Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
चितवन , जेठ १२ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन आउदो निर्वाचन सम्मै जाने बताएका छ्न । नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको भएपनि यहि सरकारले आगामी निर्वाचन गराउने बताएका हुन ।उपाध्यक्ष पौडेलले काङ्ग्रेस सत्ता बाहिर बस्नु परेकोमा छटपटाहाट भएकोले अनेक बखेडा झिक्दै आएको र यस्तै अबस्था कायम रहे काङ्ग्रेस पतनको बाटोमा जाने बताए ।अधिवेशनको शुभकामना दिदै उपाध्यक्ष पौडेलले चितवन पार्टी लाई कस्तो बनाउने भन्ने भुमिका यहाकै पार्टी पङ्ती र अगुवाहरुको हातमा रहेकोले सक्षम नेतृत्व चयन गर्नु पर्ने बताए ।
काठमाडौं । सहकारी प्रकरणले अध्यादेशबाट बजेट आउने सम्भावना बढेर गएको छ । सत्तापक्ष र नेपाली कांग्रेसको दुरी अझै बढ्दो छ । तर, बजेट आउन ४ दिनमात्र बाँकी छ । यता प्रधानमन्त्रीले पनि संसदमा मार्सल लगाएरै विश्वासको मत लिइसकेको सन्दर्भमा सरकार अध्यादेशका लागि तयार भएको हो कि भने आशंका देखिएको छ । वैशाख २८ गते शुरु भएको बजेट अधिवेशन कांग्रेसका सांसदहरूले लगातार अवरुद्ध गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा नाम जोडिएको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बनाएर अघि बढ्नुपर्ने विपक्षी दलहरूको मागका कारण संसद अवरोध कायमै रहँदा बजेट स्वाभाविक र नियमित प्रक्रियाबाट आउला र भन्ने शंका पैदा…
नेकपा एमाले चितवनकाे ११ औ जिल्ला अधिवेशन भरतपुरमा सुरु भएकाे छ । एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पाैडेलले अधिवेशनकाे उद्घाटन गरेका छन् ।
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा प्रहरीले पुनः ३ दिनको म्याद पाएको छ । धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो । जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्नेगरी सिरोहियालाई साधारण तारिखमा छाड्न अपिल गरेका थिए । काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै मंगलबार पक्राउ परेका सिरोहियामाथि नागरिकता किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक…
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएको छ । धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा क्य्राक (चिरा) देखिएपछि विमानलाई आकाशमै होल्ड गरिएको छ । पौने घण्टादेखि बन्द विमानस्थल सञ्चालनमा ल्याउन अझै आधा घण्टा लाग्ने विमानस्थल कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् । थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेज, मलेसियाबाट आएको मलेसियन तथा नेपाल वायुसेवा निगमको विमान यतिखेर आकाशमै होल्ड गरिएको हो ।
केशव आचार्य – विश्वको कुनै एक भूभागमा प्राकृतिक रुपमा उत्पत्ति भई विभिन्न माध्यमबाट अर्को भूखण्डमा प्रवेश गरी प्राकृतिक रुपमा छिटो छिटो फैलने, प्रतिकुल बासस्थानमा पनि हुर्कन सक्ने र त्यहाँ रहेका स्थानीय वा रैथाने प्रजाति एवं पर्यावरणीय चक्रलाई असर पार्ने वनस्पतिको प्रजातिहरूलाई मिचाहा प्रजाति भनिन्छ। यस्ता बाह्य मिचाहा वनस्पतिकाहरू जैविक विविधता एवं पर्यावरणीय पद्धतिमात्र नभएर, मानव र जनावर स्वास्थ्यलगायत सामाजिक र राज्यको अर्थतन्त्रमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समेत नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । नयाँ वातावरण र बासस्थानमा अन्य जैविक प्रजातिहरूको हस्तक्षेप नहुँदा यस्ता मिचाहा प्रजातिहरूको अत्याधिक फैलावट हुने गर्दछ । जसको कारण रैथाने वनस्पति र जीवहरूमा नकारात्मक प्रभाव पर्न जान्छ। नेपालमा…
गण्डकी । गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब १३ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । प्रदेशका ११ वटै जिल्लामा बन्ने सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि आर्थिक मामिला मन्त्रालयबाट १२ अर्ब ७३ करोड ९८ लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०र८१ मा प्रस्ताव गरेका एक सय २७ सडक, ३० पक्की पुल र नौ झोलुङ्गे पुल आयोजना बहुवर्षीयका लागि छनोटमा परेका पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले जानकारी दिए । उनका अनुसार प्रदेशका सडक आयोजनामा आठ अर्ब ६८ करोड २१ लाख…
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनले अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२४ भब्यताका साथ सम्पन्न गरेको छ । क्याम्पसको विज्ञान विभागको बिध्यार्थिहरुको कल्ब “Club of environmental science saptagandaki” आयोजनामा गरिएको हो । र कल्बका अध्यक्ष हार्दिक राउतको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख उद्येश्य ‘सबैको सहभागिता: दिगो जैविक विविधता’ रहेको थियो | बिद्यार्थी सरोकारवाला तथा बिषय बिज्ञ बिच अन्तर्क्रिया गरी हाल नेपाल लगायत विश्व समुदायमा राहेको जैबिक विविधता हरुको बारे मा छलफल भयो साथै यसमा आयको नकारात्मक प्रभावको न्यूनिकरण तथा अनुकुलनका लागि आवस्यक ज्ञान, सिप र क्षमता हाँसिल गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बिषय बिज्ञका रुपमा वीरेन्द्र बहुमुखी…
काठमाडौं । कान्तिपुर प्रकाशक कैलाश सिरोहियाको गिरफ्तारीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी लिएका छन् । प्रमुख सञ्चारगृहका सम्पादकहरुले लेखेको संयुक्त पत्र बुझ्दै बुधबार अपराह्न प्रचण्डले अदालतको आदेश पालना गर्दै सिरोहियालाई समात्न प्रहरीलाई निर्देशन दिएको बताए । ‘हिजो बिहानसम्म पनि म कैलाशजीलाई समाउने बेला भएको छैन, त्यसो नगरौं भन्नेमा नै थिएँ’, सम्पादकहरुको पत्र लिएर बालुवाटार पुगेको प्रतिनिधिमण्डल भेट्दै प्रधानमन्त्रीले भने, ‘तर अदालतले नै पक्राउ गर्न आदेश दिइसकेको अवस्थामा मैले त्यसो नगरौं भन्ने अवस्था भएन । त्यसैले कैलाशजीको पक्राउसम्बन्धी मैले जिम्मेवारी लिनुपर्छ, लिन्छु ।’ उच्च स्रोतका अनुसार सिरोहियालाई नागरिकता मुद्दामा पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका थिए…
काठमाडौं । नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उनलाई आजै जिल्ला अदालत, धनुषामा उपस्थित गराइँदैछ। काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै उनलाई प्रहरीले आज जनकपुरधाम ल्याएको थियो । उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय ल्याएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनले भने, ‘अहिले हिरासतमा राखिएको छ । केहीबेरमा अदालतमा पेश गर्छौं ।’ अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन…
