Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
- पत्रकार विनोदबाबु रिजालको ‘नैबेद’ सार्वजनिक
- चितवनमा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको मृत्यु , स्थानीय आन्दोलित
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बिमितको घरमै पुगेर मृत्यु दाबी भुक्तानी हस्तान्तरण
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- रास्वपा महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने
- सिटिजन लाइफ नारायणगढ टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
Author: admin
जिल्ला सुरक्षा समिति चितवनले कर्फ्यू हटाएर निषेधाज्ञाको आदेश जारी गरेको छ। जेन–जी आन्दोलन बढ्दै गएपछि समितिले भरतपुर महानगरपालिकाको संवेदनशील क्षेत्रलाई चार किल्लाभित्र पारेर कर्फ्यू आदेश जारी गरेको थियो। बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले अवस्थामा सुधार गएको विश्लेषण गर्दै कर्फ्यू हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अर्को सूचना जारी नहुदा सम्मका लागि चितवन जिल्लाभर कुनै किसिमको भेला, सभा, जुलस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिए। अर्यालले जिल्लामा सरकारी कार्यालयहरुमा भएको क्षति एकिन गरेर रिपोर्ट पेश गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको पनि जानकारी दिए। ‘धेरैजसो कार्यालयमा तोडफोड र आगजनीले क्षति पुगेको छ। ती…
काठमाडौं : जेनजी प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेको उपचार भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको हो। सचिव देवकोटाका अनुसार निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ । यस्तै अहिले २७४ जना घाइतेको भर्ना भएर…
काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए । ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’ बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरेका थिए । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर…
काठमाडौँ– अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन् । जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका थिए । उनीहरूले यो निचोड निकाले पनि कार्कीसँग सवाद हुन सकेको छैन । तर पाँच घण्टाभन्दा लामो समयदेखि चलेको भर्चुअल बैठकबीच भएको टेलिफोन संवादमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको सन्देश आएको हो । ‘सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको खबर पठाउनु भएको छ’, बैठकमा एकजना जेन-जी सदस्यले जानकारी दिँदै भने, ‘उहाँ तयार भइसकेपछि अब हामी प्रधान सेनापतिसँग वार्ताका लागि जाऊँ ।’ कार्कीलाई नेतृत्व स्वीकार्ने विषयमा…
काठमाडौं- घरजग्गा कारोबारको प्रशासनिक सेवा दिने उद्देश्यले स्थापना हुने केन्द्र तथा लेखापढी व्यवसायीको व्यवसाय सञ्चालन अनुमतिको धरौटीको बढेको छ।सरकारले मालपोत नियमावलीमा संशोधन गर्दै यस्तो धरौटी रकम वृद्धि गरेको हो। लाइसेन्स पाएका लेखापढी व्यवासयी तथा यस्तो सूचना केन्द्र सञ्चालनको अनुमति लिने संस्थाका लागि धरौटी रकम बढेको हो।व्यक्तिलाई ५० हजार र संस्थालाई २ लाख रूपैयाँ धरौटी पुगेको छ। यसअघि व्यक्तिलाई ३ हजार संस्थालाई ५ हजार रूपैयाँ थियो। यस्तो सेवा सरकार आफैले सञ्चालन गर्नसक्ने नभए संस्था तथा लाइसेन्स प्राप्त व्यक्तिलाई पनि अनुमति दिने कानूनी व्यवस्था रहेको छ। यस्तो धरौटी दस्तुर बापत बैंक ग्यारेन्टी पनि मान्य हुनेछ। त्यस्तै, घरजग्गा कारोबार गर्नेलागि पनि दस्तुर निर्धारण…
काठमाडौं – काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ । शुक्रबार बिहानका राति २ बजेर ५० मिनेट जाँदा काठमाडौं महानगरपालिका ३२ जडिबुटीको आकासे पुल नजिक उक्त दुर्घटना भएको हो । रोकिराखेको बा प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर पछाडिबाट ठोकिँदा स्कुटर चालक र स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए। एसपी बोहोराका अनुसार दुर्घटनामा स्कुटर चालक नवलपरासीको सुनौल नगरपालिका–१ स्थायी घर भएर अहिले भक्तपुरको लोकन्थली बस्दै आएका २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखान नगरपालिका–२ होस्के घर…
काठमाडौं, भदौ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् । सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् ।
भरतपुर, ३ भदौ ।नारायणगढको कमलनगरमा रहेको चितवन फ्लेक्स (चितवन डिजिटल फोटो एन्ड फ्लेक्स प्रिन्ट) १८ औँ वर्षमा प्रवेश गरेको छ । २०६५ साल जेठ ९ गते २ वटा मेसिन राखेर शुभारम्भ भएको चितवन फ्लेक्समा अहिले अत्याधुनिक ४ वटा मेसिनसहित १५ जना दक्ष कर्मचारी छन् । चीन र जापानबाट १५ लाख रुपैयाँ बराबरका मेसिन ल्याएर सञ्चालक गुणराज दाहालले यो व्यवसाय सुरु गर्नुभएको हो । चितवनमा पहिलोपटक १० फुटे र ६ फुटे मेसिनबाट चितवन फ्लेक्सले सेवा दिएको हो ।मेला महोत्सव, संघसंस्था, बैंक तथा विभिन्न सभा समारोहका आकर्षक व्यानर, स्वागतद्वार, लाइट बोर्ड तथा रिफ्लेक्टिभ बोर्डको सेवा चितवन फ्लेक्सले सुपथ मुल्यमा दिने गरेको सञ्चालक…
रेशम सापकोटा भरतपुर, १९ असार । सामान्यतया कपाल काट्ने व्यवसाय भन्नासाथ सेवा र नाफामात्रै सोचिन्छ। तर पपुलर युनिसेक्स सैलुन, भरतपुरले यस धारणा तोड्दै सामाजिक उत्तरदायित्वमा समर्पित अभियानका साथ विद्यालय–विद्यालयमा पुगेर निःशुल्क कपाल काट्ने, सरसफाइ र वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही निरन्तर अभियान अन्तर्गत आज भरतपुर महानगरपालिका–१८ स्थित श्री आधारभूत विद्यालय, भुवनबस्तीमा करिब ७० जना विद्यार्थीहरू र वडा नम्बर २६ स्थित श्री आधारभूत विद्यालय, कोइलाहामा करिब ५० जना विद्यार्थीहरूलाई कपाल काट्ने सेवा प्रदान गरिएको हो। यसै अवसरमा दुवै विद्यालयमा सरसफाइ कार्यक्रम र वृक्षारोपण कार्य पनि सम्पन्न गरिएको थियो। विद्यालय परिसर सफा गर्दै हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुई /दुई वटा…
रेशम सापकोटा भरतपुर चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित ब्रह्मदेव टोल विकास संस्था परिसरमा पपुलर युनिसेक्स सैलुनले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विशेष सेवा कार्यक्रम सम्पन्न गरेको छ। विगत १३ वर्षदेखि सौन्दर्य सेवामा संलग्न पपुलर युनिसेक्स सैलुनले व्यवसायसँगै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आइरहेको छ। संस्थाका प्रोप्राइटर सुलभ सिग्देल (रामप्रसाद) का अनुसार, “हामी केवल सेवा दिनमा सीमित छैनौं, समाजमा केही सकारात्मक प्रभाव पार्न पनि दृढ छौं।” कार्यक्रम अन्तर्गत ब्रह्मदेव टोल विकास संस्थाभित्रको ब्रह्मदेव आमा समूहका २० जना वृद्धबुवाहरूको कपाल निःशुल्क काटिएको थियो। साथै, घरघरमै पुगेर वडा नम्बर ६ का १० जना अपाङ्ग व्यक्तिहरू, ३० जना महिलाहरू, र…
