Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Info-Tech»कर तिर्न इन्टरनेट व्यवसायीले मागे किस्ताबन्दीको सुविधा, कसको कति छ बक्यौता?
    Info-Tech

    कर तिर्न इन्टरनेट व्यवसायीले मागे किस्ताबन्दीको सुविधा, कसको कति छ बक्यौता?

    adminBy adminMay 13, 2024No Comments1 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    इन्टरनेट सेवा प्रदायकहरुले सर्वोच्च अदालतको फैसलाअनुसार कर तिर्न सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन्।

    सरकारले मर्मतसम्भार शुल्कमा लगाएको रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने अवस्था आए पनि किस्ताबन्दीलगायतको सुविधा दिनुपर्ने उनीहरुको माग छ।

    मर्मतसम्भार शुल्कमा रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने कानुनी व्यवस्था नभएको भन्दै वर्ल्डलिंक सर्वोच्च पुगेको थियो।

    सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकले सरकारविरुद्ध दायर गरेका ८ वटै रिट आइतबार खारेज गरिदिएको थियो।

    ‘दूरसञ्चार ऐन तथा नियमावलीमा कतै पनि मर्मतसम्भार शुल्कमा रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने व्यवस्था छैन’, एक इन्टरनेट सेवा प्रदायकले भने, ‘अब सर्वोच्च अदालतले नै दुवै कर तिर्नुपर्छ भनेपछि तिर्दैनौँ भन्न मिलेन।’

    नेपालमा सञ्चालित सबै इन्टरनेट सेवा प्रदायकले नै अब मर्मत तथा सम्भार शुल्कको रोयल्टी र आरटीडीएफ तिर्नुपर्नेछ।

    ‘अहिले सञ्चालन घाटामा रहेका कम्पनीले अर्बौँ रकम एकै पटक तिर्न त सक्दैनन्’, ती सेवा प्रदायकले भने, ‘सरकारले किस्ताबन्दीको सुविधा दिए तिर्न सक्छन्, नभए कतिपय बन्द हुनसक्छन्।’

    अर्का इन्टरनेट सेवा प्रदायकले संघमार्फत आधिकारिक धारणा सार्वजनिक गर्ने बताए। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (इस्पान)का अध्यक्ष सुधिर पराजुली विदेशमा छन्। व्यवसायीहरुले एक आपसमा छलफल गरी कसरी अघि बढ्ने बताएका छन्।

    सञ्चार सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला गरे पनि कसरी उठाउने विषयमा छलफल नभइसकेको बताए।

    ‘व्यवसायीहरुबाट कसरी कर उठाउने, के–के सुविधा दिन सकिन्छ छलफल भइसकेको छैन’, ठाकुरले भने, ‘प्राधिकरणबाट कुनै प्रस्ताव आए मन्त्रालयमा छलफल गर्न सहज हुन्छ।’

    सरकारले इन्टरनेट सेवा प्रदायकले कर नतिरेको भन्दै विदेशबाट खरिद गर्ने ब्रोडब्यान्डको भुक्तानी गर्न वैदेशिक मुद्रा सटही सुविधा दिएको छैन। सोही कारण करिब १३ महिनाको भुक्तानी बाँकी छ।

    कसको कति छ बक्यौता?
    सञ्चार मन्त्रालयले गरेको अध्ययनअनुसार इन्टरनेट सेवा प्रदायकबाट करिब ४ अर्ब बढी बक्यौता उठाउनुपर्ने छ। जसमा सबैभन्दा बढी वर्ल्डलिंक कम्युनिकसेनको छ।

    वर्ल्डलिंकले रोयल्टीबापत १ अर्ब २३ करोड र आरटीडीएफतर्फ ७२ करोड रुपैयाँ गरी १ अर्ब ९६ करोड बक्यौता छ।

    त्यस्तै, भायनेट कम्युनिकेसनको रोयल्टी २५ करोड र आरटीडीएमा १६ करोड गरी ४१ करोड बाँकी छ। क्लासिक टेकको १९ करोड रोयल्टी र ११ करोड बढी आरटीडीएफ गरी ३१ करोड उठाउनुपर्ने मन्त्रालयले जनाएको छ।

    त्यस्तै सुबिसु केबलनेटको ३३ करोड ५४ लाख, वेब सर्फर नेपालको १२ अर्ब ५२ लाख, टेकमाइन्ड नेटवर्कको ३० करोड ९१ लाख, मर्कनटाइल कम्युनिकेसनको १० करोड ८५, नेट म्याक्सको २ करोड, पोखरा इन्टरनेटको ४ करोड ५९ लाख रुपैयाँ उठाउनुपर्ने रहेको मन्त्रालयले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.