Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
इन्टरनेट सेवा प्रदायकहरुले सर्वोच्च अदालतको फैसलाअनुसार कर तिर्न सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन्। सरकारले मर्मतसम्भार शुल्कमा लगाएको रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने अवस्था आए पनि किस्ताबन्दीलगायतको सुविधा दिनुपर्ने उनीहरुको माग छ। मर्मतसम्भार शुल्कमा रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने कानुनी व्यवस्था नभएको भन्दै वर्ल्डलिंक सर्वोच्च पुगेको थियो। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकले सरकारविरुद्ध दायर गरेका ८ वटै रिट आइतबार खारेज गरिदिएको थियो। ‘दूरसञ्चार ऐन तथा नियमावलीमा कतै पनि मर्मतसम्भार शुल्कमा रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने व्यवस्था छैन’, एक इन्टरनेट सेवा प्रदायकले भने, ‘अब सर्वोच्च अदालतले नै दुवै कर तिर्नुपर्छ भनेपछि तिर्दैनौँ भन्न मिलेन।’ नेपालमा सञ्चालित सबै इन्टरनेट सेवा…
चितवन र नवलपरासी जोड्ने ‘सिग्नेचर ब्रिज’को सोमबार शिलान्यास भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमाथि बन्ने पुलको शिलान्यास गरेका हुन्। पुलको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले चालू आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुल निर्माण गरिसकेको बताए। अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्री दाहालको भनाइ छ। पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने प्रधानमन्त्रीको विश्वास छ। ‘सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ। सबैभन्दा महत्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ’,…
बेलायती साम्राज्यको अन्तिम दिन चलिरहेको थियो। ब्रुनाईका सुल्तान उमर अली सैफुद्धिनविरुद्ध विद्रोह भयो। त्यसलाई दबाउन सिंगापुरमा रहेका गोर्खा सैनिक ब्रुनाई लगियो। त्यसको ६० वर्ष बितिसक्यो। तर, बेलायती गोर्खा सैनिकको एउटा बटालियन अझै पनि यो सानो तेल निर्यातकर्ता मुलुकमा बसिरहेको छ। यो बेलायतको औपनिवेशिक ‘ह्याङओभर’ त हो नै, ब्रेक्जिटपछि आफूलाई विश्वशक्तिका रुपमा स्थापित गर्ने उसको प्रयासको चिह्न पनि हो। ब्रुनाईमा अवस्थित गोर्खा ग्यारिसनको कमान अन्य बेलायती सैनिकसरह सम्हाल्ने गरिएको छ। तर, यसको खर्चबर्च उमरका छोरा तथा उत्तराधिकारी हसनअल बोल्किअले धानिरहेका छन्। यो असाधारण र अपारदर्शी व्यवस्था निकै लामो समयदेखि कायम छन्। साम्राज्यको पतनपछि बेलायतले आफ्ना सैनिक धेरै स्थानबाट फिर्ता गर्दा पनि…
मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने घोषणा गरेका छन्। डा. कोइरालाले देशका सातै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि बढाएका छन्। यस क्रममा कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ भने बागमती प्रदेशको काठमाडौँ हेपाली हाइटमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बनिरहेको छ। शुक्रबार अस्पताल निर्माणस्थलमै पुगेर ४१ करोड सहयोगको घोषणा गरेका हुन्। यस क्रममा गुरुङले उक्त अस्पताल भवन अहिलेसम्मकै अत्याधुनिक हुने बताए। करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना गुरुङको…
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मोबाइल सेवाका लागि नयाँ लाइसेन्स प्राप्त गरेको छ । शुक्रबार बसेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई पाँच वर्षका लागि मोबाइल सेवाको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको छ । जसका लागि २१ करोड रुपैयाँ दस्तुर बुझाउनु पर्ने बताइएको छ । अब पाँच पाँच वर्षमा नवीकरण गराउनु पर्ने गरी कम्पनीको नाममा पुनः अनुमतिपत्र जारी गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । विद्यमान कानून लागु भएको खण्डमा प्रत्येक पाँच वर्षमा हुने नवीकरणका लागि कम्पनीले २० अर्ब रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ । यद्यपि प्राधिकरणले भविष्यमा हुने नवीकरणको दस्तुर २० अर्ब नै कायम गर्ने…
चितवन, वैशाख २९- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेको जीबी राईलाई पक्राउ गर्ने प्रयास भइरहेको बताएका छन् । आज चितवन आएका लामिछानेले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफुले संसदमा एक पटक बोल्न पाउनुपर्ने बताए । नेपाली कांग्रेसको अवरोधले आफु नडराएको समेत उनले बताए । ‘संसदलाई कांग्रेसले आदेश दिने होइन । संसदमा एक पटक बोल्न पाउँ भनेको छु’, उनले भने । अघिल्लो गृहमन्त्रीले जीबी राईलाई भगाएको हुनाले अहिले खोज्न समस्या भइरहेको उनको भनाई थियो । ‘भगाइसकेको मान्छेलाई खोज्न समय लागेको हो’, उनले भने ।
चितवन, बैशाख २९ – भरतपुरमा विज्ञापन कर नतिर्ने व्यबसायिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका विज्ञापनजन्य बोर्डहरु धमाधम हटाउन थालिएको छ । विभिन्न कम्पनीले भरतपुर क्षेत्रका पसल र सडकहरुमा विज्ञापनजन्य बोर्ड राखेर आफ्नो विज्ञापन गरिरहेका र त्यसबापतको विज्ञापन कर महानगरपालिकालाई नबुझाएपछी बोर्डहरु हटाउन थालिएको हो । केही कम्पनीहरुले विगत तीन वर्षदेखि कर नतिरेपछि व्यावसायिक बोर्ड हटाउने काम लाई तिब्र बनाइएको हो । कर नतिर्ने कम्पनीको बोर्डहरु महानगरपालिकाको समन्वयमा प्रनिश कन्स्ट्रक्सनले हटाउन थालेको हो । गत हप्ता महानगर क्षेत्रका भरतपुर , नारायणगढका विभिन्न स्थानमा रहेका अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक ब्राण्डका बोर्डहरु हटाइएको थियो । भरतपुरमा कर उठाउने जिम्मा पाएको प्रनिश कन्स्ट्रक्सनले पटकपटक ताकेता गर्दा पनि…
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनले जलबायु परिवर्तन अनुकुलन तथा न्यूनिकरणको रणनीति सम्वन्धी कार्यशाला सन्चालन गरेको छ । क्याम्पसको विज्ञान विभागको आयोजना तथा क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आज शुक्रबार सो कार्यशाला गरिएको हो । क्याम्पसको विज्ञान विभागका बिभागीय प्रमुख रविराज सुवेदीको अध्यक्षतामा सुरु भएको कार्यशाला गोष्ठीको प्रमुख उद्येश्य बिद्यार्थी सरोकारवाला तथा बिषय बिज्ञ बिच अन्तर्क्रिया गरी हाल नेपाल लगायत विश्व समुदायले भोग्दै आएको जलबायु परिवर्तन, यसको नकारात्मक प्रभावको न्यूनिकरण तथा अनुकुलनका लागि आवस्यक ज्ञान, सिप र क्षमता हाँसिल गर्ने लक्ष्यका साथ उक्त कर्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रममा बिषय बिषय बिज्ञका रुपमा एरिजोना स्टेट युनिभर्सिटी (ASU), School for…
गगनलाई रविको चुनौती- मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा कांग्रेसको निरन्तर अवरोधपछि सदन स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै त्यो प्रमाण देखाए आफू समिति होइन राजनीति नै छाड्ने बताए । उनले भने, ‘माननिय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन…
काठमाडौं- शुक्रबारको संसद् बैठकका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच दोहोरी चलेको छ । बर्खे अधिवेशनको पहिलो दिनको पहिलो बैठकको सुरुमै महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देही र सरकारी वकिल कार्यालयमा पर्याप्त प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति बनाउनै पर्ने बताएका थिए । लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको कुरा थापाले संसद्मा सुनाएका थिए । ‘रुपन्देही प्रहरीले गरेको अनुसन्धानबाट प्रमाण भेटिएका छन् । सरकारी वकिलको कार्यालयले अघि बढाएको अभियोग पत्रमा पनि रविको नाम छ । अदालतमा गृहमन्त्री सहकारी प्रकरणमा जोडिका…
