Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»अध्यादेशबाट बजेट आउने बढ्दो सम्भावना, के हुन्छन् सीमा ?
    Special

    अध्यादेशबाट बजेट आउने बढ्दो सम्भावना, के हुन्छन् सीमा ?

    प्रतिकूल राजनीतिक परिस्थितिले यसअघि १० पटक अध्यादेशबाट ल्याइएको थियो बजेट
    adminBy adminMay 25, 2024No Comments5 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । सहकारी प्रकरणले अध्यादेशबाट बजेट आउने सम्भावना बढेर गएको छ । सत्तापक्ष र नेपाली कांग्रेसको दुरी अझै बढ्दो छ । तर, बजेट आउन ४ दिनमात्र बाँकी छ ।

    यता प्रधानमन्त्रीले पनि संसदमा मार्सल लगाएरै विश्वासको मत लिइसकेको सन्दर्भमा सरकार अध्यादेशका लागि तयार भएको हो कि भने आशंका देखिएको छ ।

    वैशाख २८ गते शुरु भएको बजेट अधिवेशन कांग्रेसका सांसदहरूले लगातार अवरुद्ध गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा नाम जोडिएको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बनाएर अघि बढ्नुपर्ने विपक्षी दलहरूको मागका कारण संसद अवरोध कायमै रहँदा बजेट स्वाभाविक र नियमित प्रक्रियाबाट आउला र भन्ने शंका पैदा भएको छ ।

    कांग्रेसका प्रवक्ता रहेका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सत्तापक्षले बजेट अध्यादेशबाट ल्याउन खोजिरहेको बताए । यद्यपि बजेट ल्याउन दिने/नदिने विषयमा पार्टीभित्र छलफल नभएको उनले बताए ।

    उता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सार्वजनिक फोरममै बजेट कसरी ल्याउने कांग्रेसको हातमा रहेको अभिव्यक्ति दिँदै आएका छन् ।

    संसदीय छानबिन समिति बनाए पनि रविको नाम किटान नगर्ने सत्तापक्ष र नाम किटान नगरी नहुने प्रतिपक्षको अडानका कारण बजेट संसदबाटै आउने सम्भावना क्षीण हुँदैछ ।

    अर्थ मन्त्रालय भने बजेट तयारी अवस्थामा रहने र सहज तरिकाबाट बजेट आउन नसके पनि संवैधानिक बाध्यताले गर्दा अध्यादेशको विकल्प नभएको बताउँछ ।

    सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ । योसँगै संसद पनि अन्योल बनेको छ । बजेट अधिवेशन शुरु भएयता लगातार बैठक अवरुद्ध छ । जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत भए पनि त्यसपछि निर्बाध संसद चल्न सकेको छैन ।

    अध्यादेशबाट ल्याइएको बजेटको प्रभावकारिता कति ?

    अर्थविद् केशव आचार्यले अहिलेको माहाेलले बजेट अध्यादेशउन्मुख देखिएको बताए । अध्यादेशबाट ल्याइने बजेटमा नयाँ कार्यक्रम राख्न नपाइने भएकाले सोह्रौं योजनाले लिएको लक्ष्य हासिल गर्न समस्या पर्ने बताउँछन् । उनी भन्छन्, ‘अध्यादेशबाट आउँदा पुराना कार्यक्रमलाई मात्र निरन्तरता दिएर बजेट ल्याउनुपर्छ । यसले गर्दा नेपालको लगानीको वातावरण बिग्रन्छ ।’

    अर्थविद्हरूले अध्यादेशको बजेट अँध्यारोको झट्टी हुने टिप्पणी गरेका छन् । तर, यता पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अध्यादेशबाट बजेट ल्याउँदा कांग्रेसलाई नै नोक्सानी हुने बताउँछन् । संसदलाई जोगाउने सत्तापक्ष र प्रतिपक्ष दुवैको जिम्मेवारी भएकाले अध्यादेशबाट बजेट ल्याउने वातावरण बनाउन नहुने डा. खतिवडाको भनाइ छ ।

    यद्यपि अध्यादेशबाटै बजेट आयो भने पनि कुनै फरक नपर्ने उनको भनाइ छ । पूर्ण आकारको बजेट अध्यादेशबाट ल्याउन पाइने खतिवडा भन्छन् ।

    सामान्यतया चुनावी समयमा नयाँ कार्यक्रमहरू राख्न नपाइने अवस्था रहन्छ भने अन्यत्र समयमा अध्यादेश नै भने पनि पूर्ण आकारको बजेट आएको इतिहास छ । यद्यपि उक्त वर्ष पूरक बजेट ल्याउन सक्ने सम्भावना पनि रहन्छ ।

    तथापि अध्यादेशबाट बजेट ल्याउँदा संसदीय अभ्यासको उपहास हुने जानकारहरू बताउँछन् ।

    नेपालले १० पटक पाएको थियो अध्यादेशको बजेट

    यदि यो पटक पनि अध्यादेशमार्फत बजेट पेश भए अध्यादेशको बजेट ११ औं हुनेछ ।

    सबैभन्दा पहिला प्रजातन्त्रको पुनर्बहालीपछि आर्थिक वर्ष २०४७/४८ मा तत्कालीन अर्थमन्त्री डा. देवेन्द्रराजले अन्तरिम बजेट ल्याएका थिए । उनले २०४७ साल असारमा बजेट सार्वजनिक गरेका थिए । त्यस बखत उनले प्रधानमन्त्रीलाई सम्बोधन गरेर बजेट प्रस्तुत गरेका थिए ।

    दोस्रो पटक आर्थिक वर्ष २०५१/५२ मा महेश आचार्यले पनि अध्यादेशमार्फत नै बजेट ल्याए । २०५१ साल असार २७ गते प्रतिनिधिसभा विघटन भएपछि असार ३१ मा अध्यादेशबाट बजेट ल्याइएको हो । यो साल दुई पटक बजेट आयो ।

    आर्थिक वर्ष २०५२/५३ मा भरतमोहन अधिकारीले अध्यादेशमार्फत बजेट ल्याइसकेका छन् ।

    आर्थिक वर्ष २०५९/६० मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संसद भंग भएपछि पनि अध्यादेशबाट बजेट ल्याइएको थियो । त्यति बेला मधुकर शमशेर राणाले बजेट ल्याएका थिए ।

    आर्थिक वर्ष २०६०/६१ को बजेट पनि अध्यादेशबाटै आयो । यो वर्ष पनि संसद विघटनकै अवस्थामा थियो । राजाको प्रत्यक्ष शासन चलिरहेको यो वर्ष रूप ज्योतिले बजेट ल्याएका थिए ।

    आर्थिक वर्ष २०६१/६२ मा पनि भरतमोहन अधिकारीले अध्यादेशबाट बजेट ल्याए । एमाले पार्टीको सरकारका तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि आर्थिक वर्ष २०६७/६८ को बजेट अध्यादेशबाट नै ल्याए । आर्थिक वर्ष २०६७/६८ मा पाण्डेले संसदमा बजेट प्रस्तुत गर्न खोज्दा अवरोध भएपछि सरकारले संसद अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो ।

    यस्तै आव २०७०/७१ को बजेटसमेत अध्यादेशबाट ल्याइएको थियो । त्यस बेला शङ्करप्रसाद कोइरालाले बजेट ल्याएका थिए ।

    आर्थिक वर्ष २०७८/७९ को बजेट पनि अध्यादेशबाट ल्याइएको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उक्त बजेट ल्याएका हुन् । ३४ वर्षे संसदीय इतिहासमा १० पटक अध्यादेशमार्फत बजेट आइसकेको छ ।

    यस पटक आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पनि अध्यादेशतर्फ लम्किएको छ । संसद अवरोधकै अवस्था रहे बजेट अधिवेशन अन्त्य भएको घोषणा गरेर अध्यादेशमार्फत बजेट ल्याउने सम्भावना पनि रहन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.