Author: admin

काठमाडौं – काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ । शुक्रबार बिहानका राति २ बजेर ५० मिनेट जाँदा काठमाडौं महानगरपालिका ३२ जडिबुटीको आकासे पुल नजिक उक्त दुर्घटना भएको हो । रोकिराखेको बा प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर पछाडिबाट ठोकिँदा स्कुटर चालक र स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए। एसपी बोहोराका अनुसार दुर्घटनामा स्कुटर चालक नवलपरासीको सुनौल नगरपालिका–१ स्थायी घर भएर अहिले भक्तपुरको लोकन्थली बस्दै आएका २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखान नगरपालिका–२ होस्के घर…

Read More

काठमाडौं, भदौ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् । सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् ।

Read More

भरतपुर, ३ भदौ ।नारायणगढको कमलनगरमा रहेको चितवन फ्लेक्स (चितवन डिजिटल फोटो एन्ड फ्लेक्स प्रिन्ट) १८ औँ वर्षमा प्रवेश गरेको छ । २०६५ साल जेठ ९ गते २ वटा मेसिन राखेर शुभारम्भ भएको चितवन फ्लेक्समा अहिले अत्याधुनिक ४ वटा मेसिनसहित १५ जना दक्ष कर्मचारी छन् । चीन र जापानबाट १५ लाख रुपैयाँ बराबरका मेसिन ल्याएर सञ्चालक गुणराज दाहालले यो व्यवसाय सुरु गर्नुभएको हो । चितवनमा पहिलोपटक १० फुटे र ६ फुटे मेसिनबाट चितवन फ्लेक्सले सेवा दिएको हो ।मेला महोत्सव, संघसंस्था, बैंक तथा विभिन्न सभा समारोहका आकर्षक व्यानर, स्वागतद्वार, लाइट बोर्ड तथा रिफ्लेक्टिभ बोर्डको सेवा चितवन फ्लेक्सले सुपथ मुल्यमा दिने गरेको सञ्चालक…

Read More

रेशम सापकोटा भरतपुर, १९ असार । सामान्यतया कपाल काट्ने व्यवसाय भन्नासाथ सेवा र नाफामात्रै सोचिन्छ। तर पपुलर युनिसेक्स सैलुन, भरतपुरले यस धारणा तोड्दै सामाजिक उत्तरदायित्वमा समर्पित अभियानका साथ विद्यालय–विद्यालयमा पुगेर निःशुल्क कपाल काट्ने, सरसफाइ र वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही निरन्तर अभियान अन्तर्गत आज भरतपुर महानगरपालिका–१८ स्थित श्री आधारभूत विद्यालय, भुवनबस्तीमा करिब ७० जना विद्यार्थीहरू र वडा नम्बर २६ स्थित श्री आधारभूत विद्यालय, कोइलाहामा करिब ५० जना विद्यार्थीहरूलाई कपाल काट्ने सेवा प्रदान गरिएको हो। यसै अवसरमा दुवै विद्यालयमा सरसफाइ कार्यक्रम र वृक्षारोपण कार्य पनि सम्पन्न गरिएको थियो। विद्यालय परिसर सफा गर्दै हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुई /दुई वटा…

Read More

रेशम सापकोटा भरतपुर चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित ब्रह्मदेव टोल विकास संस्था परिसरमा पपुलर युनिसेक्स सैलुनले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विशेष सेवा कार्यक्रम सम्पन्न गरेको छ। विगत १३ वर्षदेखि सौन्दर्य सेवामा संलग्न पपुलर युनिसेक्स सैलुनले व्यवसायसँगै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आइरहेको छ। संस्थाका प्रोप्राइटर सुलभ सिग्देल (रामप्रसाद) का अनुसार, “हामी केवल सेवा दिनमा सीमित छैनौं, समाजमा केही सकारात्मक प्रभाव पार्न पनि दृढ छौं।” कार्यक्रम अन्तर्गत ब्रह्मदेव टोल विकास संस्थाभित्रको ब्रह्मदेव आमा समूहका २० जना वृद्धबुवाहरूको कपाल निःशुल्क काटिएको थियो। साथै, घरघरमै पुगेर वडा नम्बर ६ का १० जना अपाङ्ग व्यक्तिहरू, ३० जना महिलाहरू, र…

Read More

रेशम सापकोटा माडी, चितवन। माडी नगरपालिकाले पहिलोपटक स्थानीय सिर्जनात्मक, बौद्धिक र सांस्कृतिक चेतनालाई संस्थागत गर्ने उद्देश्यसहित माडी प्रज्ञा प्रतिष्ठानको गठन गरेको छ। नगरका विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तित्वहरूको सहभागिता रहेको उक्त १५ सदस्यीय प्रतिष्ठानको अध्यक्षमा पत्रकारिता क्षेत्रका अनुभवी व्यक्तित्व नारायण प्रसाद सापकोटा चयन हुनु भएको छ। नगरसभाबाट स्वीकृत यस प्रस्तावलाई माडीको समग्र सांस्कृतिक तथा बौद्धिक उन्नयनतर्फको ऐतिहासिक कदमका रूपमा हेरिएको छ। सूचना अधिकृत प्रविण भण्डारीले यसबारे जानकारी दिँदै भन्नुभयो, “स्थानीय सन्दर्भमा मौलिक रचनालाई अनुसन्धान, संरक्षण र सम्वर्द्धनमार्फत अगाडि बढाउने उद्देश्यले प्रतिष्ठानको स्थापना गरिएको हो।” उपाध्यक्षमा साहित्य र शिक्षामा सक्रिय चन्द्रमणि महतो चयन हुनु भएको छ। यस्तै, प्रतिष्ठानका अन्य सदस्यहरूमा थारु संस्कृति…

Read More

बिजय खरेल धादिङ —कहिलेकाहीँ केही पलहरू यस्ता पनि हुन्छन्, जसले सम्पूर्ण गाउँको आत्मालाई झस्काउँछ। एउटा नतिजा आयो — यस्तो नतिजा, जसले केवल विद्यार्थी मात्र होइन, शिक्षक, अभिभावक र समुदायको मनै चिसो बनाइदियो। बेनिघाट रोराङ गाउँपालिका–५ स्थित पञ्चकन्या माध्यमिक विद्यालय, स्यादुलका १४ जना विद्यार्थी २०८० सालको एस.ई.ई. मा नियमिततर्फ सहभागी भए — र सबैजना अनुत्तीर्ण भए। ‘शून्य नतिजा’ शब्दले गाउँको अनुहार मलिन बनायो। तर त्यही विद्यार्थीहरू पूरक परीक्षामा सहभागी भए — र सबैजना पास भएर विद्यालयको सम्भावनालाई फेरि एकचोटि जीवन्त बनाए। यो केवल ‘शून्य’ वा ‘पूरक’को कुरा थिएन — यो एउटा सिंगो शिक्षा प्रणालीको प्रश्न चिह्न थियो, सोच बदल्न बाध्य बनाउने…

Read More

रेशम सापकोटा माडी चितवन चितवन जिल्ला माडी नगरपालिका–८ स्थित हरियालीले सुशोभित बैकुण्ठ सामुदायिक वनको जङ्गल क्षेत्रभित्र निर्माण हुँदै गरेको बुद्ध पार्क ले माडी क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटन विकासमा ऐतिहासिक मोड ल्याउने विश्वास गरिएको छ। जापानी समाजसेवी मिहो तानवाराको आर्थिक सहयोग र स्थानीय जनसहभागिताको जगमा सुरु भएको यो परियोजना अध्यात्म, शान्ति र समृद्धिको यात्राको प्रतीक बन्दै गएको छ। करीब ५ विघा क्षेत्रफलमा फैलिने लक्ष्यसहित निर्माण भइरहेको यो बुद्ध पार्कमा प्रवेशद्वार, सिंढी, सत्तल, स्तुपा, ध्यान केन्द्र, पर्खालजस्ता पूर्वाधार निर्माण हुनेछन भने आगामी चरणमा आखण्ड बुद्ध बिहार र बुद्ध कलेज सञ्चालन गर्ने दीर्घकालीन योजना राखिएको छ। निर्माण समितिका उपाध्यक्ष मोहन आलेमगरका…

Read More

गैंडाकोट, १६ असार ।सम्पूर्ण किताब नारायणगढले किताब उत्सव गरेको छ । शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनसँगको सहकार्यमा नारायणी किनार गैंडाकोटमा रहेको द नारायणी रिसोर्टमा उत्सव कार्यक्रम गरिएको हो । `एक्सपर्ट सम्पूर्ण किताब उत्सव – २०८२´ कार्यक्रममा चितवनको साहित्य र किताब बजारको बेलीबिस्तार गरिएको उत्सवका निर्देशक एवम् सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले बताए । उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै सापकोटाले सम्पूर्ण किताब उत्सव किन आयोजना गरियो भन्ने प्रष्ट्याएका थिए । चितवनमा पठन संस्कृतिको विकासका निम्ति लागिपरेका सापकोटाले पठन संस्कृतिको प्रबर्द्धन र चितवन साथै वरिपरिको साहित्यको सम्बर्द्धन गर्नु उत्सवको लक्ष्य रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि…

Read More

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ। शनिबार नै प्रतिनिधि सभा बैठक पनि बस्दैछ। संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन्। बैठकमा भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै रास्वपाले लगातार संसदमा विरोध जनाउँदै आएको छ। उसले वेल घेरेर नाराबाजीसँगै…

Read More