Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा प्रहरीले पुनः ३ दिनको म्याद पाएको छ । धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो । जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्नेगरी सिरोहियालाई साधारण तारिखमा छाड्न अपिल गरेका थिए । काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै मंगलबार पक्राउ परेका सिरोहियामाथि नागरिकता किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक…
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएको छ । धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा क्य्राक (चिरा) देखिएपछि विमानलाई आकाशमै होल्ड गरिएको छ । पौने घण्टादेखि बन्द विमानस्थल सञ्चालनमा ल्याउन अझै आधा घण्टा लाग्ने विमानस्थल कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् । थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेज, मलेसियाबाट आएको मलेसियन तथा नेपाल वायुसेवा निगमको विमान यतिखेर आकाशमै होल्ड गरिएको हो ।
केशव आचार्य – विश्वको कुनै एक भूभागमा प्राकृतिक रुपमा उत्पत्ति भई विभिन्न माध्यमबाट अर्को भूखण्डमा प्रवेश गरी प्राकृतिक रुपमा छिटो छिटो फैलने, प्रतिकुल बासस्थानमा पनि हुर्कन सक्ने र त्यहाँ रहेका स्थानीय वा रैथाने प्रजाति एवं पर्यावरणीय चक्रलाई असर पार्ने वनस्पतिको प्रजातिहरूलाई मिचाहा प्रजाति भनिन्छ। यस्ता बाह्य मिचाहा वनस्पतिकाहरू जैविक विविधता एवं पर्यावरणीय पद्धतिमात्र नभएर, मानव र जनावर स्वास्थ्यलगायत सामाजिक र राज्यको अर्थतन्त्रमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समेत नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । नयाँ वातावरण र बासस्थानमा अन्य जैविक प्रजातिहरूको हस्तक्षेप नहुँदा यस्ता मिचाहा प्रजातिहरूको अत्याधिक फैलावट हुने गर्दछ । जसको कारण रैथाने वनस्पति र जीवहरूमा नकारात्मक प्रभाव पर्न जान्छ। नेपालमा…
गण्डकी । गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब १३ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । प्रदेशका ११ वटै जिल्लामा बन्ने सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि आर्थिक मामिला मन्त्रालयबाट १२ अर्ब ७३ करोड ९८ लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०र८१ मा प्रस्ताव गरेका एक सय २७ सडक, ३० पक्की पुल र नौ झोलुङ्गे पुल आयोजना बहुवर्षीयका लागि छनोटमा परेका पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले जानकारी दिए । उनका अनुसार प्रदेशका सडक आयोजनामा आठ अर्ब ६८ करोड २१ लाख…
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनले अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२४ भब्यताका साथ सम्पन्न गरेको छ । क्याम्पसको विज्ञान विभागको बिध्यार्थिहरुको कल्ब “Club of environmental science saptagandaki” आयोजनामा गरिएको हो । र कल्बका अध्यक्ष हार्दिक राउतको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख उद्येश्य ‘सबैको सहभागिता: दिगो जैविक विविधता’ रहेको थियो | बिद्यार्थी सरोकारवाला तथा बिषय बिज्ञ बिच अन्तर्क्रिया गरी हाल नेपाल लगायत विश्व समुदायमा राहेको जैबिक विविधता हरुको बारे मा छलफल भयो साथै यसमा आयको नकारात्मक प्रभावको न्यूनिकरण तथा अनुकुलनका लागि आवस्यक ज्ञान, सिप र क्षमता हाँसिल गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बिषय बिज्ञका रुपमा वीरेन्द्र बहुमुखी…
काठमाडौं । कान्तिपुर प्रकाशक कैलाश सिरोहियाको गिरफ्तारीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी लिएका छन् । प्रमुख सञ्चारगृहका सम्पादकहरुले लेखेको संयुक्त पत्र बुझ्दै बुधबार अपराह्न प्रचण्डले अदालतको आदेश पालना गर्दै सिरोहियालाई समात्न प्रहरीलाई निर्देशन दिएको बताए । ‘हिजो बिहानसम्म पनि म कैलाशजीलाई समाउने बेला भएको छैन, त्यसो नगरौं भन्नेमा नै थिएँ’, सम्पादकहरुको पत्र लिएर बालुवाटार पुगेको प्रतिनिधिमण्डल भेट्दै प्रधानमन्त्रीले भने, ‘तर अदालतले नै पक्राउ गर्न आदेश दिइसकेको अवस्थामा मैले त्यसो नगरौं भन्ने अवस्था भएन । त्यसैले कैलाशजीको पक्राउसम्बन्धी मैले जिम्मेवारी लिनुपर्छ, लिन्छु ।’ उच्च स्रोतका अनुसार सिरोहियालाई नागरिकता मुद्दामा पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका थिए…
काठमाडौं । नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उनलाई आजै जिल्ला अदालत, धनुषामा उपस्थित गराइँदैछ। काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै उनलाई प्रहरीले आज जनकपुरधाम ल्याएको थियो । उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय ल्याएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनले भने, ‘अहिले हिरासतमा राखिएको छ । केहीबेरमा अदालतमा पेश गर्छौं ।’ अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन…
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई मंगलबार थापाथलीस्थित पब्लिकेशनको कार्यालयबाटै पक्राउ गरेको हो । पक्राउ परेपछि सिरोहियाले लोकतन्त्र अधिनायकवादमा परिणत भएको प्रतिक्रिया दिए । ‘२०६२/०६३ मा लडेर ल्याएको लोकतन्त्र आज अधिनायकवादमा परिणत भयो । के यही हो लोकतन्त्र ?’, उनले भने, ‘हचुवाको भरमा अधिनायकवाद लादिएको छ । यो देशमा कानून छ भने दुई वटा राहदानी बोक्ने र सहकारी ठगी काण्डमाथि छानबिन होस् ।’ Vianet communicationपक्राउ पर्नुअघि सिरोहियाले एक विज्ञप्ति जारी गर्दै कानूनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू जिम्मेवार नागरिकका हैसियतले तयार रहेको बताएका थिए । ‘सत्ता…
काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ । जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको हो । उनलाई पक्राउका लागि पुगेको टोलीले कार्यकक्षमै छिरेर पुर्जी थमाएको छ । पुर्जी दिइसकेपछि उनलाई अब कान्तिपुरको कार्यालयबाट निकालिँदै छ । दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार अनुमति दिएको थियो । ‘कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार…
काठमाडौँ । पक्राउ पुर्जी जारी भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न पुगेका छन् । सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्समा पुगेका हुन् । जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध मङ्गलबार पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । कांग्रेस सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा सरकारले कारबाही गरे आफूहरूको साथ रहने सिरोहियालाई बताएको कांग्रेस सांसद रामहरि खतिवडाले अर्थदैनिक लाई जानकारी दिए । यता आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको सिरोहियाको दाबी थियो । उनले भने, ‘यस्ता कुनै पनि…
