट मोटरसाइकल र्याली निकालिएको हो । गोन्द्राङ्बाट सुरु भएको र्याली चौबिसकोठी, शहिद चोक हुँदै पुल्चोक पुगेर पुनः चौबिसकोठीमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक र निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले संवोधन गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाठकले भरतपुरको सिक्स लेन सडक केपी शर्मा ओलीले बनाएको बताउँदै यसमा रेनु दाहालले जस लिनका लागि भ्रम छरिरहेको बताए । देशभरका राजमार्ग विस्तार गर्ने…

Read More

काठमाडौँ, वैशाख ३ – सुनको मूल्य तोलाको एक लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा दुई हजार सात सय बढेर एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भई रहेको छ । रासस

Read More

काँकडभिट्टा । राजावादी राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई शुक्रबार बिहान झापा ल्याइएको हो । प्रहरीको विशेष टोलीले मेची पुल हुँदै झापा ल्याएको प्रहरी उच्च स्रोतको भनाइ छ । प्रसाईंलाई विमानमार्फत काठमाडौं ल्याउने तयारी छ ।उनी चैत १५ गते काठमाडौंको तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार थिए ।चैत १५ मा राजावादी प्रदर्शनको क्रममा तोडफोड, आगजनी र लुटपाटको नेतृत्व गरेको आरोप प्रसाईंमाथि लागेको छ । उनले निषेधित क्षेत्र तोड्ने भन्दै प्रहरीको ज्यानै लिने गरी गाडी…

Read More

दुर्गा प्रर्साईंले भारतको असम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। नेपाल प्रहरीको अनुरोधमा असम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। असम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ। गत चैत १५ गतेको राजसंस्थावादीको आन्दोलनपछि उनी बेपत्ता भएका थिए। तर उनले पटक/पटक आफू सुरक्षित रहेको र आफ्नो ज्यान खतरामा रहेको भन्दै भिडियो सन्देश सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनले बुधबार मात्र भिडियो सन्देश जारी गर्दै आफ्नो ज्यान खतरामा रहेको भन्दै मानवअधिकारवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए।

Read More

चितवन, चैत २३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि दुईमहिने जनयात्रा कार्यक्रम शुभारम्भ गर्दैछ । चितवनको भरतपुर गेष्टहाउस चौरमा आज दिउँसो पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यात्राको शुभारम्भ गर्नुहुने जनाइएको छ । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले कार्यक्रमलाई मर्यादित बनाउन नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ । कार्यक्रममा सहभागी हुँदा कुनै उशृङ्खल गतिविधि नगर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम पूर्ण रुपमा शान्तिपूर्ण होस् भन्ने चाहन्छौँ, सोहीअनुसार निर्देशन भएको छ ।” सबैका कुरा सबैले सुन्ने बानीको विकास गर्नसकेमा मात्रै समाजको विकास हुने उहाँको भनाइ छ । विचारमा विमति भए पनि देशको विकासका लागि सबै एकठाउँ हुन जरुरी रहेको…

Read More