Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
- पत्रकार विनोदबाबु रिजालको ‘नैबेद’ सार्वजनिक
- चितवनमा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको मृत्यु , स्थानीय आन्दोलित
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बिमितको घरमै पुगेर मृत्यु दाबी भुक्तानी हस्तान्तरण
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- रास्वपा महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने
- सिटिजन लाइफ नारायणगढ टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
Author: admin
चितवन, वैशाख २९- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेको जीबी राईलाई पक्राउ गर्ने प्रयास भइरहेको बताएका छन् । आज चितवन आएका लामिछानेले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफुले संसदमा एक पटक बोल्न पाउनुपर्ने बताए । नेपाली कांग्रेसको अवरोधले आफु नडराएको समेत उनले बताए । ‘संसदलाई कांग्रेसले आदेश दिने होइन । संसदमा एक पटक बोल्न पाउँ भनेको छु’, उनले भने । अघिल्लो गृहमन्त्रीले जीबी राईलाई भगाएको हुनाले अहिले खोज्न समस्या भइरहेको उनको भनाई थियो । ‘भगाइसकेको मान्छेलाई खोज्न समय लागेको हो’, उनले भने ।
चितवन, बैशाख २९ – भरतपुरमा विज्ञापन कर नतिर्ने व्यबसायिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका विज्ञापनजन्य बोर्डहरु धमाधम हटाउन थालिएको छ । विभिन्न कम्पनीले भरतपुर क्षेत्रका पसल र सडकहरुमा विज्ञापनजन्य बोर्ड राखेर आफ्नो विज्ञापन गरिरहेका र त्यसबापतको विज्ञापन कर महानगरपालिकालाई नबुझाएपछी बोर्डहरु हटाउन थालिएको हो । केही कम्पनीहरुले विगत तीन वर्षदेखि कर नतिरेपछि व्यावसायिक बोर्ड हटाउने काम लाई तिब्र बनाइएको हो । कर नतिर्ने कम्पनीको बोर्डहरु महानगरपालिकाको समन्वयमा प्रनिश कन्स्ट्रक्सनले हटाउन थालेको हो । गत हप्ता महानगर क्षेत्रका भरतपुर , नारायणगढका विभिन्न स्थानमा रहेका अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक ब्राण्डका बोर्डहरु हटाइएको थियो । भरतपुरमा कर उठाउने जिम्मा पाएको प्रनिश कन्स्ट्रक्सनले पटकपटक ताकेता गर्दा पनि…
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनले जलबायु परिवर्तन अनुकुलन तथा न्यूनिकरणको रणनीति सम्वन्धी कार्यशाला सन्चालन गरेको छ । क्याम्पसको विज्ञान विभागको आयोजना तथा क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आज शुक्रबार सो कार्यशाला गरिएको हो । क्याम्पसको विज्ञान विभागका बिभागीय प्रमुख रविराज सुवेदीको अध्यक्षतामा सुरु भएको कार्यशाला गोष्ठीको प्रमुख उद्येश्य बिद्यार्थी सरोकारवाला तथा बिषय बिज्ञ बिच अन्तर्क्रिया गरी हाल नेपाल लगायत विश्व समुदायले भोग्दै आएको जलबायु परिवर्तन, यसको नकारात्मक प्रभावको न्यूनिकरण तथा अनुकुलनका लागि आवस्यक ज्ञान, सिप र क्षमता हाँसिल गर्ने लक्ष्यका साथ उक्त कर्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रममा बिषय बिषय बिज्ञका रुपमा एरिजोना स्टेट युनिभर्सिटी (ASU), School for…
गगनलाई रविको चुनौती- मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा कांग्रेसको निरन्तर अवरोधपछि सदन स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै त्यो प्रमाण देखाए आफू समिति होइन राजनीति नै छाड्ने बताए । उनले भने, ‘माननिय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन…
काठमाडौं- शुक्रबारको संसद् बैठकका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच दोहोरी चलेको छ । बर्खे अधिवेशनको पहिलो दिनको पहिलो बैठकको सुरुमै महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देही र सरकारी वकिल कार्यालयमा पर्याप्त प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति बनाउनै पर्ने बताएका थिए । लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको कुरा थापाले संसद्मा सुनाएका थिए । ‘रुपन्देही प्रहरीले गरेको अनुसन्धानबाट प्रमाण भेटिएका छन् । सरकारी वकिलको कार्यालयले अघि बढाएको अभियोग पत्रमा पनि रविको नाम छ । अदालतमा गृहमन्त्री सहकारी प्रकरणमा जोडिका…
नायिका गरिमा शर्मा हाल छायांकन भइरहेको फिल्म ‘वर एण्ड बधु’मा अनुबन्धित भएकी छिन् । फिल्मका निर्देशक मिलन चाम्सले नायिका शर्मालाई विशेष भूमिकाका लागि बिहिबार अनुबन्धित गरेका हुन् । फिल्म ‘लण्डन टू पेरिस’ रिलिजको दिन नजिकिदै जाँदा उत्साहित रहेकी गरिमा अब मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्ममा काम गर्न तयार भएकी हुन् । मिलन र गरिमा दुबैले भूमिकाको विषयमा भने केही पनि खुलाएका छैनन् । फिल्ममा यसअघि कुसुम शर्माको पनि प्रवेश भएको थियो । फिल्ममा आँचल शर्मा, गरिमा शर्मा र कुसुम शर्मालाई दर्शकले एकसाथ हेर्न पाउने भएका छन् । साथमा फिल्ममा विवेक कर्माचार्य, हिमेश पन्त, श्रृष्टी खड्का, किरण केसीको पनि मुख्य भूमिका…
सीजी मोटर्सले भित्र्याउँदै अर्को ईभी ब्रान्ड, सेडानदेखि एसयूभीसम्मका गाडी कहिले आइपुग्छ नेपाल?
काठमाडौं- विद्युतीय सवारी ब्रान्ड ल्याउन आक्रामक रहेको सीजी मोटर्सले अर्को चिनियाँ ब्रान्ड नेपाल ल्याउने चिश्चित भएको छ। डायुन अटो ब्रान्ड ल्याउन सीजी मोटर्सले केही समयअघि सम्झौता गरेको हो। चीनको शान्सी प्रान्तमा रहेको डायुन ब्रान्डका आईसी तथा ईभी दुवै सेगमेन्टका सवारी उत्पादन हुँदै आएका छ। सीजी मोटर्सले भने डायुन अटोले उत्पादन गरेको विद्युतीय सवारीमात्र नेपाल ल्याउने भएको छ। होजोन अटोबाट विद्युतीय सवारी आयात सुरु गरेको सीजी मोटर्सले भ्यान तथा माइक्रोबस र प्यासेन्जर कार गरेर आधा दर्जन ब्रान्ड आधिकारिक रुपमा नेपाल भित्र्याइसकेको र भित्र्याउने तयारी गरेको छ। हाल सीजी मोटर्सले केवाईसी, किङलङका विद्युतीय माइक्रोबस आयात गरिरहेको छ भने निटा भी र जीएसीको…
चितवन, वैशाख २६– काठमाडौबाट बिगत ७ दिनदेखि बेपत्ता भएकी चितवनकी स्नेहा पशुपतिमा फेला परेकी छन् ।पारिवारिक स्रोतका अनुसार उनी आज फेला परेकी हुन् । तर, उनको बारेमा सबै जानकारी परिवारले दिएको छैन । चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी स्नेहा लामिछाने काठमाडौँ कलंकी मामाघरमा बसेर कम्प्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टर सगरमाथा इञ्जिनियरिङ कलेजमा पढ्दै थिइन् । २२ वर्षीय उनी वैशाख १९ गतेबाट बेपत्ता भएकी थिइन् । स्नेहा हराएपछि उनको परिवार र आफन्तजनहरु खोजीमा जुटेका थिए । स्नेहाको काका दिपक लामिछानेका अनुसार वैशाख १९ गते उनी मामाघरमा हजुरआमा निदाएको समयमा घरबाट कलेज व्याग बोकेर कलंकी खसी बजारतिर लागेकी थिइन् । मामाघरको सानो गल्ली…
क्रिकेटर सन्दीप लामिछानेले पुनः आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेका छन्। मंगलबार बेलुका उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई केही समाजिक अभियन्ता भनाउँदाहरुले फसाएको दाबी गर्दै गौशला २६ सँगको जुनसुकै सम्बन्ध पुष्टि गर्न चुनौती दिएका छन्। उनले यदि उक्त कुरा प्रमाणले पुष्टि हुन्छ भने आफूलाई फाँसीको सजाय दिन पनि भनेका छन्। विश्वकप क्रिकेट खेल्ने सपना चकनाचुर भएपछि सन्दीप विक्षिप्त रुपमा सामाजिक सञ्जालमा पोखिएका छन्। सन्दीपलाई एक किशोरी बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुर्नरा निवेदन गरेका छन्। तर उच्च अदालतले विभिन्न बहानामा सुनुवाइ नगर्दा सन्दीपले यस्तो पीडि व्यक्त गरेका…
२५, वैशाख, चितवनआगामी जून २ तारिखदेखि अमेरिका र वेष्ट इण्डिजमा सुरु हुने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगाउने नयाँ जर्सी नारायणगढ बजारमा आइपुगेको छ । नेपाली क्रिकेट टिमले १० बर्ष पछि पहिलोपटक विश्वकप क्रिकेट खेल्दैछ ।जर्सी उत्पादक कम्पनी केल्मीको नेपालस्थित अाधिकारिक विक्रेता कामारू ट्रेडिङ्ग प्रा.लि दरवारमार्ग काठमाडौबाट चितवनको एक मात्र आधिकारिक विक्रेता ‘लि स्मार्ट स्टाइलिस’ले नयाँ जर्सी ल्याएको हो । विग बजार नारायणगढ भित्र रहेको लि स्मार्ट स्टाइलिसले विभिन्न साइजका (स्मलदेखि डवल एक्सलसम्म) ओरिजिनल जर्सीहरु ल्याएको प्रोपाइटर सन्तोष पण्डितले जानकारी दिए । यसअघि नै प्रिअर्डर लिएकाहरुलाई सप्लाई गर्न सुरु गरिएको प्रोपाइटर पण्डितले जानकारी दिए । स्मलदेखि डबल एक्सलसम्म…
